Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

डाडुको रापले दाँतको उपचार

\"\"काठमाडौं, २७ वैशाख । बाजुरा जिल्लाका सबै गाउँपालिका र नगरपालिकामा स्वास्थ्य चौकी छन् । तर, स्वास्थ्य चौकीभन्दा धामीझाँक्री र वैद्यहरू स्थानीय जनताको मनमा बस्न सफल भएका छन् । यहाँका अधिकांश बिरामी उपचारका लागि स्वास्थ्य चौकी जाँदैनन्, धामीझाँक्री र वैद्यहरूकै भर पर्छन् । धामीझाँक्री र वैद्यहरूले गर्ने उपचार पद्धतिमा पनि उनीहरूको कुनै गुनासो पाइँदैन । अाजको राजधानी दैनिकमा खबर छ– स्वामीकार्तिक गाउँपालिका–२ की जनपुरा रावल दाँत दुखेपछि रातभर सुत्न सकिनन् । बिहानीको पर्खाइमा उनले कष्ट सहेर रात कटाइन् । उज्यालो भएपछि उनको प्राथमिकतामा स्वास्थ्य चौकी परेन । उनी सिधै स्थानीय वैद्यकोमा गइन् । वैद्यले भान्सामा प्रयोग हुने फलामको डाडु आगोको भुंग्रोमा रातो हुने गरी तताइन् । त्यसपछि ती महिला वैद्यले उनको दुखेको दाँतमा केहीबेर डामिन् । रावललाई तातो डाडुको रापले बिसेक भयो । तत्कालै दाँत दुख्न छाडेपछि रावलले वैद्यको प्रशंसा गर्न छाडिनन् । उनले खुसी हुँदै भनिन्, ‘मलाई बचायौ दिदी, रातभर सुत्न सकेकी थिइनँ । अहिले त पुरै सन्चो भयो ।’ वैद्य र धामीझाँक्रीप्रति विश्वास गर्ने रावल प्रतिनिधि पात्र मात्र हुन् । बाजुरामा वैद्य र धामीझाँक्रीलाई विश्वास गर्नेको संख्या असंख्य छ । बिच्छ्याँ–३ का शुभलाल बुढा अहिले ९० वर्षका भए । तर, उनी अहिलेसम्म पनि उपचारका लागि स्वास्थ्य चौकी गएका छैनन् । अलि बिसन्चो हुनेबित्तिकै उनी तिनै वैद्य र धामीझाँक्रीकामा पुगिहाल्छन् । धामीझाँक्री र वैद्यकोमा जानेबित्तिकै सन्चो हुने हुनाले उनीहरूप्रति बुढाको औधी विश्वास छ । ‘अब कतिचाहिँ बाँच्छु होला र ? तर, अहिलेसम्म पनि उपचारका लागि स्वास्थ्य संस्था जानुपरेको छैन, यत्रो उमेर त वैद्य र धामीझाँक्रीसँग उपचार गरें, अब स्वास्थ्य संस्था किन जानु ? जानु पनि नपरोस्,’ वृद्ध बुढाले भने । स्वास्थ्य संस्थाप्रति यहाँका जनता सकारात्मक नहुनुको प्रमुख कारण हो, धेरै टाढा हुनु र गएकाबेला स्वास्थ्यकर्मी पनि नभेटिनु । चाहिएको औषधि पनि नहुनु । तर, धामीझाँक्री र वैद्य वडावडामा छ्यासछ्यास्ती छन् । यहाँसम्म कि धामीझाँक्री र वैद्य पेसाले यहाँ व्यवसायकै रूप लिएको छ । बिच्छ्याँका स्थानीय रामबहादुर रोकाया भन्छन्, ‘स्वास्थ्य चौकी टाढा भएकाले अधिकांश व्यक्ति त्यहाँ जान मान्दैनन् । हुँदाहुँदै धामीझाँक्री र वैद्य नै सबैको प्रिय बन्न पुगे ।’ बिच्छ्याँका स्थानीयवासी शक्ति सिंह सरकारले स्वास्थ्य चौकीको महŒवबारे बुझाउन नसकेकाले पनि बिरामीमा स्वास्थ्य चौकीबारे थाहा हुन नसकेको बताउँछन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending