Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

सभामुखमा रास्वपाका डीपी अर्याल निर्विरोध निर्वाचित

खबरडबली संवाददाता

काठमाडौँ। प्रतिनिधि सभाको रिक्त सभामुख पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद (डीपी) अर्यालको एकल उम्मेदवारी दर्ता भएको छ ।

उम्मेदवारी दर्ता गर्ने निर्धारित समयभित्र अर्यालको मात्र प्रस्ताव परेपछि उहाँ निर्विरोध निर्वाचित हुने निश्चित भएको हो ।

सङ्घीय संसद् सचिवालयका अनुसार आज बिहीबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो । सो अवधिमा अर्यालको तर्फबाट मात्र उम्मेदवारी परेपछि उहाँ संसद्को नेतृत्व गर्ने तयारीमा पुग्नुभएको छ ।

चैत २२ गते औपचारिक घोषणा

संसद्का प्रवक्ता एकराम गिरीका अनुसार, चैत २२ गते बस्ने प्रतिनिधि सभाको बैठकमा उक्त प्रस्ताव पेश गरिने कार्यसूची रहेको छ । बैठकमा प्रस्तावक र समर्थकले आफ्नो धारणा राखेपछि अर्याललाई निर्विरोध निर्वाचित भएको घोषणा गरिनेछ । 

प्रवक्ता गिरीले भने, 'निर्वाचित घोषणा भएलगत्तै उहाँले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नेछन् र त्यसपछिको बैठक सञ्चालनको जिम्मेवारी सम्हाल्नुहुनेछ ।'

विगत केही समयदेखि सभामुख पद रिक्त रहँदा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले बैठकको अध्यक्षता गर्दै आएको छन्। नयाँ सभामुख चयन भएसँगै संसद्ले पूर्णकालीन नेतृत्व पाउने भएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मध्यपूर्वको तनावका कारण ३८ नेपालीको शव ल्याउन ढिलाइ

काठमाडौँ। मध्यपूर्वमा जारी तनाव र उडान प्रभावित भएका कारण विभिन्न मुलुकमा मृत्यु भएका ३८ जना नेपाली नागरिकको शव स्वदेश ल्याउन ढिलाइ भएको छ । परराष्ट्र...

मध्यपूर्वको तनावका कारण ३८ नेपालीको शव ल्याउन ढिलाइ

काठमाडौँ। मध्यपूर्वमा जारी तनाव र उडान प्रभावित भएका कारण विभिन्न मुलुकमा मृत्यु भएका ३८ जना नेपाली नागरिकको शव स्वदेश ल्याउन ढिलाइ भएको छ । परराष्ट्र...

सभामुख अर्यालको शपथ चैत २२ गते दिउँसो ३ बजे हुने

काठमाडौँ । डोलप्रसाद अर्याल को सभामुख पदको शपथ चैत २२ गते दिउँसो ३ बजे हुने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी का सांसद अर्याल शुक्रबार प्रतिनिधिसभ...

शैक्षिक सत्र अघि विद्यार्थी भर्ना नगर्न सर्वोच्च अदालतको आदेश

काठमाडौं । सर्वोच्च अदालतले शैक्षिक सत्र सुरु नभएसम्म विद्यार्थी भर्ना नगर्न सरकार र सरोकारवालाहरुलाई आदेश जारी गरेको छ। शैक्षिक सत्र सुरु नहुँदै क...

सोलुखुम्बुका तत्कालीन मालपोत प्रमुखसहित तीन जनाविरुद्ध २० लाखको भ्रष्टाचार मुद्दा

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्तिको हिनामिना र भ्रष्टाचार गरेको अभियोगमा केशवबहादुर कार्कीसहित चार जनाविरुद्ध भ्रष्टाचार...

मानव फेरि चन्द्रतर्फ, नयाँ इतिहास सुरु

फ्लोरिडा। करिब पाँच दशकपछि मानवयुक्त अन्तरिक्ष यात्रा पृथ्वीको कक्षाभन्दा बाहिर निस्कँदै चन्द्रमातर्फ अग्रसर भएको छ । नासाको आर्टेमिस द्वितीय मिसन अन्...

सरकारी कार्यालयमा बिचौलियाको प्रवेश निषेध

सप्तरी। जिल्ला प्रशासन कार्यालय सप्तरीले सरकारी कार्यालय परिसरमा अनधिकृत रूपमा सक्रिय रहदै आएका ‘बिचौलियाहरूको प्रवेशमा निषेध गर्ने निर्णय गरेको छ । ...

सभामुखमा रास्वपाका डीपी अर्याल निर्विरोध निर्वाचित

काठमाडौँ। प्रतिनिधि सभाको रिक्त सभामुख पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद (डीपी) अर्यालको एकल उम्मेदवारी दर्ता भएको ...

एमाले सचिवालय बैठक सुरु, बादलको अभिव्यक्तिमाथि छलफल हुने

काठमाडौं । नेकपा एमाले को सचिवालय बैठक सुरु भएको छ। पार्टी मुख्यालय च्यासलमा कार्यवाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा बैठक बसेको हो। य...

सिन्धुलीमा माइक्रोबस र बस एकापसमा ठोक्किँदा १० जना घाइते

सिन्धुली। सिन्धुलीको सुनकोशी गाउँपालिका–५ साइटारस्थित बिपी राजमार्गमा माइक्रोबस र बस एकापसमा ठोक्किँदा १० जना घाइते भएका छन् ।  काठमाडौँबाट काँकडभि...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending