Khabar Dabali २७ माघ २०८२ सोमबार | 9th February, 2026 Mon
Investment bank

आउला त १५ जेठमा बजेट ? बजेटबारे तीन दलका यस्ता छन् अडान

\"\"काठमाडौं, २५ वैशाख । संवैधानिक व्यवस्थाअनुसार १५ जेठमा सरकारले बजेट ल्याउनुपर्ने हुन्छ । निर्वाचन आयोगले दुई चरणका निर्वाचनको बीचमा बजेट ल्याउन आचारसंहिताले नदिने बताएको छ । प्रतिपक्षी एमालेले पनि बजेटपछि हुने निर्वाचन स्वीकार नहुने स्पष्ट पारेको छ । तर, यो जटिलताबारे प्रमुख दलहरूबीच गम्भीर छलफल नै भएको छैन । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बजेटबारे चाँडै प्रमुख दलहरूबीच छलफल गर्दै छन् । ‘अब एक–दुई दिनभित्रै बजेट १५ जेठमै ल्याउने वा पछि भन्नेमा प्रमुख दलहरूसँग छलफल गरेर निष्कर्ष निकालिन्छ,’ स्रोतले भन्यो । यस्तो छ संविधानमा व्यवस्था संविधानको धारा ११९ को उपधारा ३ मा भनिएको छ– ‘नेपाल सरकारका अर्थमन्त्रीले उपधारा १ बमोजिमको (राजस्वको अनुमान, संघीय सञ्चित कोषमाथि व्ययभार हुने आवश्यक रकम र संघीय विनियोजन ऐनबमोजिम व्यय हुने आवश्यक रकमहरू) राजस्व र व्ययका अनुमान प्रत्येक वर्षको जेठ महिनाको १५ गते संघीय संसद्मा पेस गर्नेछन् ।’ तर, सो दिन बजेट आउन नसके के गर्ने भन्ने विषयमा संविधानमा केही उल्लेख छैन । कांग्रेसका दुई विकल्प विकल्प १ असार पहिलो हप्ता बजेट १५ जेठमा गणतन्त्र दिवस पनि परेकाले असारको १ वा २ गते बजेट ल्याउने गरी संविधान संशोधन गर्न सकिने कांग्रेसले जनाएको छ । आचारसंहिताले १५ जेठमा बजेट ल्याउन नमिल्ने निर्वाचन आयोगले बताइसकेका कारण पनि यो विकल्प बलियो भएको छ । विकल्प २ बजेट १५ जेठमा, कार्यक्रम पछि बजेट १५ जेठमा ल्याउने, तर नीतिगत कुरा मात्रै ल्याएर कार्यक्रम तत्काल नल्याउने विकल्पका विषयमा पनि कांग्रेसभित्र छलफल चलेको छ । एमालेका दुई विकल्प विकल्प १ दोस्रो चरणको निर्वाचन बजेटअघि दोस्रो चरणको निर्वाचन ७–१२ जेठभित्र सार्न उत्तम हुने एमालेको पहिलो विकल्प छ । त्यसो गर्दा निर्वाचनमा लामो ‘ग्याप’ नहुने, १५ जेठमै बजेट आउने, पहिलो चरणको निर्वाचनलगत्तै मत गन्न सकिने र मतपेटिका पनि सुरक्षित हुने एमालेको तर्क छ । विकल्प २ निर्वाचनपछि बजेट ल्याउन संशोधन निर्वाचनपछि बजेट ल्याउन संविधान संशोधन गर्नुपर्ने एमालेको अर्को विकल्प छ । यस्तो प्रस्ताव सरकारबाट आएमा मात्रै छलफल गर्न सकिने एमालेको मत छ । माओवादीका दुई विकल्प विकल्प १ संविधानअनुसार १५ जेठमै बजेट बजेटका नयाँ कार्यक्रमबारे सहमति कायम गरी निर्वाचन आयोगसँग सहमति लिएर १५ जेठमै बजेट ल्याउन सकिने माओवादीको पहिलो विकल्प छ । विकल्प २ दलीय सहमतिमा संविधान संशोधन दोस्रो चरणको निर्वाचनअघि बजेट ल्याउनै नसकिने अवस्थामा सहमतिका आधारमा पछि पनि बजेट ल्याउने विषयमा माओवादी लचिलो छ । तर, त्यसका लागि दलीय सहमतिमा संविधान संशोधन गरी व्यवस्था गर्नुपर्ने माओवादीको दोस्रो विकल्प छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE