Khabar Dabali २६ माघ २०८२ आईतवार | 8th February, 2026 Sun
Investment bank

देउवाले यसरी फर्काए निधिलाई

\"\"काठमाडाैं, २२ वैशाख । कांग्रेस सभापति शेरबहादुर देउवाको आग्रहपछि विमलेन्द्र निधिले उपप्रधानमन्त्री एवं गृहमन्त्रीबाट दिएको राजीनामा फिर्ता गरेका छन् । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराउँदा आफूसँग छलफल नभएको भन्दै निधिले १७ वैशाखमा राजीनामा दिएका थिए । तर, निधि भड्किँदा पार्टीभित्रको समीकरण, मधेसी मोर्चासँग सहमतिको प्रयास र भावी सरकार बन्ने प्रक्रियामै असर पुग्ने आन्तरिक मूल्यांकनपछि देउवाले निधिलाई फिर्ता गरेका हुन् । अाजको नयाँ पत्रिकामा खबर छ– आफ्ना दूतको प्रयासपछि आफैँ र प्रधानमन्त्रीसहित बिहीबार बालुवाटारमा छलफल गरेपछि देउवाले निधिलाई उपप्रधानमन्त्री एवं गृहमन्त्रीमा पुनः फर्काएका हुन् । निधिले पदबाट राजीनामा दिए पनि प्रधानमन्त्रीले स्वीकृत गरेका थिएनन् । संविधान संशोधनमा अझै निधिको सक्रियता खाँचो रहेको र निर्वाचनको मुखैमा गृहमन्त्री फेर्दा अव्यावहारिक हुने निष्कर्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र देउवा पुगेपछि उनलाई फर्काइएको हो । निधिले बिहीबारदेखि पुरानै पदमा फर्किएको उनका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए । यसरी बिग्रँदै गयो देउवा–निधि सम्बन्ध प्रहरी महानिरीक्षकमा पार्टी सभापति शेरबहादुर देउवाले डिआइजी जयबहादुर चन्दलाई बनाउन खोजे पनि गृहमन्त्री विमलेन्द्र निधि भने नवराज सिलवालको पक्षमा थिए । देउवाको अडानपछि निधिको केही लागेन । सरकारले चन्दलाई नै आइजिपीमा नियुक्त गर्यो । तर, पछि सर्वोच्च अदालतले रोकिदियो । सरकारले अर्का डिआइजी प्रकाश अर्याललाई आइजिपी नियुक्त गर्यो । यसैगरी, सरकारमा उपप्रधानमन्त्रीको पहिलो वरीयता नपाएपछि निधि झन् बिच्किए । जसले गर्दा उनले दुईवटा मन्त्रिपरिषद् बैठक बहिष्कार गरे । यसबीचमा पार्टीभित्र पर्याप्त छलफल नगरी प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरिएपछि निधि देउवासँग झन् भड्किए । आफैं मातहतको आइजिपीको विषयलाई देखाउँदै महाअभियोग लगाए पनि आफूलाई थाहा नदिएको भन्दै निधिले चार दिनअघि राजीनामा दिएका थिए । आफ्नो क्याम्पमा चिन्ता छाएपछि नरम भए देउवा निधिले राजीनामा दिएपछि देउवालाई मात्र होइन, उनको क्याम्पमा निकै चिन्ता छायो । १३औं महाधिवेशनमा कोइरालाहरूको वर्षौको विरासत तोडे पनि अहिले असन्तुष्टि बढे आफ्नो पक्ष थप कमजोर हुने निष्कर्षमा पुगेपछि देउवा निधिप्रति लचक भएका हुन् । प्रधानन्याायधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्तापछि राजीनामा दिने मनस्थिति बनाएर प्रधानमन्त्रीलाई जानकारी गराएलगत्तै देउवाले निधिलाई फोन गर्न खोजेका थिए, तर उनले कुरा गर्नै चाहेनन् । ‘पार्टी सभापति देउवाका पिए भानुले फोन गरेर सभापतिले कुरा गर्न चाहेको बताएका थिए, तर, निधिले म अहिले सभापतिसँग कुरा गर्दिनँ, आवश्यक छैन,’ निधिको भनाइ उद्धृत गर्दै उनी निकट स्रोतले भन्यो । त्यसपछि दुई दिनसम्म निधिसँग देउवाको संवाद हुन सकेन । त्यसपछि केन्द्रीय सदस्यहरू ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउद र प्रदीप गिरीले मिलाउने प्रयास गरेको स्रोत बताउँछ । देउवाको तर्फबाट नेता साउद बुधबार निधिलाई भेट्न मन्त्रीक्वार्टर पुल्चोक पुगेका थिए । त्यहाँ उनले एक घन्टाभन्दा बढी छलफल गरेका थिए । त्यसपछि देउवा र निधिबीच टेलिफोनमा कुरा भएको स्रोत बताउँछ । सोही टेलिफोन वार्तापछि उनीहरूले बुधबार साँझ पार्टी कार्यालय सानेपामा भेटेर अब एक अर्कालाई सहयोग गरेर जाने निर्णय गरेका थिए । असमझदारी बढ्दै जाँदा दुवैलाई फाइदाभन्दा बेफाइदा हात लाग्ने आफ्नो पक्षका नेताहरूको रिपोर्टिङपछि देउवाले निधिलाई मिलाएर अगाडि जाने निधो गरेका हुन् । ‘सामान्य कुरामा भित्तामा पुर्याए चुप लागेर बस्दिनँ’ नेता साउदसँगको भेटमा निधि कडा रूपमा प्रस्तुत भएका थिए । ‘देउवाजीलाई नेविसंघको अध्यक्ष बनाउने बेलादेखि गिरिजाप्रसादको अगाडि कसैले बोल्न नसक्ने समयसम्म साथ दिंदै आएँ,’ निधिको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘तर अहिले आएर सामान्य कुरामा भित्तामा पुर्याउने र अपमान गरिन्छ भने म पनि चुप लागेर बस्दिनँ ।’ ओली नेतृत्वको सरकारबाट माओवादीलाई अलग्याएर निधिकै पहलमा प्रचण्ड नेतृत्वको सरकार गठन भएको थियो । प्रचण्डपछि प्रधानमन्त्री बन्ने यसअघिको सहमति भएकाले देउवाले पुनः निधिलाई भड्काउन नचाहेको स्रोत बताउँछ । ‘निधिलाई भड्काउँदा आफूलाई प्रधानमन्त्री बन्न गाह्रो पर्ने बुझाईमा सभापति पुग्नु भएपछि नेताहरू नै खटाएर उहाँलाई मनाएको देखिन्छ,’ देउवा निकट स्रोत भन्छ । देउवा–निधि सम्बन्धलाई पुनस्र्थापित गर्न खटिएका नेता एनपी साउदले केही नेताले सहजीकरण मात्रै गरेको बताए । ‘दुवै राजनीतिमा घनिष्ठ नेता हुन् । उहाँहरूको आफ्नै सम्बन्ध छ,’ साउदले नयाँ पत्रिकासँग भने, ‘केही साथीहरूले सहजीकरण गर्ने काम गर्नुभएको हो । यसमा दुवैले चित्त बुझाउनुभयो । अरु केही भएको छैन ।’ उपसभापतिको आवश्वासन र वरीयता सभापति देउवाले अब आफू प्रधानमन्त्री बनेपछि निधिलाई उपसभापति बनाउने आश्वासन दिएका छन् । उपसभापति पाउने र पहिलेको जस्तो वरीयता विवादमा कमल थापासँग अल्झन नपर्ने भएपछि निधिलाई पुनः यही पदमा फर्कन सहज भएको छ । राप्रपाले प्रधानन्यायाधीशविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता भएपछि सरकारबाट बाहिरिएको घोषणा गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । ‘आफू प्रधानमन्त्री भएपछि उपसभापति बनाउँछु भनेर सभापतिले वाचा नै गर्नुभएको छ,’ देउवा निकट स्रोतले भन्यो, ‘सरकारबाट कमल थापा फिर्ता भएपछि वरीयताको किचलो पनि अब भएन, यसले थप सजिलो भएको छ ।’ ३१ वैशाखको निर्वाचनपछि प्रधानमन्त्री प्रचण्डले राजीनामा दिने र ३१ जेठको स्थानीय तहको निर्वाचन आफूले गराउने पक्षमा सभापति देउवा छन् । सभापतिसँग सम्बन्ध सुधारपछि राजीनामा फिर्ता उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले पार्टी सभापति शेरबहादुर देउवासँग सम्बन्ध सुधार भएपछि राजीनामा फिर्ता लिएको बताएका छन् । जनकपुरमा कांग्रेसको जिल्ला कार्यकर्ता भेलालाई बिहीबार सम्बोधन गर्दै उनले प्रहरी महानिरीक्षक नियुक्ति र प्रधानन्यायाधीशविरुद्धको महाअभियोगको विषयलाई लिएर केही मतभिन्ता उत्पन्न भएको बताए । ‘स्थानीय तहको निर्वाचनमा पार्टीलाई सहयोग गर्न राजीनमा दिएको थिएँ, तर सभापतिले गृहमन्त्रीको पद तपाईले नै सम्हालेर चुनाव गराउनुस् भनेपछि राजीनमा फिर्ता लिएँ,’ उनले भने । राजीनामा विषयमा सप्तरीदेखि पर्सासम्मका कांग्रेस नेता तथा कार्यकर्ताहरूले आफूलाई सहयोग गरेको उनले बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE