मकवानपुर । प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा मकवानपुरको बकैया गाउँपालिका–७ भिरकोट क्षेत्रमा चुनावी माहोल तातेको छ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा निर्वाचन प्रचार–प्रसार कार्यालय उद्घाटन कार्यक्रममा उल्लेख्य संख्यामा स्थानीयको सहभागिताले यस क्षेत्रमा चुनावी लहर सिर्जना भएको संकेत दिएको छ।
७ नम्बर वडा अध्यक्ष मानबहादुर सिङ्तानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला कमिटी सदस्य राजेन्द्र घिमिरेले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रममा सहभागी स्थानीय नागरिकहरूले यसपटक बाहिरबाट आउने नेताभन्दा आफ्नै गाउँ–ठाउँमा हुर्किएको, दुःख–सुख बुझेको उम्मेदवारलाई अघि बढाउने स्पष्ट सन्देश दिएका छन्।
स्थानीयहरूले विगतका निर्वाचनमा जितेर गएका नेताहरू चुनावपछि गाउँ नफर्किएको गुनासो गर्दै राप्रपा, एमाले र कांग्रेसका पुराना नेताहरूले भाषण र आश्वासनबाहेक ठोस काम नगरेको आरोप लगाए।
“चुनावको बेला मात्र देखिने नेताले हाम्रो समस्या बुझ्दैनन्,” एक स्थानीयले भने, “अब भाषण होइन, काम गर्ने मान्छे चाहिन्छ।”
कार्यक्रममा सहभागी युवापुस्ताले विशेषगरी नयाँ पुस्ताको नेतृत्व आवश्यक रहेको धारणा व्यक्त गर्दै प्रतिनिधि सभा मकवानपुर क्षेत्र नम्बर–१ का उम्मेदवार विजय गौतमलाई व्यवहारिक, इमानदार र भरोसायोग्य उम्मेदवारको रूपमा चित्रण गरे। पढाइ, संघर्ष र कर्मभूमि यही क्षेत्र भएकाले उनले स्थानीय समस्या नजिकबाट बुझेको उनीहरूको भनाइ थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार विजय गौतमले राजनीतिलाई सत्ता र कुर्सीको सीमाबाट बाहिर निकालेर जनताको जीवनसँग जोड्नुपर्ने आवश्यकता औँल्याए।
“यो चुनाव जित–हारको मात्रै प्रश्न होइन,” उनले भने, “बकैया र मकवानपुरको भविष्य कस्तो बनाउने भन्ने निर्णयको घडी हो। अब सम्झौतावादी राजनीति होइन, जनताको पक्षमा स्पष्ट हस्तक्षेप आवश्यक छ।”
गौतमले विकासका अधुरा योजना, रोजगारीको अभाव, युवाको भविष्य र गाउँ–केन्द्रित विकासलाई आफ्नो प्राथमिक एजेन्डा बनाउने प्रतिबद्धता व्यक्त गर्दै सबैलाई सक्रिय रूपमा चुनावी अभियानमा उत्रन आह्वान गरे।
कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी ‘छिन्तु’, बागमती प्रदेश कमिटी सचिवालय सदस्य लक्ष्मी माझी ‘कृपा’, जिल्ला कमिटी सदस्य राजेन्द्र घिमिरे तथा बकैया गाउँपालिका संयोजक बिमल नेपाललगायतका नेताहरूले पनि मन्तव्य राखेका थिए। उनीहरूले संगठनलाई गाउँ–टोलसम्म विस्तार गर्दै जनतासँग प्रत्यक्ष संवादलाई अझ तीव्र बनाउने रणनीतिमा जोड दिए।
कार्यक्रममा देखिएको भीड, छलफल र स्थानीयको स्पष्ट राजनीतिक अडानले बकैया–७ क्षेत्रमा यसपटक नेकपाका उम्मेदवार विजय गौतमको पक्षमा जनमत मजबुत बन्दै गएको संकेत दिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १ गते, २०८३ - २१:५२
काठमाडाैं । बालेन नेतृत्वको सरकारले छ वटा राष्ट्रिय दलका घोषणापत्र, बाचापत्र र प्रतिबद्धतालाई एउटै दस्ताबेजमा गाँसेर ‘राष्ट्रिय प्रतिबद्धतापत्र’ सार्व...
बैशाख १ गते, २०८३ - २१:३३
काठमाडाैँ । टर्कीको दक्षिणपूर्वी क्षेत्रमा रहेको एक विद्यालयमा पूर्व विद्यार्थीबाट गरिएको अन्धाधुन्ध गोलीकाण्डमा कम्तीमा १६ जना घाइते भएका छन् । यस गो...
बैशाख १ गते, २०८३ - २१:२७
कैलाली । कैलाली जिल्लाको लम्की चुहा नगरपालिका–७ गुलरास्थित पूर्व–पश्चिम राजमार्गमा भएको सडक दुर्घटनामा दुई जनाको ज्यान गएको छ। मृत्यु हुनेमा लम्की ...
बैशाख १ गते, २०८३ - २१:२२
काभ्रेपलाञ्चोक । स्तरोन्नती भइरहेको अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल–खावा सडकखण्डमा आजदेखि दुईतर्फी आवागमन गराइएको छ । सडक कलोपत्रे गर...
बैशाख १ गते, २०८३ - २१:१९
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको संयोजनमा उपत्यकामा रात्रिकालीन बस सेवा सुरु गरिएको छ । महानगरसहित विभिन्न पालिका र साझा यातायातको सहकार्यमा सेवा सञ...
चैत्र ३० गते, २०८२ - २०:०६
काठमाडौं। गृह मन्त्रालय सम्हालेयता गृहमन्त्री सुदन गुरुङको शैली परम्परागत भन्दा फरक देखिएको छ। मन्त्रालयको बैठक कक्ष र नियमित ब्रिफिङभन्दा बाहिर निस्क...
चैत्र ३० गते, २०८२ - १९:३८
कैलाली। सुदूरपश्चिमवासीले मनाउने बिसुपर्व अर्थात् नयाँ वर्ष नजिकिएसँगै रोजगारीका लागि छिमेकी राष्ट्र भारततर्फ गएका सर्वसाधारण केही दिनयता धमाधम घर फर्...
चैत्र ३० गते, २०८२ - १९:३५
काठमाडौं। नेपालमा भूमिसम्बन्धी ऐन २०२१ (२०७६ संशोधनसहित) ले स्पष्ट रूपमा भन्छ— कुनै व्यक्ति वा निजको परिवारले क्षेत्रअनुसार तोकिएको सीमा भन्दा बढी जग...
चैत्र ३० गते, २०८२ - १९:१७
काठमाडौं । राजनीतिमा स्मृति छोटो हुन्छ भनिन्छ, तर सामाजिक सञ्जालको स्मृति असाध्यै लामो हुन्छ। आठ वर्षअघिको एउटा व्यंग्यात्मक पोस्टले अहिलेको सत्तालाई ...
चैत्र ३० गते, २०८२ - १९:१२
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले बागमती प्रदेशका सांसदहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनले स...


प्रतिकृया लेख्नुहोस्: