Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

मोर्चालाई निर्णय पुनर्विचार गर्न सत्तारुढ दलको आग्रह

\"\"काठमाडौं, २ वैशाख । सत्तारूढ दलले संविधान संशोधन विधेयकविरुद्ध आन्दोलन गर्ने निर्णयमा पुनर्विचार गर्न मधेसी मोर्चालाई आग्रह गरेका छन् । शुक्रबार प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको नेपाली कांग्रेस, माओवादी केन्द्र र राप्रपाको बैठकले यस्तो आग्रह गरेको हो । अाजको कान्तिपुरमा खबर छ– मोर्चालाई सहमतिमा ल्याउन उसैको परामर्शमा संसदमा रहेको विधेयक फिर्ता गरी नयाँ विधेयक ल्याए पनि त्यसलाई स्वीकार नगरेर मोर्चाले धोका दिएको सत्ता घटकको विश्लेषण छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैठकमा मोर्चा किन सत्ता घटकसँग दूरी बढाउने मनस्थितिमा पुग्यो भनी आफूले बुझ्न नसकेको बताएका थिए । ‘मोर्चाको माग सम्बोधन गर्न हामीले उनीहरूकै सहमतिमा संशोधन प्रस्ताव दर्ता गरायौं तर त्यसलाई अस्वीकार गरी गम्भीर भूल गरेका छन् भन्ने बैठकको निष्कर्ष रह्यो,’ बैठकपछि काठमाडौंको एक कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री तथा राप्रपा अध्यक्ष कमल थापाले भने, ‘अझै पनि मोर्चाले आफ्नो निर्णय पुनर्विचार गर्नुपर्छ, त्यसका लागि हामी अन्तिम समयसम्म पहल गर्छौं ।’ तीनै सत्ता घटक दलले कुनै पनि बहानामा स्थानीय चुनाव सार्न नसकिने पनि दोहोर्‍याएका छन् । बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र राप्रपा अध्यक्ष थापा सहभागी थिए । शुक्रबारै बसेको सत्तारूढ माओवादी केन्द्र बैठकले मोर्चालाई सहमतिबाटै संविधान संशोधन र तीनै तहको चुनावमा सहभागी हुन आग्रह गरेको छ । बालुवाटारमा बसेको उक्त बैठकले मोर्चासँग वार्ता जारी राख्न सरकारलाई सुझाएको छ । प्रधानमन्त्री प्रचण्डले मोर्चा नेतालाई टेलिफोन गर्दै सहमतिमा आउन जोड गरिरहेको प्रधानमन्त्रीको सचिवालयले बताएको छ । माओवादी हेडक्वार्टर बैठकले पार्टीको चुनावी नारा ‘माओवादी केन्द्रको उपहार, गाउँ–नगरमा सिंहदरबार’ तय गरेको छ । यस्तै, वैशाख ९ गते १ बजे देशका ७ सय ४४ वटै महानगरपालिका/नगरपालिका/ गाउँपालिकामा चुनावी जनसभा गर्ने पार्टी निर्णय छ । वैशाख ९ गतेसम्म चुनावी उम्मेदवार टुंगो लगाइसक्ने माओवादी हेडक्वार्टर निर्णय रहेको प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दाहालको सचिवालयले जानकारी दियो । कांग्रेसले पनि संविधान संशोधन र निर्वाचनका विषयमा पार्टीका मधेसी नेताहरूसँग छलफल गर्न शनिबार भेला बोलाएको छ । पार्टीकै नेताहरूबाट मधेसको माग सम्बोधन नगरी अघि बढ्न नसकिने जोड दिएपछि कांग्रेसले उनीहरूको सुझाव लिन भेला बोलाएको हो ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending