Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

छोराले अन्तरजातीय विवाह गर्दा बाबु थुनामा !

\"\"काठमाडाैं, २२ वैशाख । छोराले अन्तरजातीय बिहे गरेकै कारण बाबुलाई प्रहरीले नियन्त्रणमा लिएर आठ दिन थुनेको छ। पर्साको बहुदरा गाउँपालिका १ का जमुना साह कलवारलाई प्रहरीले वैशाख १४ गते नियन्त्रणमा लिएर सार्वजनिक अपराध मुद्दमा आठ दिन थुनेको हो। अाजको अन्नपूर्ण पोस्टमा खबर छ– कलवारका छोरा २७ वर्षीय रामबाबु साह कलवारले गाउँकै अलियास देवानकी छोरी २१ वर्षीया सौयादासँग बिहे गरेपछि त्यही आरोपमा प्रहरीले बेहुला रामाबाबुका बुबा जमुनालाई पक्राउ गरेर आठ दिन थुनामा राखी बिहीबार छाडेको छ। प्रेम सम्बन्धमा रहेका रामाबाबु र सौयादाले करिब डेढ महिनाअघि घरबाट भागेर भारतको दिल्लीमा गई मन्दिरमा बिहे गरेका थिए। बेहुलीका बुबा अलियासले रामबाबु र उनका बुबा जमुनालगायतले आफ्नी नाबालिग छोरीलाई ललाई फकाई अपहरण गरेर बेपत्ता बनाएको भन्दै जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएपछि प्रहरीले गत वैशाख १४ गते जमुनालाई पक्राउ गरी सार्वजनिक अपराध मुद्दा दर्ता गरी थुनामा राखेको हो। पर्साका प्रहरी उपरीक्षक गोविन्दकुमार साहले केटी पक्षले रामबाबु र उनका बुबाविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा दर्ता गराएको र खोजतलासका क्रममा रामबाबु फरार रहेकाले उनका बुबा जमुनालाई नियन्त्रणमा लिएर सार्वजनिक अपराधअन्तर्गतको मुद्दा चलाइएको बताए । ‘अभिभावकलाई ल्याएर नथुनेसम्म भागेका केटाकेटी हाजिर नै हुँदैनन्। यो यहाँको प्रवृत्ति नै बनिसकेको छ’, प्रहरी उपरीक्षक साहले भने, ‘यो घटनामा पनि यस्तै भयो। केटाकेटी डेढ दुई महिनादेखि भागेका थिए। जब केटाको बाबुलाई ल्याएर थुन्यौं अनि केटाकेटी दुवै प्रहरीमा उपस्थित भए।’ उनले भने, ‘केटी पक्षले अपहरण तथा शरीर बन्धक मुद्दा दर्ता गराएको थियो तर हामीले सार्वजनिक अपराध मुद्दा मात्र चलायौं।’ प्रहरीले बेहुलाका बुबा जमुनालाई नियन्त्रणमा लिएर थुनामा राखेपछि बेहुला रामबाबु र बेहुली सौयादा बुधबार जिल्ल प्रहरी कार्यालय पर्सामा हाजिर भएका थिए। ती दुवैलाई पनि प्रहरीले रातभर थुनेर राखेको थियो। डेढ महिना पहिले घर छोडेर भागेका रामबाबु र सौयादाले भारतको दिल्लीस्थित एक मन्दिरमा हिन्दु रीतिरिवाजअनुसार बिहे गरेपछि महोत्तरीको जलेश्वरमा आएर बसेका थिए। जलेश्वरमा बस्दा केटी पक्षबाट अनेक धाकधम्की आउन थालेपछि दुवैजनाले जलेश्वरस्थित जिल्ला अदालतमा गएर गत वैशाख १५ गते श्रीमान् श्रीमतीबीचको नाता कायम गराई कानुनी रूपमा बिहे गरेका थिए। यता बेहुलाका बुबालाई प्रहरीले हिरासतमा लिएर थुनपेछि बुधबार जिल्ला प्रहरी कार्यालय पर्सामा बेहुला रामबाबु र बेहुली सौयादा हाजिर भएपछि बेहुली पक्षकाले दुवैजनालाई अलग गराउन प्रहरीलाई दबाब दिएका थिए। बेहुला पक्षले बिहे गर्ने उमेर पूरा भई कानुनी रूपमा गरिएको बिहेलाई मान्यता दिन दबाब दिएपछि प्रहरीले बिहीबार दिउँसो बेहुला र बेहुलीलाई बेहुलाका अभिभावकको जिम्मा लगाएर पठाएको छ। ‘दुवैको बिहे गर्ने उमेर पुगेको देखिएपछि केटा र केटीलाई केटाका अभिभावकको जिम्मा लगाइदियाैं’, पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले भने, ‘नेपालको कानुनअनुसार २० वर्ष उमेर पुगेका केटा र केटीले आफू खुसी बिहे गर्न पाउँछन्, अभिभावकको मञ्जुरी चाहिँदैन।’ प्रहरीले सार्वजनिक अपराधअन्तर्गत मुद्दा चालाएर आठ दिनदेखि थुनामा राखिएका बेहुला रामबाबुका बुबा जमुनालाई पनि बिहीबार दिउँसो रिहा गरेको छ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending