Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

चुनाव विथोल्न मोर्चाले गर्यो आन्दोलनको घोषणा (विज्ञप्तिसहित)

\"\"काठमाडौं, ३ वैशाख । संघीय गठबन्धन सहितको मधेसी मोर्चाले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार राजधानीमा पत्रकार सम्मेलन गरेर मोर्चा गठबन्धनले आन्दोलनको घोषणा गरेको हो । सरकारले मधेसी मोर्चाको माग सम्बोधनका लागि नयाँ संशोधन प्रस्ताव दर्ता गरेपछि मोर्चाले नयाँ आन्दोलन घोषणा गरेको हो । सरकारले बैशाख ३१ गते घोषणा गरेको स्थानीय तहको चुनाव विथोल्ने उद्देश्यले मोर्चाले बैशाख ५ गतेदेखि चरणबद्ध आन्दोलन आन्दोलन गर्ने भएको छ । मधेसी मोर्चा र संघीय गठबन्धनले घोषणा गरेको आन्दोलनका कार्यक्रममा बैशाख ५ गते जिल्ला सदरमुकाममा मसाल जुलुस गर्ने, ७ गते लाठी जुलुस निकाल्ने र ९ गतेदेखि १२ गतेसम्म विभिन्न ठाउँमा आमसभा गर्ने बताइएको छ । बैशाख १२ देखि २७ गतेसम्म क्षेत्रीय स्तरका बन्दहरु र लाठी तथा मसाल जुलुसका कार्यक्रम छन् । २७ गतेदेखि चुनावलाई लक्षित गरेर आम हडताल गर्ने जनाइएको छ । पढ्नुहोस् विज्ञप्ति  संघीय गठबन्धन प्रेस विज्ञप्ति विगतमा भएका जनआन्दोलनहरु खासगरी मधेश जनविद्रोह, आदिवासी जनजाति, थारु आदि आन्दोलनका बखत सरकारसँग भएका सहमति र सम्झौता, अन्तरिम संविधानमा भएको व्यवस्था, संविधानसभामा भएका सहमति, राज्यपुनर्संरचना आयोगले दिएका प्रतिवेदन आदिको मर्म र भावना विपरीत फाष्ट ट्रयाकको नाममा तीन दलका केही नेताहरुद्घारा लोकतान्त्रिक प्रक्रिया र विधिलाई समेत उल्लंघन गरी नेपालको संविधान जबरजस्ती घोषणा गरियो । उक्त संविधानलाई संशोधन/परिमार्जन/पुनर्लेखन गरी मधेशी, आदिवासी जनजाति, थारु, मुस्लिम, दलित लगायत सीमान्तकृत समुदायहरुको मुद्दा सम्बोधन गर्ने र संविधानमा रहेका कमीकमजोरी, त्रुटि र विभेदकारी प्रावधानलाई सुधार गरी सच्याउनु पर्नेमा मिति २०७३ चैत्र २९ गते नेपाल सरकारद्घारा व्यवस्थापिका संसदमा प्रस्तुत गरिएको संशोधन विधेयक पनि मधेशी, आदिवासी जनजाति, खस, थारु, मुस्लिम, शिल्पी (दलित), अल्पसंख्यक तथा सीमान्तकृत लगायतका समुदायले उठाएका मागहरु र विगतमा सरकारसँग भएका समझदारी, सहमति र सम्झौताहरु विपरीत हुनुका साथै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र संघीय गठबन्धनले सरकार समक्ष राखेको ११ बुँदे र २६ बुँदे मागहरुलाई समेत बेवास्ता गरी ल्याएको र उक्त संविधान संशोधन विधेयकले हाम्रा राष्ट्रिय मुद्दाहरुलाई सम्बोधन गर्न नसक्ने भएको हुँदा नै मोर्चा/गठबन्धनले उक्त विधेयकलाई अस्वीकार गरी संघीयता, राष्ट्रिय पहिचान, लोकतन्त्र, गणतन्त्र, समानुपातिक समावेशीकरण लगायत सबैखालका असमानता र विभेद अन्त्य गराउन र विगतमा प्राप्त भएका उपलब्धिहरुको रक्षा गर्नका लागि आन्दोलनमा जान बाध्य भएको छ । सरकारले हालै दर्ता गरेको संविधान संशोधन प्रस्ताव अधूरो र त्रुटिपूर्ण मात्र होइन आन्दोलनकारी मोर्चा र गठबन्धनसँग भएको सहमति विपरीत समेत रहेको छ । जनताको कठोर, त्याग, संघर्ष र बलिदानबाट प्राप्त गरेका उपलब्धिहरु खासगरी पहिचान र अधिकारसहितको संघीयता, लोकतान्त्रिक गणतन्त्र, समावेशी समानुपातिक प्रतिनिधित्व, राष्ट्रिय पहिचानको मान्यतालाई समाप्त गरिएको छ । यो संशोधन प्रस्तावमा सहमति विपरीत स्थानीय तहको संरचनालाई प्रादेशिक क्षेत्राधिकार अन्तर्गत नराख्नु, सङ्घीय तहमा बहुभाषिक नीति नअपनाउनु, प्रदेशको भाषा प्रयोगको अधिकारलाई समेत केन्द्रमा बन्ने भाषा आयोगको सिफारिस चाहिने गरी झन् प्रतिगामी संशोधन दर्ता गर्नु, राष्ट्रिय सभाको संरचना गलत एवं विभेदकारी हुनु, सङ्घीय आयोगलाई सङ्घीय संरचना पुनरावलोकन गर्न सक्ने गरी समानुपातिक समावेशी र अधिकार सम्पन्न नबनाउनु, धारा २७४ को संशोधन प्रस्तावले पनि नयाँ प्रदेशको सिर्जना तथा सीमाङ्कन हेरफेरलाई असम्भव बनाउनु, प्रदेश नं ४ र ५ को सीमाङ्कन हेरफेरको प्रस्ताव फिर्ता लिनु, संविधानमा स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र र विशेष क्षेत्रहरूलाई राज्यको विशेष संरचना/तहको मान्यता नदिनु, तिनिहरूको क्षेत्राधिकारको अनुसुची संविधानमा नराख्नु, स्वायत्त क्षेत्र, विशेष क्षेत्र र संरक्षित क्षेत्रको सङ्ख्या र सीमा निर्धारण नै नगरी स्थानीय तहको चुनाव घोषणा गर्नु जस्ता गलतकार्यहरु गरिरहेका छन् । तसर्थ, यस्ता गलत कार्यहरु तत्काल बन्द गरी संघीय संरचना लगायतका मुद्दाहरु सम्बोधन गरी सर्वप्रथम संघीय संसद् र प्रादेशिक विधायिकाको निर्वाचन गराउनु पर्दछ, अनि मात्र प्रदेश सरकारको मातहत स्वायत्त क्षेत्र, विशेष क्षेत्र र संरक्षित क्षेत्र, गाउँपालिका, नगरपालिकासहित स्थानीय तहको निर्वाचन गरिनु पर्दछ । यही नै संघीय लोकतान्त्रिक प्रणालीको मूल मर्म र आधार हो । अतः जनताको अधिकार प्राप्ति र लोकतान्त्रिक मूल्य र मान्यताको रक्षाका लागि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा/संघीय गठबन्धनले निम्न अनुसारको राष्ट्रिय आन्दोलनका कार्यक्रमहरु घोषणा गर्दछ । घोषित आन्दोलनका उक्त कार्यक्रमहरुलाई सफल पारिदिनु हुन सम्पूर्ण जनसमुदायमा हार्दिक अपील गर्दछौं । आन्दोलन सम्बन्धी कार्यक्रमहरु : १. २०७४ बैशाख ५ गते – जिल्ला सदरमुकाम लगायत प्रमुख स्थानहरुमा मशाल जुलूश २. २०७४ बैशाख ७ गते – जिल्लाका प्रमुख स्थानमा लाठी÷सिटी जुलूश ३. २०७४ बैशाख ९ गते – जनकपुर, उदयपुर, वीरगंज र काभ्रेमा आमसभा ४. २०७४ बैशाख १० गते – विराटनगर, भैरहवा र पाल्पामा आमसभा ५. २०७४ बैशाख ११ गते – नेपालगञ्ज, विर्तामोड र काठमाडौंमा आमसभा ६. २०७४ बैशाख १२ गते – धनगढी, धरान र पोखरामा आमसभा ७. २०७४ बैशाख १३ गते – गाउँ, शहर र मतदान केन्द्रहरुमा लाठी जुलूश प्रदर्शन ८. २०७४ बैशाख १४ गते – जिल्ला सदरमुकाम लगायत प्रमुख स्थानहरुमा मशाल जुलूश ९. २०७४ बैशाख १५ गते – मधेश÷थरुहट र लिम्बूवान बन्द १०.२०७४ बैशाख १६ गते – नेपाल बन्द ११. २०७४ बैशाख १९ गते – मतदान केन्द्रहरुमा लाठी जुलूश प्रदर्शन १२. २०७४ बैशाख २६ गते – जिल्लाहरुमा मशाल जुलूश प्रदर्शन १३. २०७४ बैशाख २७ गते देखि आमहड्ताल एवं अनिश्चितकालीन नेपाल बन्द १४. केन्द्रद्वारा तोकिएको कार्यक्रमका अतिरिक्त जिल्ला स्तरीय संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा/संघीय गठबन्धनले मतदात केन्द्र स्तरीय संघर्ष समिति गठन गरी संघर्षका कार्यक्रमहरुका साथै स्थानीय स्तरका आन्दोलन सम्बन्धी आ–आफ्ना अन्य कार्यक्रमहरु तय गरी परिचालन गर्ने/गराउने । डा. ओम गुरुङ प्रवक्ता २०७४ बैशाख ०३
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies