Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

६ मधेसी दल मिलेर बन्यो राष्ट्रिय जनता पार्टी, यस्तो छ चुनावप्रतिको धारणा

\"\"काठमाडौं, ८ वैशाख । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध ६ दलले पार्टी एकता गरेका छन् । एकीकृत नयाँ पार्टीको नाम ‘राष्ट्रिय जनता पार्टी’ राखिएको छ । महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, शरत्सिंह भण्डारीको राष्ट्रिय मधेस समाजवादी पार्टी, महेन्द्र राय यादव नेतृत्वको तराई मधेस समाजवादी पार्टी, राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिक र अनिल झा नेतृत्वको नेपाली सद्भावना पार्टी एकीकरण भएर राष्ट्रिय जनता पार्टी गठन भएको हो । अाजको नयाँ पत्रिकामा खबर छ– मोर्चामा आबद्ध उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम भने एकतामा आएको छैन । पार्टी नेतृत्व सामूहिक, चुनाव चिह्न छाता एकीकृत पार्टी सामूहिक नेतृत्वका आधारमा चलाउने सहमति नेताहरूबीच बनेको छ । एकीकरणमा सामेल ६ पार्टीका अध्यक्ष रहेको पार्टी सञ्चालन गर्ने ‘अध्यक्षमण्डल’ बनाइएको छ । त्यसमा तमलोपा अध्यक्ष ठाकुर, सद्भावना अध्यक्ष महतो, रामसपा अध्यक्ष भण्डारी, तमसपा अध्यक्ष यादव, फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव र नेपाल सद्भावना पार्टीका अध्यक्ष झा रहने पार्टी एकता घोषणासभामा जारी विज्ञप्तिमा उल्लेख छ । महाधिवेशन नहुँदासम्म सामूहिक नेतृत्वका आधारमा पार्टी चलाउने सहमति नेताहरूबीच भएको छ । ‘अध्यक्षमण्डल नै पार्टीको सर्वोच्च निकाय हुने र पार्टीका सबै राजनीतिक र सांगठनिक निर्णयहरू सामूहिक निर्णय प्रणालीबाट गरिनेछ । अन्य सांगठनिक संरचना, पार्टी सञ्चालनको कार्यविधि, पार्टीको विधान आदिको निर्णय अध्यक्षमण्डलबाट हुनेछ,’ विज्ञप्तिमा भनिएको छ । एकताको प्रथम महाधिवेशन एक वर्षभित्र सम्पन्न गरिने विज्ञप्तिमा उल्लेख छ । नयाँ पार्टीको झन्डा तीन रङमा आयताकार हुने र चुनाव चिह्न छाता छाप हुने विज्ञप्तिमा उल्लेख छ । ‘पार्टीको नयाँ झन्डा तीन रङको आयताकार हुनेछ । जसमा माथि रातो, बीचमा सेतो र तल हरियो रङ हुनेछ । रातो रङ क्रान्तिको प्रतीक, सेतो रङ शान्तिको प्रतीक र हरियो रङ समृद्धिको प्रतीक हुनेछ । नयाँ पार्टीको चुनाव चिह्न ‘छाता छाप’ हुनेछ,’ विज्ञप्तिमा भनिएको छ । झन्डाको बीचमा पार्टीको चुनाव चिह्न रहेको छ । कुनै कार्यक्रम वा बैठकहरूमा पार्टीका तर्फबाट एकजनाले प्रतिनिधित्व गर्नुपर्ने भएमा महन्थ ठाकुर जाने सहमति नेताहरूबीच भएको छ । तर, अध्यक्षमण्डलका नेताहरूको वरीयता नतोकिएको सद्भावना पार्टीका महासचिव मनीष सुमनले जानकारी दिए । नयाँ पार्टीको सिद्धान्त ‘लोकतान्त्रिक समाजवादमा आधारित सहभागितामूलक समावेशी लोकतन्त्र’ रहने उनले बताए । मधेसको ठूलो र संसद्को पाँचौँ पार्टी रूपान्तरित संसद्मा प्रतिनिधित्वका आधारले अहिले मधेसलाई केन्द्रबिन्दु बनाएर राजनीति गरिरहेका दलहरूमध्ये राष्ट्रिय जनता पार्टी सबैभन्दा ठूलो पार्टी बनेको छ । संसद्मा यो पाँचौँ पार्टी बनेको छ । संसद्मा राजपाको सिट संख्या २५ पुगेको छ । तमलोपाको ११, सद्भावनाको ५, रामसपा र तमसपाको ३–३ र गणतान्त्रिक फोरम र नेपाल सद्भावना पार्टीको १–१ गरी २५ सांसद थिए । तर, सद्भावना पार्टीका सञ्जय साह ज्यान मुद्दा र बम विस्फोट काण्डका कारण निलम्बनमा छन् । संसद्मा विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमको १६ र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमको १५ सिट छ । संशोधनबेगर चुनावमा नजाने, मधेसमा गर्न पनि नदिने राजपाले संविधान संशोधन गरी आफूहरूका माग समाहित नगरी स्थानीय तहको निर्वाचनमा भाग नलिने भएको छ । संविधान संशोधनविना मधेसमा जबर्जस्ती निर्वाचन गर्ने कोसिस सरकारले गरेमा ‘इँटको जवाफ पत्थरले दिने’ चेतावनी नेताहरूले दिएका छन् । एकता सभामा कसले के भने ? महन्थ ठाकुर शेरले खतरा महसुस शेरसँग होइन सिकारसँग गर्छ । हामी मधेसका शेर एक भएका छौँ । सबै शेर एकै स्थानमा भएपछि त सिकारीले पनि सोच्नुपर्छ । लोकतन्त्रमा सरकारले जनताका अधिकार खोसेपछि उसको विरोध नगरेर कसको विरोध गर्ने ? तर, गलत निर्णयको विरुद्ध गरिएको शान्तिपूर्ण आन्दोलनमा सरकार जाइलागेर मधेसी जनता त गुमाएको छ, अझै पनि सत्ता सञ्चालन गर्ने शासक र सिंहदरबार नसुध्रिए सिंगो मधेस पनि गुम्छ । हामीलाई मधेसीको एक राज्य चाहिन्छ । राजेन्द्र महतो मधेसी र थारूको सहमतिविना निर्वाचन गरेर देखाउन सक्ने भए गराउन मैले यही मञ्चबाट राज्यलाई चेतावनी दिन्छु । यदि गराउने दुस्साहस गर्यो भने हामी पनि एकताको ताकतले ‘इँटको जवाफ पत्थरले दिन’ तयार छौँ । माग पूरा नगरी मधेस र थरुहटमा निर्वाचन गर्न गए जनताले आफसेआफ लखेट्छन् । त्यस्तो जिम्मेवारी हामी लिनेछैनौँ । देशको ताला अब जनता पार्टीमा आएको छ । शरत्सिंह भण्डारी मधेसी जनतामा कस्तो राष्ट्रवाद छ त्यो हामी अब व्यवहारमा देखाइदिन्छौँ । आत्माबाट भएको हाम्रो एकता अब कसैले टुटाउन र फुटाउन सक्दैन । हाम्रा माग पूरा नहुँदासम्म निर्वाचनमा भाग लिने त परैको कुरा भयो, गरेर देखाउन सरकारलाई हाम्रो चुनौती हो । महेन्द्र राय यादव अहिलेको संविधानलाई कसैले पनि स्वीकार गरेका छैनन् । भारत र अरू विश्वले पनि स्विकारेको छैन । भारतमा भएको १२ बुँदे सहमति कार्यान्वयन हुने, तर नेपालमा भएको आठबुँदे किन कार्यान्वयन नहुने ? हाम्रो आन्दोलनलाई भारतका जनताले साथ दिएका छन् । भारतले नश्लवादी चिन्तनको विरोध गर्छ । संशोधन नगरी नश्लीय चिन्तन बोकेको सरकारले निर्वाचन गर्यो भने त्यसको प्रतिकार गर्न हामी बाध्य हुन्छौँ । राजकिशोर यादव मधेसवादी दलको एकता भनेको पाँच पाण्डवको एकता हो । हामी अब मधेसको लडाइँ जित्छौँ । महन्थ ठाकुर पाण्डवको जेठा दाजु, युधिष्ठिरजस्तै निष्ठावान र सत्यवादी नेता हुनुहुन्छ । भीष्मजस्तै महेन्द्र राय यादव हुनुहुन्छ । अन्य हामी सबै पाण्डवको एक–एक पात्रको जस्तै भूमिकामा छौँ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending