जुम्ला। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिएसँगै निर्वाचन कार्यालयले यहाँका आठ वटै स्थानीय तहका ६० वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न लागेको छ । आगामी फागुन ३ देखि १७ गतेसम्म जिल्लाका ६० वटै वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।
आयोगको केन्द्रीय कार्यालयको परिपत्रअनुसार कम्तीमा एसइई वा सो सरह उत्तीर्ण गरेका बाल विकास सहजकर्ता वा मातृ स्वास्थ्य कार्यकर्ता वा स्थानीय स्वास्थ्य स्वयंसेविका वा सामुदायिक अध्ययन केन्द्रका परिचालनलाई यहाँका प्रत्येक वडामा एक–एक जनाका दरले मतदाता शिक्षा स्वयंसेवकका रूपमा नियुक्ति गरिने जिल्ल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी दीपेन्द्र कँडेलले जानकारी दिए ।
उल्लिखित स्वयंसेवक नियुक्ति गर्दा विगतमा मतदाता शिक्षा कार्यकर्ता वा निर्वाचन शिक्षा स्वयंसेवकका रूपमा कुनै पनि निर्वाचनमा अनुभव हासिल गरेको व्यक्तिलाई विशेष प्राथमिकता दिएर मतदाता शिक्षा स्वयंसेवक नियुक्ति गर्न भनेर आयोगको केन्द्रीय कार्यालयबाट कार्यविधि पठाएको छ ।
निर्वाचन अधिकारी कँडेलले भने, “मतदाता शिक्षा विशेष कार्यक्रमअन्तर्गत आममतदातालाई सही, तथ्यपरक र उपयोगी जानकारी प्रदान गरी जिम्मेवार र सचेत मतदान संस्कृतिको विकास गर्नु हो ।” मतदानको कार्यमा आम मतदाताको सहभागिता अभिवृद्धि र बदर मतको सङ्ख्या न्यूनीकरण गर्नु पनि यस कार्यक्रमको मुख्य उद्देश्य रहेको उनको भनाइ छ ।
मतदातालाई मतदान प्रक्रियाबारे स्पष्ट जानकारी दिनु, मतपत्र प्रयोग गर्ने सही तरिका बुझाउनु तथा मतदान गर्दा ध्यान दिनुपर्ने विषयमा सचेत गराउनु कार्यक्रमको लक्ष्य रहेको छ । मतदाता शिक्षा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुन सकेमा मतदातालाई मतदान गर्न सहज हुने र बदर मतको समस्या उल्लेखनीय रूपमा घट्ने विश्वास गरिएको निर्वाचन अधिकारी कँडेलले बताए ।
निर्वाचनका लागि जिल्लामा कुल जम्मा मतदाता सङ्ख्या ७१ हजार ७३९ जना रहेका छन् । कुल मतदातामध्ये महिला मतदातातर्फ ३४ हजार २८० र पुरुष मतदातातर्फ ३७ हजार ४५९ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय जुम्लाले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ११ गते, २०८२ - ०९:१८
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरान युद्ध अन्त्य गर्नेबारे "अहिले" कुराकानी चलिरहेको र अमेरिकाले कुराकानी गरिरहेका "मानिसहरू" "सम्झौता ...
चैत्र ११ गते, २०८२ - ०९:१५
काठमाडौँ । आज हिरासतमा रहेका र बेपत्ता पारिएका संयुक्त राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस हो । न्यायको माग, सुरक्षा सुनिश्चितता तथा वि...
चैत्र ११ गते, २०८२ - ०९:०२
पर्सा । चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब २३ अर्ब ६७ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आव...
चैत्र ११ गते, २०८२ - ०७:५१
काठमाडौं । उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङले नयाँ बन्न लागेको सरकारमा आफू सहभागी हुने हल्लाको खण्डन गरेका छन्। जनताको म्यान्डेटविपरीत व...
चैत्र ११ गते, २०८२ - ०७:५०
काठमाडौं । प्रतिनिधिसभा सदस्यमा निर्वाचित सदस्यको शपथग्रहण नजिकिएसँगै संसद्मा प्रतिनिधित्व गर्ने ६ वटै राजनीतिक दल संसदीय दलको नेता चयन गृहकार्यमा जुट...
चैत्र ११ गते, २०८२ - ०७:४३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई लगाइएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग संशोधन गर्ने महान्या...
चैत्र ११ गते, २०८२ - ०७:३४
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारको नेतृत्व सम्हालेको पहिलो दिनदेखि नै प्रशासनिक संरचना परिवर्तनको प्रक्रिया अघि बढाउने तयारी ग...
चैत्र ११ गते, २०८२ - ०७:२६
काठमाडौँ । आज दासत्व पीडितहरूको अन्तर्राष्ट्रिय स्मृति दिवस। मानवअधिकार, समानता र सामाजिक न्यायप्रति विश्वव्यापी प्रतिबद्धता जनाउँदै विश्वका विभिन्...
चैत्र ११ गते, २०८२ - ०७:२३
काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा मौसम आंशिकदेखि सामान्य बदली भएको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हि...
चैत्र ११ गते, २०८२ - ०७:२१
बागलुङ । गण्डकी प्रदेशको प्रसिद्ध शक्ति पीठ बागलुङ कालिका मन्दिरमा भक्तजनको भीड बढेको छ । चैते दसैँको नवदुर्गा सुरु भएयता क्रमशः मन्दिरमा दर्शन गर्न आ...


प्रतिकृया लेख्नुहोस्: