Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

महानगरमा यस्ता छन् दलका उम्मेद्वार

\"\"काठमाडौं, १९ वैशाख । स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत मंगलबार उम्मेदवारको मनोनयनपत्र दर्ता गरिने भएको छ । निर्वाचन आयोगको निर्वाचन कार्यतालिकाअनुसार मंगलबार प्रदेश नम्बर ३, ४ र ६ का स्थानीय तहमा निर्वाचनमा उठ्ने उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गर्नुपर्नेछ । अाजको नयाँ पत्रिकामा खबर छ– तीन प्रदेशमा पहिलो चरणको निर्वाचन ३१ वैशाखमा हुँदै छ । सो दिन ३४ जिल्लाका २८३ स्थानीय तहमा निर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ । मुख्य सहरमा मुख्य दलका उम्मेदवार : काठमाडौं महानगर कांग्रेस : सोमबार रातिसम्म पनि टुंगो लागेको छैन । मेयरमा उद्योगमन्त्री नवीन्द्रराज जोशीको चर्चा छ । त्यस्तै, प्रगति रन्जित र तीर्थराम डंगोलको सम्भावना छ । उपमेयरमा प्रतिमा गौतम र कल्याणी रिजालको नाम सिफारिस भएको छ । एमाले : मंगलबार बिहान मात्रै टुंगो लाग्ने भएको छ । जीवनराम श्रेष्ठ, सावित्रा भुसाल र विद्यासुन्दर शाक्यको नाम प्रदेश कमिटीले सिफारिस गरेको छ । तर, स्थायी कमिटीमा केशव स्थापित र गौरी प्रधानको नाममा पनि छलफल भयो । उपमेयरमा शान्ति अधिकारी, इन्दिरा पन्त र रत्ना गुरुङको नाममा छलफल भइरहेको छ । माओवादी केन्द्र : मेयरमा सर्वोत्तममान डंगोल र उपमेयरमा सुशीला पौडेललाई उम्मेदवार बनाएको छ । सबै वडामा माओवादी उम्मेदवार घोषित भइसकेका छन् । ललितपुर महानगर कांग्रेस: मेयर चिरिबाबु महर्जन, उपमेयर गीता सत्याल । एमाले : मेयर हरिकृष्ण व्यञ्जनकार, उपमेयर टुंगो लाग्न बाँकी । माओवादी केन्द्र : दुवै टुंगो लाग्न बाँकी । पोखरा महानगर कांग्रेस : मेयर नरेशशंकर पालिखे, उपमेयर चन्द्रावती पौडेल । एमाले : मेयर मानबहादुर जिसी, उपमेयर मञ्जु गुरुङ । माओवादी केन्द्र : दुवै टुंगो लाग्न बाँकी । राप्रपा : मेयर गीता गुरुङ, उपमेयर रमेशबहादुर खत्री । भरतपुर महानगर कांग्रेस : टुंगो लाग्न बाँकी एमाले : मेयर देवी ज्ञवाली, उपमेयर विद्या बज्राचार्य । माओवादी केन्द्र : मेयर रेणु दाहाल, उपमेयर सुरेन्द्र गुरुङ । हेटौँडा उपमहानगर कांग्रेस : मेयर आनन्दराम पराजुली, उपमेयर लक्ष्मी श्रेष्ठ । एमाले : मेयर हरिबोल महत, उपमेयर टुंगो लाग्न बाँकी । माओवादी केन्द्र : मेयर बलराम बल, उपमेयर कमला पौडेल । राप्रपा : मेयर मधु अधिकारी, उपमेयर टुंगो लाग्न बाँकी ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending