Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

बालुवाटार बैठकमा कसले के भने ?

\"\"काठमाडौं, २७ वैशाख । अाजको नयाँ पत्रिकामा खबर छ– सबै उदार र लचक बनौँ प्रधानमन्त्री प्रचण्ड संविधान संशोधनका लागि प्रयास गरिरहेकै छु । १७ वैशाखमै संसद्बाट संविधान संशोधन विधेयक पारित गराउने गरी सरकारले तयारी गरेको थियो । एमालेविना पनि संशोधन पारित गराउन ४ सय १ को संख्या पुगेको थियो । तर, राप्रपाका १०–१२ जना सांसद त्यो दिनको संसद् बैठकमा अनुपस्थित रहने कुरा आएपछि त्यो दिन संशोधन प्रस्ताव संसद्मा नलगेको हो । मैले प्रधानमन्त्रीका रूपमा मोर्चाको माग सम्बोधन गर्न गर्नुपर्ने आवश्यक प्रयास गरेकै हो । हिजो तपाईंहरूका मागकै आधारमा सहिद घोषणा पनि गरेकै छु । मुद्दा फिर्ताको कुरा पनि हुँदै थिए । केही दिनभित्रै हुन्थ्यो पनि । संशोधन मात्र नभइरहेको हो । त्यो पनि प्रयासमै छु । यति किलो मासु काटेर दिनुपर्यो भन्ने, तर रगतचाहिँ एक थोपा पनि बगाउन पाइँदैन भन्ने भएपछि मेरो अवस्था भेनिसको व्यापारीजस्तै हुन पुगेको छ । यसलाई यहाँ मोर्चा र प्रतिपक्ष दुवै पक्ष पनि हुनुुहुन्छ । मेरो अवस्थालाई बुझिदिनुहोला । समस्याको समाधानका लागि सबै उदार र लचक बनौँ । अब ४ गतेको बैठकमा संशोधन गराउने गरी पहलकदमी लिइरहेको छु । प्रतिपक्षमा रहनुभएका एमालेका साथीहरू पनि यहीँ हुनुहुन्छ । अब प्रतिपक्षीसँग पनि राम्ररी कुरा गर्ने र ४ जेठको संसद्को बैठकबाट पारित गराउन कोसिस गर्ने प्रयास गर्नेछु । निर्वाचनपछि संशोधन एमाले उपनेता सुवास नेम्वाङ एमाले समस्या समाधान गर्न सधैँ लचिलो छ । एमाले पनि संविधान संशोधनको बाधक होइन, मात्र यसको औचित्यता पुष्टि हुनुपर्छ भन्ने हो । पहिलो निर्वाचन गरौँ, त्यसपछि संशोधनका लागि अगाडि बढौँला । भुलाउन नखोजौँ राजपा नेता महन्थ ठाकुर एमालेका कुरा मीठामीठा आए । भोकालाई कुराले मात्रै हुँदैन, खाना चाहिन्छ । त्यसैले पहिले संशोधन अनि मात्र निर्वाचन हुनुपर्छ । संविधान सर्वस्वीकार्य बनाउने कुरा प्रधानमन्त्री र सत्तागठबन्धन दलका नेताहरूले बोलेकै १० महिना भइसक्यो, तर अहिलेसम्म गफमै भुलाउन खोजियो ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending