Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

‘रक्सी' नखाने प्रचण्ड र थापाको प्रतिवद्धता

\"\"काठमाडौं, २ वैशाख ।जीवननै पहिलो भन्दै स्वास्थ बन्ने प्रतिवद्धता सहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र स्वास्थ्यमन्त्री गगन थापाले रक्सी नखाने प्रतिवद्धता जनाएको छ । नयाँ बर्षको अवशरमा स्वाथ्य मन्त्रालयले आयोजना गरेको पदयात्रा कार्यक्रममा सहभागी भई प्रधानमन्त्री प्रचण्ड र स्वास्थ्य मन्त्री थापाले यस्तो प्रतिवद्धता जनाएका हुन् । अाजको अन्नपूर्ण पोस्टमा खबर छ– सरुवा भन्दा पनि नसर्ने रोगीको संख्या बढेको भन्दै रोगीको संख्या घटाउन र जनचेतना जगाउन मन्त्रालयले कार्यक्रमको आयोजना गरेको थियो । पदयात्रा कार्यक्रममा प्रधानमन्त्रीका साथै उर्जामन्त्री जनार्दन शर्मा, स्वास्थ्य मन्त्री गगन थापा, नायिका मनिषा कोइराला, स्वास्थ्य सचिव सेनेन्द्रराज उप्रेती लगायतको सहभागिता रहेको थियो । कार्यक्रमका अवशरमा मन्त्रालयले स्वास्थ्य सम्बन्धी सचेतना बढाउन ‘मेरो वर्ष\' नामक एप्स सार्वजनिक गरेको छ । सरुवा भन्दा पनि नसर्ने रोगीको संख्या बढेको भन्दै रोगीको संख्या घटाउन राज्यले हैन जनताले प्रतिवद्धतामा सहभागि बन्नु पर्ने आवस्यकता भएको स्वास्थ्य मन्त्रालयका सचिव सेनेन्द्रराज उप्रेतीले बताए । कार्यक्रममा सहभागि अभिनेतृ मनिषा कोइरालाले आफुले क्यान्सरविरुद्ध संघर्ष गरेकाले स्वास्थ्यप्रति सचेत रहन आग्रह गरिन् । स्वास्थ्यका लागि घरमै गरिने सानो प्रयासले पनि ठूलो परिवर्तन ल्याउन सकिने बताइन् । रक्सीले शरीरका भित्री अंग खराव गरी चाँडै रोगी बनाउछ तर पनि रक्सी खानेको संख्या नघटेकाले यो प्रतिवद्धतामा आफु सहभागि भएको कोइरालाले बताइन् । खुसी हुदाँ, दुख लाग्दा, र फुर्सदको समयमा अरु भन्दा पनि रक्सी खानेको संख्या बढ्दो अवस्था भएको तथ्याङक छ । रक्सी कम्पनीको आकर्षक बिज्ञापन र जनचेतना अभावले वालवालिका देखि बृद्धबृद्धासम्म रक्सी पिउने दिनानु दिन बढ्दो अवस्थामा रहेको स्वास्थ्य संस्थाको तथ्याङक छ। स्वास्थ्य मन्त्री गगन थापाले ‘मेरो वर्ष-म स्वस्थ्य, मेरो देश स्वस्थ्य\' भन्ने नारा अघि सारेर पाँच प्रतिवद्धता सार्वजनिक गरेका छन् । कार्यक्रममा मन्त्री थापाले रक्सी नखाने लगायतका पाँच प्रतिवद्धता अवलम्बवन गर्न सके मात्रै पनि राज्यले स्वास्थ्य उपचारको अरवौ खर्च बचाउन सकिने बताए । उपचारकै कारण आफ्नो खल्तीबाट धेरै पैसा खर्चने देशमा हाम्रो देश अगाडि भएको बताए । आफ्नो स्वास्थ्यलाई सधै तन्दुरुस्त राखी सुखी जीवन विताउन यो प्रतिवद्धतामा सहभागि हुन समेत सबैलाई मन्त्रीले आग्रह गरे । स्वास्थ्य रहन पाँच प्रतिवद्धताः १. म रक्सी, चरोट र सूर्तिजन्य पदार्थ खान्न २. म नियमित व्यायाम गर्छु ३. म स्वस्थ्य र पोषिलो खाना खान्छु ४. म नियमित स्वास्थ्य परीक्षण गराउँछु ५. म मेरो परिवार र समुदायको स्वास्थ्यप्रति सजग छु ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending