Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

राजेश हमालका कारण एमालेमा टेबुल ठोकाठोक

\"\"काठमाडौं, २७ वैशाख । ‘ए हुँदैन, हुँदैन ! राजेश हमाल रिसाउँछ बा !! एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई फिल्मी नायक कति मनपर्दोरहेछ भन्ने यही संवादबाट बुझिहालिन्छ । जनआस्था साप्ताहिकमा खबर छ– स्थानीय निर्वाचनका लािग पहिलो चरणको कार्यक्रमअन्तर्गत १६ गते मनोनयन पत्र दाखिला गर्ने समय झण्डैझण्डै गुज्रिन लागिसकेको थियो । तर, एमालेको कोटेश्वरस्थित ३ नं. प्रदेश सम्पर्क कार्यालयमा पड्कापड्की जारी नै रह्यो । यसरी अभिनेत राजेश हमालका कारण एमालेहरु टेबुल ठोक्ने अवस्थामा पुगेको कारणचाहीँ एउटा वडाध्यक्षको टिकटकालागि मात्र थियो । कपुरधारा, अर्थात काठमाडौं महानगरपालिका साविकको २९ र अहिले कायम २६ नम्बर वडाध्यक्षका दुई दाबदेदार थिए, अर्जुनलाल प्रधान र निमा गुरुङ । यसमध्ये पार्टी केन्द्रीय सदस्यसमेत रहेका अर्जुनलाललाई अष्ट आफैंले अघिल्लो दिन भोलिको मनोनयनमा जाने गरी तयार हुन भनेकी थिइन् । पार्टीको पत्रसाथ निर्वाचन कार्यालयमा गएर नोमिनेशन गर्न भनी कोटेश्वर पुगेका नोमिनेशन गर्न भनी कोटेश्वर पुगेका अर्जुनलाल त्यतिबेला छक्क परे, जब अष्टलक्ष्मीले बातैपिच्छे हुँदैन, हुँदैन भन्दै कराउन थालिन् । स्थानीय कार्यकर्ता भन्दै थिए, ‘अर्जुनलाल नहुने भए निमाको नाममा सही गरेर चिठी दिनुस् ।’ त्यसमा पनि अष्टले हुँदैन नै भनिन् । ‘अनि के हुन्छ छ ?’ भनेर कार्यकर्ताले पाखुरै सुर्किन थालेपछि भनिन्, ‘राजेश हमाल रिसाउँछ बा, यो मेरो बाढ्यता हो !’ अर्थात, कपुरधारामा अभिनेत राजेश हमालको घरसँगै घर भएका देवेन्द्य्र रिमाललाई टिकट दिनका लागि हमाल आफैंले लबिङ गरेका रहेछन् । उनले पार्टी अध्यक्ष केपी ओलीलाई मनोनयन पत्र दर्ता गर्ने दिन विहानमात्रै पाँच पटक फोन गरिसकेका रहेछन् । केपीले अफूले अष्टलक्ष्मीलाई भनिसकेको भन्दै उनीसँग सम्पर्क गर्न भने । यसअनुसार , राजेशले अष्टलाई एकछिनमा फोन गरेर ‘म्याडम र्भन् ?’ भन्दै अत्याइरहेका थिए । अष्टले शुरुमा त ‘गाह्रो छ, मलाई एकदमै गाह्रो भयो’ भनिन् । तर, फेरि राजेशले केपीलाई यही कुरा भनेर अष्टको मोबाइलमा केपीको फोन गराए । वास्तवमा अष्ट आफैचाहिँ अर्जुनलाललाई नै दिने पक्षमा थिइन् । केपीले ‘राजेश हमाल जत्तिको मान्छेले भनिसकेपछि किन नाइँनास्ती गर्नु ? भोलि उनीजस्ता मान्छे हाम्रो पक्षमा आउँदा, प्रचारमा हिँड्दा त्यसले अर्कै सन्देश दिन्छ । त्यसैले हाम्रा साथिहरुलाई सम्झाएर पठाउनुस् टिकटचाहिँ उहाँले भनेको रिमालजीलाई दिनुस्’ भने । अष्टले यो कुरा त्यहाँका कार्यकर्तालाई सुनाइन् । तर, उनीहरुले मनेनेन् । सिफारिसमा परेकी निमा ०५४ मा वडासदस्य जितेकी सक्रिय कार्यकर्ता हुन् भने अर्जुनलाल केन्द्रीय सदस्य हुन् । देवेन्द्य्र रिमालचाहिँ सामान्य समर्थक मात्र हुन् । स्थानीय निर्वाचनको लहर आएपछि पार्टीको संगठित सदस्यता नवीकरण गरेका थिए । कुनै पनि कमिटीमा छैनन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending