Khabar Dabali २५ माघ २०८२ शनिबार | 7th February, 2026 Sat
Investment bank

माओवादीबाट देउपुर नगरको मेयरमा ढकाल, उपमेयरमा विष्ट घोषणा

\"\"काभ्रे, ९ वैशाख । नेकपा (माओवादी केन्द्र) काभ्रेपलाञ्चोकले मण्डन देउपुर नगरपालिकाको लागि उम्मेदवारी घोषणा गरेको छ । शनिवार जिल्लाको कुन्तावेशीमा नेकपा (माओवादी केन्द्र) मण्डन देउपुर नगर कमिटीले उम्मेदवार घोषणा कार्यक्रमको आयोजना गरि नाम सार्वजनिक गरेको हो । पार्टी कमिटिको वडास्तरबाट आएका सर्वसम्मत प्रस्तावलाई सिफारिस गर्दै नगर कमिटिमा पेश गरेकाहरुको नाम घोषणा कार्यक्रममा सार्वजनिक गरिएको नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं मण्डन देउपुर नगर कमिटिका ईञ्चार्ज रिता ढकाल ‘धरिना’ले खबरडबलीलाई बताईन् । नगरको मेयरमा रिता ढकाल ‘धरिना’ र उपमेयरमा निरञ्जन विष्ट ‘दीप’ रहेका छन् । त्यस्तै उक्त नगरपालिकाको २ नं. वडाको अध्यक्षको लागि रमेश ढकाल, ३ मा मान बहादुर तामाङ, ४ मा तुलसी नेपाल, ५ मा रोहित मोक्तान, ६ मा अमनाथ ढकाल, ७ मा गोविन्दकुमार श्रेष्ठ, ८ मा दिपक राई, ९ मा लालबहादुर तामाङ ‘सागर’, १० मा विरस तामाङ, ११ मा चिरञ्जीवि खनाल र १२ मा शिवराज साही ठकुरीको नाम घोषणा गरेको छ । वडा नं. १ मा भने पार्टीको वडा कमिटिबाट सिफारिस भएर आउन बाँकी रहेकाले घोषणा नगरेको ढकालले खबरडबलीलाई बताईन् । ‘ति सबै घोषणा गरिएका नामहरु सम्बन्धीत वडा पार्टी कमिटिको बैठकबाट सर्वसम्मत निर्णय भएर आएका नामहरु हुन्, यद्यपी जिल्ला पार्टीले त्यसलाई पूर्णता दिन बाँकी छ’ ढकालले भनिन्, ‘त्यसको लागि भोलि जिल्ला कमिटीको सचिवालयको बैठक बस्दैछ, त्यहाँबाट औपचारिक रुपमा अन्तिम रुप दिनेछ ।’ पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला संगठन विभाग संयोजक दिननाथ गौतमले नगर र गाउँपालिका कमिटिहरुले आ–आफ्नो सापेक्षतामा उम्मेदवारी घोषणा कार्यक्रमहरु गरिएको भएपनि जिल्ला पार्टीले औपचारिक बैठक बसी त्यसको अन्तिम निर्णय दिने बताए । ‘अहिले पार्टीको नगर र गाउँपालिका अन्तर्गत पार्टी कमिटिको तर्फबाट घोषणा गर्ने कार्यक्रम चलिरहेको छ, त्यसको विवरण जिल्ला कमिटिमा आएपछि बैठकले अन्तिम निर्णय गर्नेछ’ गौतमले खबरडबलीसँग भने । जिल्लामा रहेका दलहरुमध्ये सबैभन्दा पहिलो पटक नगर कमिटिले उम्मेदवारको नामावली सार्वजनिक गरिएको यो नै पहिलोे हो । अरु नगर र गाउँपालिकाहरुले उम्मेदवार घोषणा कार्यक्रम राखिएपनि वडास्तरका अध्यक्षहरुको मात्रै सार्वजनिक गरिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE