Khabar Dabali २५ माघ २०८२ शनिबार | 7th February, 2026 Sat
Investment bank

यस्तो छ भैरहवामा चुनावी माहौल

\"\"भैरहवा, ६ वैशाख । भैरहवामा चुनावी माहौल तातेको छ । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि धमाधम उम्मेदवार छनोट भइरहेका छन् । त्यसोत कतिपय दलहरुलाई उम्मेदवार छनोट गर्न सकस परिहेको छ । प्रतिपक्षी दल नेकपा एमालेले केन्द्रिय स्तरमा जस्तै अन्य दलले भन्दा चुनावी प्रचारलाई जिल्ला नगर र गाउँ वडा तहमा समेत तिब्रता दिएको छ । जनताको बहुदलीय जनवाद केन्द्रियतामा सञ्चालित एमालेले रुपन्देहीका सबै जसो स्थानीय तहमा एकल उमेदवारी उठाउने तयारी थालेको छ । यद्यपी त्यसको निक्र्यौल आज (बुधबार) देखी सुरु हुने एमाले जिल्ला कमिटी रुपन्देहीको बैठकले गर्नेछ । एक उपमहानगरपालिका, ५ नगरपालिका, १० गाउँपालिका रहेको रुपन्देहीमा एमालेको सर्वसम्मत एकल उमेदवार सिफारिस भएको सिद्धार्थनगर मात्रै हो । कांग्रेस, माओवादी लगायतका दलले उमेदवारको टुंगो समेत लगाउन नसकेकोे अवस्थामा एमाले सिद्धार्थनगरले आसन्न निर्वाचनमा हरि प्रसाद अधिकारीलाई मेयरमा उठाउने गरी निर्वाचन प्रचारलाई तिब्रता दिएको छ । जसको लागी पार्टीले नगरका १३ वटै वडामा सम्पर्क कार्यालय समेत खोलिसकेको छ । पार्टीको नगरको पुर्ण बैठकले अधिकारीलाई सिद्धार्थनगरमा मेयरको उमेदवारको रुपमा एकल सिफारीश गरेसंगै एमालेको माहौल पनि तातेको देखिएको छ । पुर्व उपमेयरसमेत रहेका अधिकारीको उम्मेवारी घोषणासंगै अन्य दललाई उम्मेदवार चयनमा हम्मे हम्मे समेत परेको छ । २०३४ सालदेखी सक्रिय राजनीतिमा होमिएका अधिकारीले पञ्चयातकाल ताका पन्चहरुको गढ भैरहवामा छाती खोलेर राजनीति गर्ने योद्धा भएको उनका समकक्षी बताउंछन् । बहुदल आउनुभन्दा अगाडी पन्चहरुको विगविगी भएकै समयमा भैरहवाको प्रहरी टोलमा रहेको पञ्चहरुको विद्यार्थी मोर्चा राष्ट्रबादी विद्यार्थी मण्डलको बोर्ड ब्यानर फयाकेर पञ्चहरुलाई थर्कमान गराएका अधिकारीको उम्मेदवारीसंगै पुर्व पञ्चहरुकाे भनार्इ छ । बहुदल पश्चातको २०४९ सालको स्थानिय निर्वाचनमा सिनपा ८ को वडा अध्यक्षमा अत्याधिक मतले निर्वाचित भएका थिए अधिकारी । त्यतिबेला नगरको मेयरमा आदित्य नारायण कसौधन एमालेबाट उठेता पनि पराजित भएका थिए हाल उनी व्यवस्थापिका संसदको सदस्य छन् । जुझारु, स्पष्ट र हक्की स्वाभावको अधिकारीले ०५४ सालको स्थानिय निर्वाचनमा उपमेयरमा एमालेको तर्फबाट निर्वाचित भएका थिए । अहिले सम्म कुनै पनि आर्थिक तथा नैतिक विवादमा नपरेका अधिकारी नगरका सबै जसो घर घरमा पुगेका छन् । मान्छेहरु मर्दा पर्दा सबैभन्दा पहिले पुग्ने अधिकारी एमालेको उमेदवार भएता पनि भैरहवामा सबै दलका साझा उमेदवार बन्नेमा पनि धेरैले विश्वास गरेका छन् । अखिल पाचौंबाट राजनीतिमा प्रवेश गरेका अधिकारी एमालेको वडा अध्यक्ष, नगर सचिव, क्षेत्रीय इन्चार्ज हुदैं ३ कार्यकाल जिल्ला सदस्य समेत निर्वाचित भएका छन् । हाल रुपन्देही एमालेको जिल्ला सदस्य रहेका अधिकारी रुपन्देही जिल्लामा हरेक तहमा २ वा २ भन्दा बढी उमेदवारको सिफारिस भइरहदा उनी सिद्धार्थनगरमा एकल उमेदवारको रुपमा आएका छन् । डा. रामप्रसाद बस्यालको प्रस्तावमा अधिकारी सिद्धार्थनगरबाट मेयरमा एकल उमेदवारको रुपमा आएका हुन् । स्थानीय तहको निर्वाचन घोषणासंगै सिद्धार्थनगरमा डा. बस्याल र अधिकारी दुबै जनाले मेयरको उमेदवारी बन्ने चर्चा चलिरहदा डा. बस्यालले अधिकारीलाई प्रस्ताव गरेसंगै एमाले सिद्धार्थनगरमा अभुतपुर्व एकता देखिएको एमालेका नेता भरत कुमार पोखरेलले खबरडबलीलार्इ बताए । पोखरेलले भने “इतिहांसमै सिद्धार्थनगरमा एमालेको अभुतपुर्व एकता देखिएको छ । यो एकताले एमालेको मेयर उपमेयरसंगै सबै वडामा जितको सुनिश्चिता कायम गरेको छ । किनकी कार्यकर्ता अत्यन्तै खुसी र उत्साहित देखिएका छन् । ” भ्रष्टाचार विरुद्धको शून्य सहनसिलतालाई आफ्नो चुनावी नाराको प्रमुख मुद्धा बनाउने गरी चुनावी रणनीति र कार्यनीतिमा जुटेका अधिकारी राजनितीक ईतरका विभिन्न सामाजिक संघ संस्थामा पनि सक्रिय छन् । विक्रम सम्बत २०१७ सालमा बुवा जीवलाल अधिकारी र माता यमकला अधिकारीको कान्छो सुपुत्रको रुपमा जन्मिएका अधिकारीका जेठा दाजु भिमराज अधिकारी, माहिलो खडानन्द अधिकारी र साहिलो चन्द्रकान्त अधिकारीहरु पनि रुपन्देहीका प्रतिष्ठीत उद्योगी व्यवसायी हुन् । खरो र कडा स्वाभावका अधिकारीको मेयरमा उमेदवारी संगै एमालेभित्र अन्र्तघात हुने विगतको आरोप प्रत्यारोपको श्रृंखला पनि स्वतः सकिने देखिएको छ । कतै केही बद्मासी भएको थोरै प्रमाण पाएमा पनि तत्काल पेश हुने एक्सन ओरियन्टेड अधिकारीलाई अन्य दलका युवाहरुको पनि सक्रिय साथ रहने देखिएको छ । लुम्बिनी इट्टा व्यवसायी संघको अध्यक्ष हुदैं हाल इट्टा व्यवसायी महासंघको द्वितीय उपाध्यक्ष रहेका अधिकारी कम्युनिष्ट भएता पनि धर्ममा विश्वास राख्ने हुदां भैरहवा क्षेत्रका शिवमन्दिर, नारायणस्थान मन्दिर, दुर्गा मन्दिरको व्यवस्थापन समितिमा समेत जिम्मेवारी पुरा गर्दै आएका छन् । संस्कृति विद्याश्रमको उपाध्यक्ष, लिलाराम माविको सदस्य जस्तो जिम्मेवारी पुरा गरेका अधिकारी सिद्धार्थ उद्योग वाणिज्य सघको सदस्य समेत हुन् । अधिकारी मेयरको उमेदवार भएपछि भैरहवामा राजनितीक तरंग पनि उत्कर्षमा पुगेको छ । एमालेसंग तालमेल गरेर सधै मौकामा चौंका हान्दै आएको राप्रपा यतिबेला मुर्छित अवस्थामा छ । ०५४ सालको निर्वाचनमा पनि एमालको बुई चढेर मेयर पड्काएको, पछिल्लो संविधानसभामा पनि एमालको आन्तरीक सहयोग कै कारण सांसद जितेको राप्रपा अहिले के गर्ने के नगर्ने भन्ने परिस्थीतिमा पुगेको छ । अधिकारी मेयरबाट ब्याक नहुने उमेदवार भएपछि पुर्व पञ्चहरुको पार्टी राप्रपाले माओवादी केन्द्रसंग तालमेल गर्ने गरी प्रयास थालेको छ । सिद्धार्थनगरमा राप्रपाको निर्विकल्प मेयरका उम्मेदवार सागर प्रताप राणाले माओवादी केन्द्रलाई उपमेयर दिएर मिलाउन खोजेको बुझिएको छ । माओवादी केन्द्रले फैज अहमद , मनिस कुमार जोसी र कमला थापामध्ये एकजनालाई मेयरमा उठाउने गरी पार्टीको माथिल्लो तहमा सिफारिस गरिरहदा राणाले माओवादीका कमला थापा र फैज अहमद मध्ये एकजनालाई उपमेयरको रुपमा उमेदवार बनाई माओवादीसंग तालमेल गर्ने प्रयास माथिल्लो स्तरबाट पनि थालेका छन् । राणाका सहपाठी राप्रपाका उपाध्यक्षसमेत रहेका सांसद तथा पाटिका प्रभावशाली नेता दीपक बोहराको गृह नगर समेत रहेको सिद्धार्थनगरमा कांग्रेसको मत सबैभन्दा अधिक रहेको बुझिन्छ । अन्य ठाउमा नभए पनि सिद्धार्थनगरमा राप्रपा र माओवादी केन्द्रको तालमेल गराउन सिद्धार्थनगरका समेत बासिन्दा समेत रहेका पन्चायतकाल देखी हालीमुहाली गर्दै आएका पुर्व गृहमन्त्री निरन्जन थापा, हालका आपुर्ति मन्त्री दिपक बोहरा, पुर्व मन्त्री प्रकाश चित्रकारहरु माओवादी हेडक्वार्टरसंग निरन्तर छलफलमा रहेको बुझिएको छ । यता नेपाली कांग्रेसभित्र उमेदवार छनौटमा विवाद देखिएको छ । कांग्रेसबाट मेयरकालागी जिल्ला कोषाध्यक्ष दीपक क्षेत्री न्यौपाने , जिल्ला सदस्य ओमकुमार श्रेष्ठ, पुर्व नगर सभापति सुरेन्द्र जंग थापा, नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान केन्द्रिय सदस्य महेन्द्र कुमार श्रेष्ठ, नगर सभापति दीलिप धिताल, गोपालराज भण्डारी, क्षेत्रीय सभापति मातृका यादव आकांक्षीको रुपमा प्रस्तुत हुदैं नेता कार्यकता भेटघाटमा लागेका छन । न्यौपाने ०५४ सालको स्थानिय निर्वाचनमा समेत पार्टीबाट मेयरका उमेदवार थिए । यसैगरी ओम श्रेष्ठ नेपाल तरुण दलको अध्यक्ष छदा नेपालभरीका शाखाबाट उत्कृष्ट सभापतिको सम्मान पाएका व्यक्तित्व हुन् । ्
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE