Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

विद्यार्थी नेता कति बने उम्मेदवार ?

\"\"काठमाडौं, २१ वैशाख ।स्थानीय तह निर्वाचनमा दर्जनौँ विद्यार्थी नेता पनि उम्मेदवार बनेका छन् । नगरपालिका र गाउँपालिकाका प्रमुख-उपप्रमुखदेखि वडा सदस्यसम्ममा विद्यार्थी नेताहरू उम्मेदवार बनेका छन् । ३१ जेठमा हुने दोस्रो चरणको निर्वाचनमा उम्मेदवार बन्न पनि कतिपय विद्यार्थी नेताले लबिङ गरिरहेका छन् । अाजको नयाँ पत्रिकामा खबर छ– माओवादी केन्द्रका तर्फबाट अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपाने मेयरको उम्मेदवार बनेका छन् । बाँकेको कोहलपुर नगरपालिकामा न्यौपानेलाई मेयरको उम्मेदवार बनाउने निर्णय पार्टीले गरिसकेको छ । त्यसैगरी क्रान्तिकारीका सचिव भगतसिंह छेकर बोहरा दार्चुलाको खण्डेश्वरी गाउँपालिकाको अध्यक्षमा र अर्का सचिव बिर्सिका राईलाई खोटाङको गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवार बनाउने निर्णय माओवादीले गरेको छ । ३१ वैशाखमा हुने निर्वाचनमा अनेरास्ववियु क्रान्तिकारीका तर्फबाट प्रदेश नं. ३ मा पाँच केन्द्रीयस्तरका नेता स्थानीय तहमा भिड्दै छन् । अध्यक्ष नरेन्द्र न्यौपानेका अनुसार केन्द्रीय सचिवालय सदस्य कविता ढुंगाना नुवाकोटको बेलकोटगढी नगरपालिकामा उपमेयरको उम्मेदवार बनेकी छिन् । केन्द्रीय सचिवालय सदस्य सुवीन्द्र तामाङले क्योञ्ज्योसोम गाउँपालिकाको वडाअध्यक्षमा उम्मेदवारी दिएका छन् । त्यसैगरी केन्द्रीय सदस्यहरू शाश्वत सुवेदीले काठमाडौंको नागार्जुन नगरपालिका वडा नं. ४ को वडाअध्यक्षमा, एलिसा थापाले नुवाकोटको दुप्चेश्वर गाउँपालिका उपाध्यक्षमा, माधव छत्कुलीले धादिङको ज्वालामुखी गाउ“पालिका वडा नं. ७ को वडाध्यक्षमा उम्मेदवारी दिएका छन् । प्रदेश नं. ४ मा केन्द्रीय सचिव शाखा गुरुङ गोरखाको धार्चे गाउँपालिकाको उपाध्यक्षमा, केन्द्रीय सचिवालय सदस्यहरू शंकर गिरी पर्वतको कुस्मा नगरपालिकाको मेयरमा, प्रविणा अधिकारी कास्कीको माछापुच्छ्रे गाउँपालिका अध्यक्षमा, क्षितिज सापकोटा कास्कीकै मादी गाउँपालिका वडा नं. ३ वडाअध्यक्षमा उम्मेदवार बनेका छन् । त्यस्तै, केन्द्रीय सदस्यहरू संजीव थापामगर गोरखामा र गोमबहादुर रानामगर तनहुँमा वडाअध्यक्षको उम्मेदवार बनेका छन् । प्रदेश नं. ६ मा केन्द्रीय सचिवालय सदस्यहरू लक्ष्मण बम कालिकोटको मलाता गाउँपालिका अध्यक्ष, सुशील गौतम रुकुमको मुसिकोट नगरपालिका वडानम्बर ६ को अध्यक्ष र देवीकृष्ण रोकाया मुगुको छायानाथ रारा नगरपालिकाको वडा नं. ९ को अध्यक्षको उम्मेदवार बनेका छन् । त्यस्तै, केन्द्रीय सदस्यहरू दन्ता नेपाली (दर्शना) कालिकोटको तिलागुफा नगरपालिकाको उपमेयर र मानव रोकाय ठुलोभेरी नगरपालिका वडा नं. १२ को अध्यक्षमा भिड्दै छन् । यी नेता उठ्दै छन् अनेरास्ववियुबाट एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रीयस्तरका नेताहरू पनि स्थानीय तहमा उम्मेदवार बनेका छन् । केही नेता दोस्रो चरणको निर्वाचनको तयारीमा छन् । अनेरास्ववियु कार्यालय सचिव राजेन्द्र गजुरेलका अनुसार केन्द्रीय सदस्य सृष्टि रेग्मी बाजुराको बुढीनन्दा नगरपालिकाको उपमेयरमा उम्मेदवार बनेकी छिन् । त्यसैगरी केन्द्रीय सदस्य ईश्वर तिमल्सिना सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका वडा नं. ७ को अध्यक्षको उम्मेदवार बनेका छन् । अखिलको निर्वाचन आयोग सदस्य सञ्जय दुवाडीले धादिङको ज्वालामुखी गाउँपालिका वडा नं. ४ को अध्यक्षमा उम्मेदवारी दिएका छन् । त्यसैगरी आयोग सदस्य चरिबहादुर तामाङ गलेसी गाउँपालिका वडा नं. ८ का उम्मेदवार भएका छन् भने दोलखाका जिल्ला अध्यक्ष रेशम सोराज रिमाल बैतेश्वर गाउँपालिका वडा नं. ७ का अध्यक्षका उम्मेदवार बनेका छन् । नेविसंघका नेता स्थानीय तहमा अत्यन्तै न्यून नेविसंघका केन्द्रीयस्तरका नेताहरूको स्थानीय तहमा एकदमै न्यून उम्मेदवारी परेको छ । नेविसंघका अध्यक्ष नैनसिंह महरका अनुसार पूर्वपदाधिकारी तथा नेताहरू धेरै उम्मेदवार भए पनि वर्तमान कार्यसमितिका थोरैको मात्र स्थानीय तहमा उम्मेदवारी परेको छ । उनका अनुसार केन्द्रीय सदस्य कल्पना खड्का रामेछापको लिखु गाउँपालिकाबाट उपाध्यक्ष पदको उम्मेदवार बनेकी छिन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending