Khabar Dabali २६ माघ २०८२ आईतवार | 8th February, 2026 Sun
Investment bank

सिलवाल प्रकरण : यस्तो थियो सफ्ट ‘कू’को तयारी

\"\"काठमाडौं, १८ बैशाख । सरकारले विधि पु¥याएर योग्य व्यक्तिलाई आफ्नो मातहतको निकायमा नियुक्त गर्न सक्छ । त्यसका विधि छन्, प्रक्रिया पनि छन् । चित्त नबुझेको खण्डमा कार्यकारीले गरेको निर्णयप्रति अदालत पनि जान पाइन्छ । तर कार्यकारीको अधिकार ठिक छैन र थिएन भने भन्न पाइदैन । अदालतले आदेश दिएको खण्डमा भने फरक अवस्था रहन सक्छ । पछिल्लो पटक मुलुकमा सर्वोच्च अदालत, नेपाल प्रहरीका डिआइजी नवराज सिल्वाल र सिंहदरबारका बीचमा रमाइलो दोहोरीलाई व्यवस्थापिकाले महाअभियोगमार्फत टुग्याएको छ । केही मान्छेहरुले भने सरकारले सिलवालमाथि अन्याय ग¥यो । अर्का थरी मान्छेहरुको प्रतिक्रिया छ कार्यकारीले निर्णय गर्न पाउँछ । अच्यूतकृष्ण खरेल प्रकरण पनि नेपालमा स्थापित छ । वरियतामा नभएका भएपनि उनी प्रहरी प्रमुख भएका थिए । कार्यकारीले चाहँदा त हुँदो रहेछ । पूर्व मुख्यसचिव लिलामणि पौड्याल पनि आठ नम्बरमा थिए । उनले सात जनालाई पछारेकै थिए । विमल कोइरालाको सन्दर्भमा पनि त्यतिखेर यस्तै भएको थियो । कुलमान घिसिङपनि वरिष्ठ होइनन् । इतिहास साक्षी छ, सरकारले योग्य र आवश्यक ठानेको व्यक्तिलाई आफ्ना मातहतका निकायमा नियुक्त गर्न पाउँछ र मिल्छ पनि । तर पछिल्लो पटक सिलवाल प्रकरणमा भने ठूलो चक्रव्यूह खडा गरिएको छ । यो चक्रव्यूह सामान्य प्रकारको हो वा यस भित्र फरकफरक खालका उद्देश्य र मक्सद के लुकेका छन् वा व्यक्तित्वको मात्रै लडाइ हो ? भित्र भित्रै पाकीरहेको खिचडी हेर्ने हो भने यो सामान्य परिघटना थिएन । यस भित्र ठूलो षड्यन्त्र र धोकाधडीको पटकथा खडा गरिएको छ । पटकथा पूर्ण फिल्ममा परिणत हुन्छ वा हुँदैन त्यो आगामी दिनमा सतहमा देखिएला तर वर्तमान सन्दर्भमा भने सिलवाल प्रकरण एउटा ठूलो खेलको ऐलान नै हो । त्यो खेलमा शान्ति प्रक्रियासँग जोडिएका विषय समेत डिरेल बनाउने योजना लुकेको छ । गत फागुन २ गते नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालको पदावधि सकिदै थियो । सरकारले नयाँ महानिरीक्षकको नियुक्तीको तयारी गरिरहेको थियो । कसलाई प्रमुख प्रहरी प्रमुख बनाउने भन्ने विषयमा कुरा मिलेको थिएन । कुरा नमिलेपछि प्रहरी नियमावली संशोधन गरेर गोपालचन्द्र पोखरेललाई निमित्त प्रहरी प्रमुख बनायो । प्रसंग चलीरहेकै थियो । एक साँझ सिलवाल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठ पुगे र भने म कर्मठ अफिसर हुँ, मलाई त जसरी भएपनि प्रहरी प्रमुख बनाउनु प¥यो हजुर । त्यसअघि सिलवाल सर्वोच्च अदालत पुगिसकेका थिए । देउवालाई उनले आफू शान्ति प्रक्रियालाई पूर्णता दिने र भनेअनुसारको काम गर्ने बताए । त्यतिमात्रै होइन, अरु अफिसर भन्दा आफू मात्रै ठिक भएको र अरु सबै बेठिक भएको समेत बताउन भ्याए । तर त्यसमा कुनै आधार थिएन । केवल गाली मात्रै थियो । सतहमा सिल्वाल र देउवाबीच भेट भएको सामान्य सूचना मात्रै सार्वजनिक भयो । देउवालाई नै कम आँकेर प्रस्तुत भएका थिए सिलवाल त्यसदिन । ठूलो पार्टीको सभापति, सरकारको प्रमुख हिस्सेदार भएको समेत बिर्सिएका थिए उनले । देउवाले सरकारको निर्णयमा आफू स्पष्ट रहेको र तपाई (सिल्वाल)लाई कुनै सहयोग गर्न नसक्ने बताएपछि रिसले चुर भएर निस्केका । देउवासँगको छलफल सकारात्मक नभएपछि सतहमा बालकृष्ण ढुङ्गेल प्रकरण खडा भयो । जसको मक्सद सिंहदरबारमाथिको काउन्टर एट्याक थियो । अदालतको फैसला कार्यान्वयन नभएको विषयलाई कानुनको जलप लगाइएको थियो । जुन दिनेश त्रिपाठीको नाममा प्रकट भयो । प्रहरी प्रमुख सिलवाललाई नै जिम्मा दिइएको थियो भने बालकृष्ण प्रकरण सतहमा आउने थिएन । सतहका खेल भन्दा भूमिगत खेल राम्रैसँग चलेको थियो । त्यसका खास पात्र हुन् मन्दिरा शर्मा । उनी विदेश बस्छिन् । उनको संस्था छ, एड्भोकेसी फोरम । काठमाडौँको कमाण्ड सम्हाल्नेमा छन् सर्वोच्च अदालतमा पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ । त्यसको प्रमुख संरक्षकमा छन् एमाले अध्यक्ष खड्ग ओली । जनयुद्धकालका मुद्दा मुलुकका विभिन्न अदालतमा विचाराधिन अवस्थामा छन् । त्यो मध्ये बालकृष्ण प्रकरण सबैभन्दा बढी उचालिएको मुद्दा हो । सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यक्षेत्रमा रहेको मुद्दालाई समेत प्रभावित पार्ने आदेश यसअघि नै आइसकेको छ । नेपालमा शान्ति सम्झौता पनि भएको थियो भने विषयलाई छायामा पार्न खोजिएको छ । करिब चार हजार मुद्दा माओवादी नेता तथा कार्यकर्ताको नाममा विचाराधिन अवस्थामा छ । एडभोकेसी फोरम त्यसैको आधरमा ग्राउण्ड तयार पार्दैछ । बालकृष्ण प्रकरण त्यही ग्राउण्डको एउटा सानो मेमो हो । प्रसंग आउन सक्छ, बालकृष्ण प्रकरणमा सिल्वालको के साइनो , अनि एडभोकेसी फोरम कसरी आउँछ । सवाल यही छ, जो भित्री खेलको अर्को रुप हो । केही मान्छेहरुलाई लाग्न सक्छ, बालकृष्ण प्रहरी समक्ष आत्मसर्मपण गरे सबै टन्टा साफ भइहाल्छ । कुरा त्यसो होइन, एमालले संस्थागत रुपमा नै सबै प्रकारका माओवादी नेतामाथि कारवाही चलाउने लक्ष्यका साथ बालकृष्ण प्रकरणलाई सतहमा ल्याइएको छ । त्यसका देखिने पात्र हुन सिलवाल । सिलवाललाई प्रहरी प्रमुख बनाउने र बालकृष्ण लगायतका नेता समाउने भन्ने योजना बनेको थियो । तर सिलवाल प्रहरी प्रमुख नभएपछि बालकोट, मन्दिरा, र कल्याणहरुको धन्दा बन्द हुने देखिएको छ । पछिल्लो पटक रमाइलो त के देखिएको छ भने प्रहरी प्रधान कार्यालय भन्छ, लोकसेवा आयोग, गृह मन्त्रालय र प्रहरी प्रशासन शाखामा मात्रै रहने प्रहरी अधिकृतहरुको कार्य सम्पादन मूल्यांकन फाइल कसरी अदालतसम्म पुग्यो । त्यसमा सिलवालले प्रकाश अर्यालको फाइलबाट कागजात चोरेर आफू अब्बल भएको देखाए । जुन कानुन विपरितको काम हो । प्रहरी अनुसन्धानका लागि भन्दै आफ्नै बडे हाकिमलाई पत्र काट्छ । जसलाई पत्र काटिएको हो, उनी शम्भु थापाको साथमा फेला पर्छन् । सरकार नयाँ आइजीपी नियुक्त गर्छ, सिलवालका कानुन व्यावसायी मुद्दा तयार पार्छन , सर्वोच्चमा दर्ता हुन्छ, फैसला पनि तुरुन्त नै आउँछ । प्रहरी प्रधान कार्यालय स्पष्टिकरणका लागि पत्र काट्छ, सिलवाल अटेर गर्छन, प्रहरी उनलाई समाउन पुग्छ, सिल्वालका वकिल मुद्दा तयार पार्छन, मुद्दा दर्ता हुन्छ, फैसला तुरुन्तै आउँछ । सामान्य मान्छेको हकमा यति उदार हुन्छ त अदालत ? नागरिकलाई न्याय दिन यति मर्मठ बन्छ त अदालत ? आम मान्छेले थाहा पाएकै छन् । धेरै लेख्दा मानहानीको मुद्दा चल्न पनि सक्छ । सिलवाल मिटर व्याजको धन्दा चलाउँछन्, त्यो अदालतलाई थाहा हुन्न । सिलवाल सञ्चार माध्यमहरु बन्द गर्दै हिड्छन,् पत्रकार महासंघ र पत्रकारका संगठन चुप बस्छन् । जब सिलवाल पक्राउ पर्छन, उनले सरकारी कागजात दूरुपयोग भयो भनेर छानबिन सुरु हुन्छ, तब सबै निकाय बोल्छन् । याँहा पछिल्लो विकसित घटनाक्रमसँग यो एउटा कु को प्रपन्च प्रधानन्यायधिशमाथिको महाअभियोगले ब्रेक लागेको छ । सत्य बाहिर आउँदै गर्ला । प्रहरीको फोरेन्सिक ल्याबले सिलावालले अदालतमा बुझाएको कामसुको नम्बर किर्ते गरेको प्रमाणित भइसक्दा समेत बैशाख १७ गते सर्वोच्वबाट सिलवाल नै १ नम्बर भनेर पूर्ण फैसला आउनु संयोग होइन । यो बैशाख १९ मा गरिने फैसलाका लागी पृष्ठभुमि हो । प्रधानन्यायधिश कार्कीले १९ गते सिलवाल नै प्रहरी प्रमुख हुनेगरी जवर्जस्ती फैसला गर्ने तयारी गरेको थाहा पाएपछि उनीमाथि महाअभियोग लगाएको स्रोत बताउँछ । बैशाख १९ मा सिलवालको पक्षमा फैसला गरेर कार्की स्वत अवकासका लागी विदामा बस्ने योजनामा थिइन् । जसपश्चात झण्डै ४ सय द्वान्दकालिन मुद्दामा माओवादी नेता कार्यकर्तालाई समात्ने योजनामा प्रहरी प्रमुख सिलवाल लागिपर्थे । यस्तो षड्यन्त्र थाहा पाएका माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले कार्कीलाई गलत काम नगर्न सम्झाउन खोज्दा पनि नमानेपछि कार्कीसँगै सफ्ट कु को तयारी तुहिएको छ । यो पनि पढ्नुहोस् https://www.khabardabali.com/2017/04/129458/ https://www.khabardabali.com/2017/04/129551/
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE