Khabar Dabali २४ माघ २०८२ शुक्रबार | 6th February, 2026 Fri
Investment bank

आन्तरिक विवाद सुल्टाउन एमालेलाई चुनौती

\"\"काठमाडौं, २ वैशाख । अरू दललाई स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोट गर्ने चटारो छ तर एमालेलाई भने काठमाडौँ जिल्लाको पार्टीको आन्तरिक विवाद सल्टाउने चुनौती छ । पार्टीको विवाद टुङ्गो नलाग्दासम्म उम्मेदवारको टुङ्गो लाग्न नसक्ने नेताको बुझाइ छ । अाजको गोरखापत्र दैनिकमा खबर छ– एमाले काठमाडौँमा करिब सात वर्षदेखि जिल्ला अधिवेशन हुन सकेको छैन । काम चलाउ कार्य समिति गठन गरेर पार्टीको आन्तरिक काम भइरहेको छ । स्थानीय तहको निर्वाचनका लागि महानगरपालिकाको प्रमुख, उपप्रमुखसहित अन्य उम्मेदवारको टुङ्गो लगाउने बेलामा पार्टी आन्तरिक झमेलामा फसेपछि उम्मेदवार टुङ्गो लगाउने विषय पनि ओझेलमा परेको पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले बताइन्। यो झमेला कायमै रहे अब आउने निर्वाचनमा त्यसको नकारात्मक असर पर्छ उनले भनिन् । चैत २८ गते बसेको एमाले स्थायी कमिटी बैठकले काठमाडौँको आन्तरिक समस्या समाधानका लागि उपाध्यक्ष वामदेव गौतमको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो । समितिमा वरिष्ठ नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र महासचिव ईश्वर पोखरेल सदस्य छन् । समितिले आन्तरिक विवाद सल्टाउने गरी छलफल सुरू गरे पनि अहिलेसम्म टुङ्गो नलागेको उपाध्यक्ष शाक्यले जानकारी दिइन् । प्रमुख दुई गुटको आन्तरिक समस्याले काठमाडौँमा विवाद बढेको हो, नेताहरूको सीधै हस्तक्षेप रहँदासम्म यो समस्या समाधान हुन गाह्रो छ, उनले भनिन् । गुटगत राजनीति त्याग्ने नीति पार्टीले लिए पनि व्यवहारमा कार्यान्वयन हुन नसकेको उनले बताइन् । एमालेमा गुटगत समस्या देशैभर भए पनि काठमाडौँमा सबैभन्दा बढी रहेको बताउँदै उपाध्यक्ष शाक्यले भनिन्, ‘शीर्ष नेताहरूको प्रत्यक्ष अप्रत्यक्ष छायाँमा समस्या समाधान गर्न कठिन भइहेको छ, यस्तै भइरहेमा अबको निर्वाचनमा यसको सीधै असर पर्छ ।’ अरू दललाई चुनावको चटारो छ, एमालेलाई आन्तरिक समस्या समाधानकै चटारो छ भन्दै उपाध्यक्ष शाक्यले समस्या सल्टाएर मात्र निर्वाचनमा जाने बताइन् । जिल्लाको अधिवेशन हुन नसकेपछि कृष्णकुमार राईको संयोजकत्वमा काठमाडौँ जिल्ला कमिटी गठन गरेर काम चलाउने काम एमालेले गरेको छ । वसन्त मानन्धर सहसंयोजक, विद्यासुन्दर शाक्य सचिव रहेको कमिटी रहे पनि कमिटीले नेताको हस्तक्षेपका कारण जिम्मेवारी वहन गर्न सकिरहेको छैन । समस्या समाधान गर्नेगरी उपाध्यक्ष गौतमकको संयोजकत्वमा गठित समितिले अध्यक्ष केपी शर्मा ओली पक्षका नेता र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेतासँग छुट्टाछुट्टै वार्ता र छलफल गरिररहेको छ । २०६५ पुस २५ र २६ गते भएको जिल्ला अधिवेशनले निर्मल कुइँकेललाई अध्यक्षमा निर्वाचित गरेको थियो । तर अध्यक्ष कुइँकेल पशुपति विकास कोषको रकममा भ्रष्टाचार गरेको मुद्दामा मुछिएपछि २०७० मा पदबाट राजीनामा दिएका थिए । त्यसपछि उपाध्यक्ष रहनुभएका कृष्ण राईलाई कार्यवाहक अध्यक्ष बनाएर काठमाडौँ कमिटीको कामकाज हुँदै आएको थियो । विधानअनुसार प्रत्येक तीन वर्षमा जिल्लाको अधिवेशन गर्ने व्यवस्था भए पनि लामो समय वितिसक्दासमेत एमाले काठमाडौँको अधिवेशन हुन सकेको छैन । स्थानीय तहको निर्वाचन अघि जिल्ला अधिवेशन गर्ने वातावरण नभए पनि समस्या सल्टाएर जाने कसरतमा एमालेका शीर्ष नेता लागेका छन् । केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठकाअनुसार काठमाडौँ जिल्लामा दुई पक्षीय गुटको समस्या रहे पनि प्रमुख नेताकै पहलमा समस्या समाधान हुने विश्वास व्यक्त गरे । शीर्ष नेताकै कारण समस्या बल्झेको हो, समाधान पनि उहाँहरू मिलेर गर्नु हुन्छ, नेता श्रेष्ठले भने ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE