Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB

माओवादी केन्द्रको प्रतिबद्धताः ‘समृद्ध नेपालको आधार, समृद्ध गाउँनगर’

\"\"काठमाडौँ, १७ वैशाख । सरकारको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र) ले ‘समृद्ध नेपालको आधारः समृद्ध गाउँनगर’ भन्ने नारालाई केन्द्रविन्दुमा राखेर स्थानीय तह निर्वाचनको प्रतिबद्धतापत्र तयार पारेको छ । केही दिनभित्रै सार्वजनिक गर्ने तयारी गरिएको प्रतिबद्धतापत्रमा स्थानीय जनताको दैनिक सेवा र कृषि तथा औद्योगिक आत्मनिर्भर अर्थतन्त्रको स्थापनामा जोड दिइने छ । नेपालको संविधानको अनुसूची ८ मा उल्लेख भएको स्थानीय तहले प्रयोग गर्ने २२ विषयगत अधिकारको सूचीअनुसार भूमिसुधार, कृषि, सिँचाइ, जलस्रोत, वन, खनिज पदार्थ, उद्योग, व्यापार, कर सङ्कलन, बजेट तर्जुमा, यातायात, सूचना–सञ्चार, नगर तथा बस्ती विकास, खानेपानी, दैनिक प्रशासन, न्याय सेवा, शान्ति सुरक्षा, स्वास्थ्य, शिक्षा, भाषा–संस्कृति, खेलकुदलगायत क्षेत्राधिकार तोकिएको र सोही आधारमा नीतिगत एवम् व्यावहारिक निर्णय गरिने छ । माओवादी केन्द्रले ‘सार्वजनिक प्रशासनको आधारः सुशासन’ भन्ने अर्को नारा पनि तय गरेको छ । त्यसमा स्थानीय तहका सबै अङ्गको बीचमा समन्वयात्मक रुपले सञ्चालन गरिने छ । ८० प्रतिशत पुँजीगत बजेट स्थानीय तहलाई केन्द्र सरकारले स्थानीय तहको चालु कार्य प्रारम्भ गर्नका लागि प्रत्येक एकाइका लागि तत्काल एक करोड रुपैयाँ सिधा निकासा गरिने लर आगामी वर्षमा कुल बजेटको कम्तीमा पनि ८० प्रतिशत पुँजीगत बजेट स्थानीय तहमा उपलब्ध गराइने छ । सरकारी रकमको बैंकिङ कारोबार राष्ट्रिय वाणिज्य बैंकलगायत राज्यको लगानीबाट सञ्चालित बैंकमार्फत गरिने नीति अगाडि सारिने छ । प्रतिबद्धतापत्रमा वैज्ञानिक भूमि व्यवस्थापन र भूउपयोगको नीति तर्जुमा गरेर लागू गर्ने उल्लेख हुने छ । सहरी र ग्रामीण क्षेत्रको विकासका लागि बृहत्तर गुरुयोजना तर्जुमा गर्ने, भूमिमाथि जोताहा किसानको स्वामित्वलाई सुनिश्चित गर्ने, जमिन बाँझो राख्न र खण्डीकरण गर्नलाई नियन्त्रण गरी जमिनलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गरिने छ । जमिनलाई उत्पादनमूलक क्षेत्रमा केन्द्रित गर्न भूमि बैंकको व्यवस्था गर्ने र अत्याधुनिक कृषि प्रणालीको विकास गरी कृषि क्षेत्रको विकास र विस्तारमा ‘सुपर जोन’, ‘जोन’ अवधारणालाई व्यावहारिक रुपमा लागू गरिनेछ । कृषि ग्रामीण विकासको मूल आधार माओवादी केन्द्रले ‘कृषि नै ग्रामीण विकासको मूल आधार’ भन्ने नाराका आधारमा ग्रामीण क्षेत्रमा आयआर्जन र रोजगारमूलक कृषि उत्पादन, खाद्यान्न उत्पादन, दलहन, फलफूल, तरकारी, नगदेबाली, पशुपालनलगायत मुख्यतः नगदे बालीको खेतीमा जोड दिइने जनाएको छ । ‘एक गाउँ, एक कृषि नमुना उत्पादन’मा जोड दिँदै गाउँपालिकाले कृषि उत्पादनलाई गुणात्मक रूपमा विकास गर्न ‘सुपर जोन’को मान्यतानुसार आआफ्नो भौगोलिक विशेषतानुरुप उत्पादनको विशिष्टीकरण र नमुना ढङ्गले कृषि उत्पादनलाई केन्द्रित गर्ने लक्ष्य लिइने छ । कृषि उत्पादनलाई व्यवसायीकरण, आधुनिकीकरण र औद्योगिकीकरणमा जोड दिइने, अभियानकै रुपमा सिँचाइ कार्यक्रम सञ्चालन गर्ने, मल, बीउ, कीटनाशक औषधिलगायत कृषि औजार सर्वसुलभ बनाइने छ । कृषि उत्पादनमा प्राङ्गारिक मलको प्रयोग गरी जैविक उत्पादनमा जोड दिइने प्रतिबद्धतापत्रमा समावेश हुने छ । प्रत्येक गाउँमा कृषि उपजको बजारको व्यवस्था गर्ने, भण्डारण र शीतभण्डारणको व्यवस्था गर्ने, सहकारी प्रणालीलाई प्रोत्साहन गर्ने, किसान र उपभोक्ताबीचको बिचौलियाको तहगत संरचनालाई न्यूनीकरण गर्दै किसान र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध र लाभका लागि बहुउद्देश्यीय सहकारी प्रणालीमार्फत कृषि उत्पादन, उत्पादित वस्तुको भण्डारण, ढुवानी र कृषि बजारको व्यवस्था गर्ने माओवादी केन्द्रले जनाएको छ । किसानलाई निवृत्तिभरण साना तथा गरिबीका रेखामुनि रहेका किसानका लागि सहुलियत ब्याज दरमा कृषि ऋणको व्यवस्था गर्ने, कृषि पेसालाई प्रोत्साहन गर्न किसान निवृत्तिभरणको व्यवस्था गरिने छ । ग्रामीणहरित सडक सञ्जालको निर्माण र विस्तार गर्ने, पर्यटन र वातावरणीय संरक्षणलाई ध्यानमा राखी पर्यटकीय पैदल मार्ग र केबलकारको व्यवस्था गर्ने, गाउँलाई स्मार्ट नमुना गाउँका रुपमा विकास र विस्तार गर्ने, कृषिजन्य साना तथा घरेलु उद्योगहरुमा जोड दिने माओवादीको योजना छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies