Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

मोर्चा फकाउँदै प्रधानमन्त्री

\"\"काठमाडौं, १ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन बहिष्कारको औपचारिक घोषणा गरेका मधेसी मोर्चाका नेताहरूलाई पुनः फकाउने प्रयास थालेका छन् । उनले बुधबार संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र बिहीबार सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई टेलिफोन संवाद गरी सहमतिमा आइदिन आग्रह गरे । सरकारले आफूहरूसँग गरेको सहमतिभन्दा विपरीत रहेर नयाँ संशोधन प्रस्ताव दर्ता गराएको भन्दै मोर्चाले निर्वाचन बहिष्कार गर्ने घोषणा गरेपछि प्रधानमन्त्रीले वार्ता र संवादमा बसी समस्याको समाधान खोज्न नेताहरूलाई आग्रह गरेका हुन् । अाजको नयाँ पत्रिकामा खबर छ– संविधान संशोधनको नयाँ प्रस्ताव अगाडि बढाउँदा मोर्चा सहमतिमा आउने अपेक्षामा प्रधानमन्त्री थिए । तर, मोर्चा नेताहरूले प्रधानमन्त्रीको अपेक्षाभन्दा विपरीत चुनावमा सहभागी नहुने र बहिष्कार गर्ने निर्णय गरेपछि उनले मोर्चा नेताहरूसँग पुनः छलफलको पहल सुरु गरेका हुन् । त्यही क्रममा उनले यादव, महतोलगायतका मोर्चा नेताहरूसँग संवाद अगाडि बढाउन थालेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । ‘तपाईंहरूसँगको सल्लाहकै आधारमा नयाँ संशोधन प्रस्ताव संसद्मा दर्ता गराएका हौँ, अहिले प्राप्त भएका उपलब्धि तपार्इं हाम्रा साझा हुन्,’ प्रधानमन्त्रीले मोर्चा नेताहरूसँग गरेको टेलिफोन संवादमा व्यक्त भनाइ उद्धृत गर्दै आचार्यले भने, ‘तपार्इंहरू आन्दोलनमा जाने, चुनावमा भाग नलिने भन्ने सुनेँ, त्यसो नगर्नुहोस्, नमिलेका विषय छन् भने अझै छलफल गरेर समस्याको समाधान खोजौँ ।’ तर, मोर्चा नेताहरूले भने प्रधानमन्त्रीको त्यस्तो आग्रहमा पुरानै अडान दोहोर्याएका थिए । ‘सरकारले अहिले ल्याएको संशोधन प्रस्ताव हाम्रा लागि ल्याइएन, त्यसले समस्या समाधान गर्दैन,’ सद्भावना पार्टी अध्यक्ष महतोले नयाँ पत्रिकासँग भने । उनले प्रधानमन्त्रीलाई अहिले दर्ता भएको संशोधन प्रस्ताव आफूहरूसँगको सहमतिभन्दा फरक आएको भन्दै आपत्ति जनाएको बताए । ‘यो संशोधन हाम्रा लागि ल्याइएको होइन, हामीसँग सल्लाह गरेर ल्याइएको पनि होइन । अहिलेको चुनावले समस्या समाधान पनि गर्दैन । पहिला समस्या समाधान गर्नुहोस् अनि चुनाव गरौँला,’ प्रधानमन्त्रीसँगको संवाद सुनाउँदै महतोले भने । सत्ता गठबन्धन दल र मधेसी मोर्चाका नेताहरू सम्मिलित अनौपचारिक कार्यदलमा भएको सैद्धान्तिक सहमतिका आधारमा सरकारले नयाँ संशोधन प्रस्ताव दर्ता गरेको सरकारको भनाइ छ । तर, मोर्चा नेताहरूले त्यसमा भएको सहमति सरकारले उल्लंघन गरेको आरोप लगाएका छन् । संशोधन प्रस्तावमा सहमति जुटाउन सत्ता गठबन्धन र मोर्चा नेताहरूले कांग्रेस नेता कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रका कृष्णबहादुर महरा, राप्रपाका दीपक बोहरा र मोर्चातर्फबाट सद्भावना नेता लक्ष्मणलाल कर्ण, संघीय समाजवादीका नेता राजेन्द्र श्रेष्ठ र पेशल ढकाल रहेको कार्यदल गठन गरेको थियो । त्यही कार्यदल तहमा जुटेको सहमतिका आधारमा संसद्मा रहेको संशोधन प्रस्ताव फिर्ता लिई नयाँ संशोधन प्रस्ताव दर्ता गराएको सरकारको भनाइ छ । माओवादी केन्द्रको हेडक्वार्टर बैठकमा प्रधानमन्त्रीले भने–मोर्चासँगको सहमतिमै संशोधन प्रस्ताव मधेसी मोर्चासँगको सहमतिकै आधारमा सरकारले सुरुमा संसद्मा चारबुँदे संशोधन प्रस्ताव दर्ता गरायो । त्यसमा मोर्चा नेताहरूले परिमार्जन गर्नुपर्ने माग गरे । त्यसलाई सम्बोधन गर्ने गरी पुरानो फिर्ता लिने, नयाँ पाँचबुँदे संशोधन प्रस्ताव दर्ता गर्ने, अधिकारसम्पन्न सीमांकन आयोग गठन गर्ने, स्थानीय तहको संख्या थप गर्न मन्त्रिमण्डलको तीनसदस्यीय समिति गठन गर्ने गरी मोर्चाका नेताहरूसँग सैद्धान्तिक र राजनीतिक रूपमा सहमति गरेरै संसद्मा नयाँ प्रस्ताव दर्ता गरिएको हो । तर, मोर्चाले फेरि त्यसलाई पनि नमान्ने र चुनावमा भाग नलिने भनी गरेको निर्णयले हामीलाई आश्चर्यचकित बनाएको छ । यो अप्रत्याशित छ । तैपनि, अझै संवाद र छलफलबाटै समस्याको समाधान गरेर जानुपर्छ भन्नेमा सरकार छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending