Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

बालेनजस्तै प्रधानमन्त्रीका अन्य दाबेदारहरू देश दौडाहा नगर्नुका कारण

झापामै खटिनुपर्ने बाध्यतामा ओली, सातै प्रदेश जाने गगनको तयारी

खबरडबली संवाददाता

काठमाडौं । आगामी फागुन २१को प्रतिनिधिसभा निर्वाचनपछि बन्ने सरकारमा प्रधानमन्त्रीको दाबेदारका रूपमा अघि सारिएका प्रमुख दलका तीन नेताहरूमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाह करिब दुई दर्जन जिल्लाहरू घुमिसकेका छन्।

निर्वाचन आयोगले फागुन ४ गतेअघि चुनावी सभा र घरदैलोमा रोक लगाएका कारण अरू दलका नेताहरूले चुनावी कार्यक्रमको तयारी गरिरहँदा रास्वपाले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका बालेन पूर्वको ताप्लेजुङदेखि पश्चिमको दार्चुलासम्म घुमेर दोस्रो पटक आफ्नो चुनाव क्षेत्र झापा पुगिसके।

प्रधानमन्त्रीका अर्का दाबेदार हुन् नेपाली कांग्रेसका सभापति गगन थापा। गत साता केही समय आफ्नो निर्वाचन क्षेत्रमा बिताएका थापाको अधिकांश समय काठमाण्डूमै बितिरहेको छ। तीन पटक काठमाण्डूबाट सांसदमा निर्वाचित थापाले यो पटक सर्लाहीबाट उम्मेदवारी दिएका छन्। पार्टीको नेतृत्वमा पुगेसँगै नयाँ निर्वाचन क्षेत्र रोजेका थापा शुक्रवार पार्टीको कार्यक्रममा पोखरा निस्किए।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि उनको दल नेकपा एमालेले प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ।

गृहजिल्ला झापामा उम्मेदवारी दिएर काठमाण्डूमै फर्किएयता ओली शुक्रवार दोस्रो पटक आफ्नो निर्वाचन क्षेत्रतर्फ ओली गएका छन्। यसबीचमा उनले काठमाण्डूमै रहेका विभिन्न जिल्लाका पार्टी कार्यकर्तासँग भेटवार्ता गरेको एमाले नेताहरू बताउँछन्।

पार्टी जिम्मेवारी नहुँदा बालेनलाई सहज

हालै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका बालेन पार्टी कार्यालय जाँदैनन्। सभापति रवि लामिछानेले पार्टीका काम हेर्दा बालेनले देशभरि डुलेर आफ्नो र पार्टीको पक्षमा जनमत तयार गर्ने मौका पाएको रास्वपा नेताहरू बताउँछन्।

रास्वपामा वरिष्ठ नेता बनेलगत्तै उनी जनकपुरको चुनावी सभामा पुगे। प्रतिनिधिसभामा उम्मेदवारी दर्ताका लागि माघ ६ गते झापा पुगेका बालेन त्यहीँबाट पूर्वका अधिकांश जिल्ला घुमेर काठमाण्डू फर्किए।

त्यसबीचमा पश्चिमको यात्रामा निस्किएका उनी सुदूरपश्चिम र कर्णाली घुमेर काठमाण्डू आएलगत्तै पुनः आफ्नो निर्वाचन क्षेत्र पुगेका थिए। दोस्रो पटक निर्वाचन क्षेत्र पुगेर फर्कने क्रममा पनि बालेन उदयपुर, खोटाङ, ओखलढुङ्गा, रामेछाप र दोलखा हुँदै काठमाण्डू फर्कँदै छन्।

बालेनको दौडाहामा आचारसंहिताले असर गर्दैन भन्ने जिज्ञासामा रास्वपाकी सहप्रवक्ता प्रतिभा रावलले भनिन्, "आचारसंहिताकै कारण अहिले चुनावी सभाहरू नगरिएको हो।"

झापामै खटिनुपर्ने बाध्यतामा ओली

आफ्नो परम्परागत चुनावी क्षेत्रमा प्रधानमन्त्रीका अर्का दाबेदारबाट चुनौतीको सामना गरिरहेका ओली यो पटक देशका धेरै ठाउँ जाने योजना नरहेको एमाले नेताहरूले बताएका छन्।

एमालेका कतिपय नेताहरूले सार्वजनिक कार्यक्रममा आफ्नो दलका अध्यक्षलाई झापामै अल्झाउने रणनीति लिएरै रास्वपाले बालेनलाई झापामा उम्मेदवारी दिन लगाएको तर्क गर्दै आएका छन्।

नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा 'बादल'ले फागुन पहिलो साताबाट एमालेले चुनावी सभाहरू गर्ने योजना भए पनि सातै प्रदेशमा ओली पुग्ने सम्भावना कम रहेको बताए।

"फागुनको पहिलो हप्तापछि हामी अभियानमा जान्छौँ। यस पटक हामी धेरै ठाउँमा चाहिँ ठूलाठूला सभाहरू गर्दैनौँ, केही निश्चित ठाउँमा गर्ने हाम्रो योजना छ," उनले भने।

"सातै प्रदेशमा त सायद यस पटक हुँदैन कि जस्तो लाग्छ। समय छोटो छ।"

एमाले उपाध्यक्ष थापाका अनुसार एमालेले यो पटकको चुनावी अभियान स्थानीय स्तरमै र डिजिटल माध्यममा केन्द्रित गर्ने योजना बनाएको छ। "डिजिटल माध्यममा छ, हाम्रो प्रचार चलिरहेकै पनि छ। सबै माध्यमलाई प्रयोग गरेर प्रचार गरिरहेका छौँ," उनले भने।

सातै प्रदेश जाने गगनको तयारी

नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले निर्वाचन आचारसंहिताका कारण पार्टी सभापति थापा चुनावी प्रचारमा ननिस्किएको बताए।

"हामीले यो महिनाको अन्त्यतिर घोषणापत्र सार्वजनिक गरेर त्यसपछि चुनावी सभाहरूको कार्यतालिका निकाल्दै छौँ," चालिसेले भने।

कांग्रेसले चुनावअघि देशका सात वटै प्रदेशमा थापासहितका नेताहरूको उपस्थितिमा चुनावी सभा गर्ने तयारी गरिरहेको नेताहरूले बताएका छन्।

"न्यूनतम सातै प्रदेशमा भेला हुन्छ। त्योभन्दा बाहेक आवश्यक परेका ठाउँमा समयको उपलब्धता र यातायातका साधनहरूको सहजताका आधारमा सकेसम्म धेरै ठाउँमा पुग्ने योजना छ," उनले भने, "आफ्नो निर्वाचन क्षेत्रमा पनि जानैपर्ला।"

नयाँ निर्वाचन क्षेत्र भएका कारण आफ्नो क्षेत्रमा पनि पर्याप्त समय दिनुपर्ने दबावमा थापा रहेको कांग्रेस नेताहरू बताउँछन्। "एकचोटि जानुभयो। अन्यत्र घुमेर फेरि जानुपर्ने होला," चालिसे भन्छन्।

यो पटक निर्वाचन आचारसंहिताले उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिन अघिदेखि मात्र चुनावी प्रचारप्रसारका काम गर्न पाइने उल्लेख गरेको छ।

निर्वाचन आयोगले चुनावी खर्च कम गर्न भन्दै फागुन चार गतेबाट १८ गतेसम्म १५ दिन मात्रै चुनावी सभा र घरदैलोलगायतका प्रचारप्रसारका गतिविधि गर्न उम्मेदवार र दलहरूलाई समय दिएको छ।

रास्वपाले पनि रवि र बालेनसहितको चुनावी सभा गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह दुवैको उपस्थितिमा सात वटै प्रदेशमा चुनावी सभा गर्ने तयारी गरिरहेको सहप्रवक्ता प्रतिभा रावलले बताइन्।

"सभापतिको खुट्टामा चोटका कारण उहाँ वरिष्ठ नेताजसरी जान पाउनुभएन। अब फागुन पहिलो साताबाट दुवै नेताको सम्बोधन हुने गरी चुनावी सभाहरू हुन्छन्," रावलले भनिन्।

रास्वपा उपसभापति डोलप्रसाद अर्यालले झापालगायत देशका प्रमुख सहरहरूमा लामिछाने र बालेनसहित पार्टीका दुवै जना उपसभापतिसमेत जाने गरी सभाको कार्यतालिका तयार गरिरहेको रास्वपा नेताहरूले बताएका छन्।

अरू दल के गर्दै छन्

तीन जना पूर्व रधानमन्त्रीहरू रहेको नेपाली कम्युनिस्ट पार्टीले पनि चुनाव क्षेत्रकेन्द्रित सभाहरू गर्ने तयारी गरिरहेको नेता अग्निप्रसाद सापकोटाले बताए।

यो दलबाट दुई जना पूर्वप्रधानमन्त्रीहरू उम्मेदवार छन्। पार्टी संयोजक समेत रहेका पुष्पकमल दाहाल 'प्रचण्ड' यो पटक नयाँ चुनावी क्षेत्रबाट उम्मेदवार बनेका छन्। पूर्वी रुकुमको आफ्नो चुनावी क्षेत्रमा केही समय बिताएर फर्किएका दाहाल शनिवार सिन्धुलीको पार्टी कार्यक्रममा जाने तयारीमा रहेको सापकोटाले बताए।

"आचारसंहिताका कारण अहिले हामीले बाहिरी गतिविधि खासै राखेका छैनौँ। हामीले सकेसम्म सातै प्रदेशमा र त्यसका अतिरिक्त केही विशेष क्षेत्रहरूमा पनि चुनावी सभाहरू गर्दै छौँ," सापकोटाले भने।

यो पार्टीका अर्का नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल रौतहटबाट उम्मेदवार बनेका छन्।

आफूलाई प्रधानमन्त्रीको दाबेदार भन्दै आएका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ पनि खास गरी पूर्वी पहाडी क्षेत्रमा सभाहरू गरेर अहिले धरानमा चुनावी प्रचारमा देखिएका छन्। उनी आफैँ सुनसरीबाट उम्मेदवार छन्।

केही समय आफ्नो चुनावी क्षेत्रमा केन्द्रित भएका उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ साताको अन्त्यतिर मधेश क्षेत्रमा चुनावी सभाहरू गरिरहेका छन्। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सारङ्गीको धुनमा गुजारा

तनहुँ । बुटवल बसोबास गर्दै आएका ७३ वर्षीय लोकबहादुर गन्धर्व र तनहुँको भानु नगरपालिका–१ माइती भएकी ६० वर्षीया डल्ली गन्धर्व नेपाली सारङ्गी बजाउँदै विभि...

७७ जनाको ज्यान जानु सामान्य कुरा होइन, मुलुकलाई मुठभेडतर्फ धकेल्नु कसैको हितमा छैन : सुरेन्द्र पाण्डे

काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीका कार्यकर्तालाई सडकमा ओरालेर मुलुकलाई मुठभेडतर्फ धकेल्नु कसैको हितमा नभएको बताएका छन्।  पार...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

काठमाडौं । पूर्वमन्त्री दीपक खड्का पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई नियन्त्रणमा लिएको हो। कांग्रेस नेतासमेत र...

अबरुद्ध बिपी राजमार्गमा बिहानदेखि यातायात सञ्चालनमा

काभ्रे । शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध बिपी राजमार्गमा आज बिहान ६ः०० बजेदेखि यातायात सञ्चालन भएको छ  । जिल्ला प्रहरी क...

एमालेले आज अदालत खुल्नेबित्तिकै बन्दी प्रत्यक्षीकरण रिट दर्ता गर्ने

काठमाडौं ।  एमालेले अध्यक्ष ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गैरकानुनी गिरफ्तार गरेको भन्दै आइतबारै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता...

ओली र लेखकमाथि ज्यान मुद्दामा अघि बढ्यो अनुसन्धान

काठमाडौं । २३ भदौको जेन–जी आन्दोलनमा लापरबाहीपूर्वक बल प्रयोग गरी युवाको ज्यान लिएको कसुरमा तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई ...

ओली-लेखकलाई आज अदालतमा उपस्थित गराइँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई आइतबार काठमाडौं जिल्...

ओली पक्राउको विरोधमा एमालेले आज पनि प्रदर्शन गर्ने, सीडीओ कार्यालयमा विरोधपत्र पनि बुझाउँदै

काठमाडौं । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेले आजपनि विरोधका कार्यक्रम जारी राख्ने जनाएको छ। एमालेले आज देशभरका जिल्ला प्रशास...

यी हुन् शासकीय सुधारका लागि सरकारका सय कार्ययोजना (पूर्णपाठ)

काठमाडौँ । सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्...

आज पनि देशका अधिकांश स्थानमा वर्षाको सम्भावना, यी स्थानमा हुनसक्छ हिमपात

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशभर साधारणतया बादल लागेको छ । कोशी र बागमती प्रदेशका क...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending