Khabar Dabali २७ माघ २०८२ सोमबार | 9th February, 2026 Mon
Investment bank

४ जेठमा संविधान संशोधनको तयारी

\"\"काठमाडौं, २७ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अबको संसद् बैठकबाट संविधान संशोधन विधेयक पारित गराउने तयारी भएको बताएका छन् । मंगलबार बसेको प्रमुख तीन दल र संघीय गठबन्धनको संयुक्त बैठकमा प्रचण्डले प्रमुख प्रतिपक्षीसँग पनि संवाद गरेर ४ जेठको संसद् बैठकबाट संशोधन विधेयक पारित गराउने प्रयासमा रहेको बताएका हुन् । अाजको नयाँ पत्रिकामा खबर छ– राजपासहितको संघीय गठबन्धनका नेताहरूले सरकारले भुलाउन खोजेको आरोप लगाएपछि प्रधानमन्त्री प्रचण्डले मंगलबार छलफल गरेर अबको संसद बैठकमा संविधान संशोधन गराउने कोसिस भएको विश्वास दिलाएका हुन् । सरकारले पूर्वसहमतिअनुसार संशोधन विधेयक पारित नै नगरी स्थानीय तहको पहिलो चरणको चुनाव गराउन खोजेको र संसद् बैठकसमेत निर्वाचनपछि सारिएको उनीहरूको आरोप थियो । उनीहरूको असन्तुष्टिपछि प्रधानमन्त्रीले राष्ट्रिय जनता पार्टीसहित संघीय गठबन्धन, सत्तासाझेदार कांग्रेस र प्रतिपक्षी एमाले नेताहरूसँग संयुक्त छलफल गरेका थिए । प्रधानमन्त्री प्रचण्डले १७ वैशाखको संसद् बैठकमा राप्रपाका सबै सांसद उपस्थित भएका भए सोही दिन संविधान संशोधन विधेयक पारित हुने अवस्थामा आफूले पुर्याएको पनि बैठकमा बताएका थिए । ‘एमालेविना पनि संविधान संशोधन विधेयक पारित गराउन चार सय एकको संख्या पुर्याएकै थिएँ, १७ गतेको बैठकमा एकाएक राप्रपाका १०–१२ जना सांसद नै गायब भइदिनुभयो, त्यसपछि घटनाक्रमले अन्यत्र मोड लिन पुगेको हो,’ बैठकमा प्रधानमन्त्रीले भने, ‘अब ४ जेठको बैठकमा पास गराउने कोसिस गर्नेछु । आशावादी भइदिनुहोस् ।’ प्रमुख प्रतिपक्षी एमालेले प्रतिपक्षी दललाई सरकारले कुनै पनि बैठक र संवादमा समेत नबोलाई बेवास्ता गरेको आरोप लगाएपछि प्रधानमन्त्रीले गठबन्धनसँगको बैठकमा एमालेलाई समेत बोलाएका हुन् । प्रचण्डले सरकारको नेतृत्व सम्हालेयता संघीय गठबन्धनका नेताहरूसँगको छलफलमा प्रतिपक्षी एमालेलाई समेत बोलाई छलफल गरेको यो दोस्रोपटक हो । यसअघि प्रधानमन्त्रीले १० चैतमा एमालेलाई बैठकमा सहभागी गराएका थिए । बालुवाटार बैठकमा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूहरूलाई प्रधानमन्त्रीले छलफलमै बोलाउन नचाहेको भन्दै असन्तुष्टि जनाएका थिए । ‘सत्तापक्षले प्रतिपक्षीका पनि कुरा सुन्नुपर्छ र राज्यको एउटा महत्वपूर्ण पक्ष हामी पनि हौँ । तर, तपाईंहरू हामीलाई सुन्नै चाहिरहनुभएको छैन,’ नेम्वाङले बालुवाटार बैठकमै भने, ‘प्रधानमन्त्री चीन जाने दिन पनि पहिलोपटक मधेसी मोर्चाका नेताहरूसहित हामीले छलफल गरेका थियौँ, आज दोस्रोपटक यसरी छलफलमा सहभागी हुँदै छौँ ।’ बैठकमा प्रधानमन्त्री, कांग्रेस सभापति शेरबहादुर देउवा, गठबन्धनका महन्थ ठाकुर, राजेन्द्र महतोलगायतका नेताहरू सहभागी थिए । एमालेबाट भने सुवास नेम्वाङ र वामदेव गौतम मात्र सहभागी थिए । मोर्चा नेताहरूको भने : गफैमा मात्र भुलाउन खोजियो बालुवाटार बैठकमा राजपाका नेताहरूले आफूहरूलाई गफमा मात्रै भुलाउन खोजिएको आरोप लगाएका थिए । ‘संविधान संशोधन गर्ने र हामीहरूलाई पनि मान्य हुने गरी संविधानको सर्वस्वीकार्य बनाउने कुरा प्रधानमन्त्री र सत्तागठबन्धन दलका नेताहरूले बोलेकै आज १० महिना भइसक्यो, तर अहिलेसम्म हामीलाई गफमै मात्र भुलाउन खोजियो,’ महन्थ ठाकुरले भने । उनले सत्तापक्षका नेतादेखि प्रतिपक्षी एमालेले समेत गुलिया र मीठा कुरा गरेर फुलाउन खोजिएको बताएका थिए । गठबन्धनको आन्दोलन सार्वजनिक संघीय गठबन्धनले संविधान संशोधनका लागि सरकारलाई दबाब दिन २९ वैशाख र १ जेठका लागि आन्दोलन घोषणा गरेको छ । गठबन्धनको मंगलबार बसेको बैठकले २९ वैशाखमा विरोधसभा र १ जेठमा मोटरसाइकल र्यालीका कार्यक्रम सार्वजनिक गरेको हो । गठबन्धनका नेताहरूले दिएको जानकारीअनुसार २९ गते गठनबन्धनले प्रदेश नम्बर १, २, ५ र ७ का जिल्लामा विरोध सभा गर्ने भएको छ । संविधान संशोधनमा दबाब दिन र्याली गर्न लागिएको नेता केशव झाले जानकारी दिए । त्यसैगरी, गठबन्धनले १ जेठमा मोटरसाइकल र्यालीसहितको विरोध कार्यक्रम गर्नेछ । अन्य आन्दोलनका कार्यक्रम भने ४ जेठको संसद् बैठकपछिको परिस्थितिअनुसार सार्वजनिक गर्ने जनाएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE