Khabar Dabali २७ माघ २०८२ सोमबार | 9th February, 2026 Mon
Investment bank

भोटेकोसी उर्लिएपछि स्थानीयमा त्रास

\"\"काठमाडौं, २४ वैशाख । चीनको सीमामा अत्यधिक वर्षाका कारण शनिवार दिउँसोदेखि भोटेकोसीको सतह बढेपछि नदी आसपासका स्थानीय त्रसित भएका छन् । लगातार वर्षा भएकाले नदीको सतह बढ्दै गएकाले स्थानीय त्रसित भएका हुन् । आजको कान्तिपुर  दैनिकमा खबर छ–सीमास्थित सशस्त्र प्रहरी बलका डिएसपी विमल डाँगीकाअनुसार सीमामा अबिरल वर्षाको कारण कोसी बढेर आएको हो । नदीले महिनौं लगाएर मर्मत गरिएका बाह्रबिसे तातोपानी सडकखण्ड भूभाग कटान गरेको छ । बाढीले तटीयक्षेत्रका आधिजस्तो जमिनसमेत बगाएको छ । गत वर्षको बाढीले तहसनहस बनाएपछि आफ्नो थलोमा फर्किएका सीमागाउँ तातोपानी, चौकीडाँडाका बासिन्दामा कोलाहल मच्चिएको छ । बाढी गएको दश महिनापछि वर्षायाम सुरु नहुँदै कोसी बढेपछि सीमाका बासिन्दामा त्रास फैलिएको हो । व्यापारिक केन्द्रका बजार बाह्रबिसे, लामोसाँघु खाडीचौरदेखि बलेफी, सुकुटेसम्मका बासिन्दामा बाढीको भय बनेको इलाका प्रहरी बाह्रबिसेले जनाएको छ । ‘आहिले त खोला यसरी बढ्न थालेको छ, बर्खायाममा झन् के होला,’ बाढीले घर बगाएको सात महिनापछि पुनस् तातोपानी फर्केका कर्म गुरुङले भने, ‘अब राति फेरि ड्युटी बस्छौं, के थाहा राति खोलाले बगाउने हो की ।’ उनले बाढी आउने डरमा सीमामा जाग्राम बस्ने तयारी गर्न थालेको बताए । थोरै समय वर्षा हुँदा नै खोला बढेर आउन थालेपछि बाढीको जोखिम बढेको तातोपानी विपद व्यवस्थापन समितिका अध्यक्ष डम्बर श्रेष्ठले बताए । ‘लुगाफाटा, गहना सबै प्याक गरेर राखेका छौं, बाढी साँच्चै आयो भने त भाग्नुपर्छ,’ बाह्रबिसेका स्थानीय राजेन्द्र श्रेष्ठले भने, ‘दिउँसो पानी दर्कन थालेपछि एक्कासी कोसी बढेर आयो ।’ उनले आहिले बढेर आएको खोलाले ठुलो क्षति नगरेको भएपनि बाढीको डरमा स्थानीय झोलीतुम्बा बोकेर जाग्राम बस्ने सुरसार गरिरहेको बताए । २०७३ साल असार २१ गते चिनको खासा र कुतिको बीचमा रहेको छेपसाङमा अत्यधिक वर्षा भइ पहिरो लागेर कोसी थुनिएसँगै बाढी आएको थियो । बाढीले तातोपानी, लिपिङ बजारदेखि बाह्रबिसेसम्म ८२ घर बगाएको थियो भने, सीमाक्षेत्रदेखि बाह्रबिसे बजारसम्मका सडकखण्ड, आयोजना लगायतका करोडौंको संरचना क्षतिग्रस्त बनाएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE