Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

घोषणापत्र बेचेर निर्वाचन खर्च !

\"\"काठमाडौं, २७ वैशाख । स्थानीय तहको पहिलो चरणको निर्वाचन हुन पाँच दिन बाँकी छ । निर्वाचनमा आफ्नो पक्षमा मत माग्न उम्मेदवार तथा समर्थकहरू घरदैलो कार्यक्रममा व्यस्त छन् । पार्टीका उम्मेदवारहरू कार्यकर्ता र समर्थकसँगै तामझामका साथ कार्यक्रम गरिरहेका छन् । यसरी गरिने तामझामका लागि उनीहरूको स्रोत के होला ? सबैलाई चासो हुन सक्छ । अाजको राजधानी दैनिकमा खबर छ– दोस्रो संविधानसभा निर्वाचन बहिष्कार गरेको मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) तत्कालीन नेकपा–माओवादी पनि स्थानीय तहको निर्वाचनमा भाग लिँदै छ । स्थानीय तहको निर्वाचनका लागि दल दर्ता नगरेको क्रान्तिकारी माओवादी आफ्नो चुनावी मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चाको नाममा स्वतन्त्र रूपमा उम्मेदवार खडा गरेर निर्वाचनमा होमिएको हो । यसरी निर्वाचनमा होमिएका मोर्चाका उम्मेदवारहरूको प्रचारप्रसारका लागि खर्चको एउटा स्रोत भनेको आफ्नो घोषणापत्र बिक्री नै हो । मोर्चाले प्रकाशन गरेको घोषणापत्रको मूल्य १० रुपैयाँ राखिएको छ । यही घोषणापत्रको बिक्रीलाई मोर्चाले निर्वाचन प्रचारको स्रोतका रूपमा लिएको जनाएको छ । मोर्चाका केन्द्रीय कार्यालय सचिव हरिकृष्ण गजुरेलका अनुसार निर्वाचनका लागि आर्थिक जोहो गर्न पारदर्शी उपाय अपनाइएको हो । ‘हाम्रो पार्टी गरिब किसान मजदुरहरूको पार्टी हो, हामीसँग अरूले गर्नेजस्तो तामझामका लागि खर्च छैन,’ उनले भने, ‘हामीले तिनै गरिब जनताबाट सानोसानो सहयोग जुटाएर निर्वाचन प्रचारप्रसारमा जुटेका छौं ।’ मोर्चाका तर्फबाट काठमाडौं महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएका गोर्कीप्रसाद श्रेष्ठ यतिबेला आफ्ना केही समर्थकसहित घरदैलो कार्यक्रममा व्यस्त छन् ।इँटा चुनाव चिह्न लिएर निर्वाचनमा होमिएका उनले आफ्नो चुनावी खर्च स्थानीय जनताको सानो सहयोग र घोषणापत्र बिक्रीबाट उठेको रकम भएको बताउँछन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending