Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

भक्तपुर–२ : उम्मेदवारहरूले शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन विकासलाई समान एजेन्डा बनाउँदै

खबरडबली संवाददाता

भक्तपुर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भक्तपुर–२ बाट उम्मेदवारी दिने मुख्य उम्मेदवारहरूले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र स्वच्छ खानेपानीमा सहज पहुँच सुनिश्चित गर्ने साझा एजेन्डा रहेको बताएका छन्। एमालेका उम्मेदवार महेश बस्नेत, कांग्रेसका कविर राणा र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का रामप्रसाद सापकोटाले मतदातासँग आफ्नो योजनाबारे बताएका हुन्।

भक्तपुर–२ मा यस चुनावमा ३२ जना उम्मेदवार प्रतिस्पर्धा गर्दैछन् । याे निर्वाचनमा भक्तपुर पनि सबैकाे केन्द्रबिन्दु भएकाे छ । यहाँबाट माओवादी जनयुद्वमा आफ्नाे जीवनकाे वास्ता नै नगरी क्रान्तिकाे ज्वालामुखीमा हाम फालेका सापकाेटा नेकपाका उमेदवार रहेका छन् भने बेलाबेलामा विवादमा आइरहने बस्नेत पनि यहीँ चुनावी मैदानमा छद्द् ।

एमालेका उम्मेदवार महेश बस्नेत
बस्नेतले आफू सांसद रहँदा पूरा नभएका शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वधारलगायतका विकास कार्यलाई सम्पन्न गर्न यसपटक पनि उम्मेदवारी दिएको बताएका छन् । उनले भने, “मलाई काम गर्न सक्ने, अनुभव भएको व्यक्तिको रूपमा हेर्नु भएको छ। संसदभित्र नीति निर्माण, कानुन निर्माणदेखि बजेट निर्माणसम्म प्रभावकारी भूमिका विगतमा खेलेको छु, अब पनि खेल्नेछु। भक्तपुरको भूगोल र विकास प्रक्रियामा अनुभव भएकाले भक्तपुरवासीले मलाई फेरि रोज्नुहुनेछ।”

सूर्यविनायक–७ का स्थायी बासिन्दा बस्नेत ०५४ सालको स्थानीय निकाय चुनावमा गुन्डु गाविस अध्यक्ष निर्वाचित भएका थिए । २०७१ भदौदेखि २०७२ असोजसम्म उद्योगमन्त्री रहेका बस्नेतले २०७४ देखि २०७९ सम्म भक्तपुरको विकासमा योगदान पुर्‍याएको दाबी गर्छन्।

कांग्रेसका उम्मेदवार कविर राणा
राणाले जनताको आवश्यकता, विकास र सुशासनलाई आफ्नो प्रमुख एजेन्डा बनाएर ऐन नियम निर्माण गर्ने बताएका छन् । उनले भने, “भक्तपुरमा अझै धेरै विकास निर्माणका काम बाँकी छन्। खानेपानी र सिँचाइको समस्या गम्भीर छ। मेरो अनुभव र विगतमा हाम्रो पार्टीको योजना पूरा गर्न कांग्रेसको जित आवश्यक छ।”
उनी २०४८ सालमा सम्पन्न पहिलो स्थानीय निकाय निर्वाचनमा बालकोट–लोकन्थली क्षेत्रबाट जिल्ला विकास समिति सदस्यमा निर्वाचित भएका थिए।

नेकपाका उम्मेदवार रामप्रसाद सापकोटा
सापकोटाले विगतमा कांग्रेस र एमालेसहितका दलले आवश्यक सेवा प्रवाहमा कमी देखाएपछि यसपटक आफूलाई मतदाताले जिताउने बताएका छन् । उनले भने, “यहाँको रैथाने उत्पादनको प्रवर्द्धन, पर्यटकीय क्षेत्र, स्वास्थ्य, कृषि उत्पादन र आत्मनिर्भर बनाउने योजनासहित आएको छु। जनपक्ष एजेन्डासहित भएकाले मतदाताले हामीलाई जिताउनेछन्।”
सापकोटा युवा–विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन् र उनी माओवादी जनयुद्वमा पनि सक्रिय रहेका  थिए।

भूतपूर्व निर्वाचनको पृष्ठभूमि
यस क्षेत्रमा विगतमा नेमकिपा, कांग्रेस र एमालेले पालैपालो जीत हासिल गर्दै आएका छन्। २०४८ सालमा कांग्रेसका जगन्नाथ आचार्य विजयी भए। २०५१ र २०५६ सालमा नेमकिपा र कांग्रेसले जीत हासिल गरे। २०६४ सालमा नेमकिपाबाट सुनिल प्रजापति, २०७० मा कांग्रेसका रामेश्वरप्रसाद ढुंगेल र २०७४ मा एमालेका महेश बस्नेत विजयी भएका थिए।

मतदाता विवरण
भक्तपुर–२ मा कुल ९८,३५६ मतदाता छन्, जसमा ४८,०७४ पुरुष, ५०,२७७ महिला र ५ अन्य मतदाता रहेका छन्। यस क्षेत्रमा मध्यपुर थिमी नगरपालिकाका ९ वटा वडा र सूर्यविनायक नगरपालिकाका १० वटा वडा पर्छन्।

प्रतिस्पर्धा गरिरहेका उम्मेदवारहरू घरदैलो, मतदाता भेटघाट र क्षेत्रीय भ्रमणमार्फत आफ्नो एजेन्डा प्रचार गर्दै छन्। ‘सरोकार’ कार्यक्रममा नेपाल मजदुर किसान पार्टी र रास्वपाका उम्मेदवारले भने सहभागिता जनाएका थिएनन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ

काठमाडौं । ‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौं–१५, स्वयम्भू बस्ने ३० वर्षीय नुमे...

महावीर पुनकाे चुनावी २८ लाख बढी

पोखरा । म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित महावीर पुनले चुनावी खर्च सार्वजनिक गरेका छन् । उनले चुनावी अभियानमा २८ लाखभन्दा बढी खर्च भएको देखा...

सर्वोच्चको आदेश: किशोरी साहको नाम कालोसूचीमा नराख्ने

काठमाडौं । सर्वोच्च अदालतले धनुषा–१ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमललाई कर्जा सूचना केन्द्रको कालोसूचीमा नराख्ने आदेश कार्यान्...

एनआरएनए स्टेयरिङ कमिटीको बैठक: मध्यपूर्व संकटप्रति गम्भीर चिन्ता

काठमाडौं।  गैरआवासीय नेपाली संघ (एनआरएनए) को बृहत् एकतापछि गठित स्टेयरिङ कमिटीको १३औँ बैठक फाल्गुन २८ गते सम्पन्न भएको छ। बैठकमा मध्यपूर्व क्षेत्रमा उ...

पहिलेदेखि नै अस्तित्वमा रहेको साङलो

एजेन्सी। साङलो देख्ने वितिकै शरीरमा डर पैदा हुनेहरू धेरै भेट्न सकिन्छ । अलि टाढा भएपनि त्यो साङलो देखेरै चिच्याउनेहरू पनि छन् । साङलोसँग धेरै जसो गृहि...

मध्यपूर्वमा नेपालीको सुरक्षाबारे सरकारको ध्यानाकर्षण, र्‍यापिड एक्सन टिम गठन

काठमाडौँ । मध्यपूर्वमा विकसित पछिल्लो परिस्थितिका बीच त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा र आपतकालीन समन्वयका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ल...

भेटी रकमबाट बालगृहमा अक्षयकोष स्थापना

पोखरा  । साहित्यकार सुरज उपाध्यायको परिवारले स्वर्गीय पिता शङ्कर उपाध्यायको स्मृतिमा बालगृहका लागि अक्षयकोष स्थापना गरेको छ। फेदीखोला गाउँपालिका–२,...

लागुऔषध झगडामा प्रहरीमाथि खुकुरी प्रहार, आत्मरक्षामा गोली चल्दा एक घाइते

हेटौंडा । मकवानपुरमा लागुऔषध सेवनसँग सम्बन्धित झगडा नियन्त्रण गर्न पुगेका प्रहरीमाथि सांघातिक आक्रमण भएको छ। घटनामा एक प्रहरी घाइते भएका छन् भने आत्मर...

समानुपातिक सिट बाँडफाँट टुंगियो : कुन दलले कति पाए?

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ दलहरूले पाउने सिट संख्या टुंगो लगाएको छ। प्रचलित कानुनअनुसार कुल सदर मतको थ...

‘लाल किल्ला’बाट ‘माटो’सम्म : धरानमा कम्युनिस्टको पतन र हर्कवादको उदय

सुनसरी । कहिल्यै ‘अभेद्य लाल किल्ला’ मानिएको धरान (सुनसरी–१) मा यसपटकको निर्वाचनले ऐतिहासिक मोड ल्याएको छ । नेपालमा कम्युनिस्ट आन्दोलनलाई सांगठानिक रू...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: