Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

नेपाल-चीन सैन्य अभ्यास आइतबारदेखि

\"\"काठमाडौं, १ वैशाख । अमेरिकालगायत पश्चिमी राष्ट्रहरू र भारतको समेत परोक्ष असहमतिबीच आतंकवादको सम्भावित सुरक्षा चुनौती मद्देनजर गर्दै नेपाली र चिनियाँ सेनाको विशेष संयुक्त सैन्य अभ्यास वैशाख ३ मा काठमाडौंमा सुरु हुने भएको छ । छिमेकी राष्ट्र भारत र अमेरिकाले चीनसँगको संयुक्त सैन्य अभ्यासबारे विभिन्न आशंका गरिरहेका बेला नेपाली सेनाले बिहीबार विज्ञप्ति जारी गरी चिनियाँ जनमुक्ति सेनासँगको संयुक्त सैन्य अभ्यास ‘नेपालको परराष्ट्र र सुरक्षा नीति’मा आधारित रहेको स्पष्ट पारेको छ । अाजको अन्नपूर्ण पोस्टमा खबर छ– चीनको जनमुक्ति सेनासँग पहिलोपटक हुन लागेको सैन्य अभ्यास वैशाख १२ सम्म हुनेछ । नेपाल र चीनबीचको विशेष फौज संयुक्त सैन्य अभ्यासलाई ‘एक्सरसाइज सगरमाथा फ्रेन्डसिप’ नाम दिइएको छ । जंगी अड्डाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘संयुक्त अभ्यासले आतंकवादविरुद्ध लड्ने क्षमता अभिवृद्धि गर्नुका साथै सैनिक ज्ञान र पेशागत क्षमता आदानप्रदान गर्दै सैनिक तथा कूटनीतिक सम्बन्ध थप सुदृढ बनाउन सहयोग पुग्नेछ ।’ सेनाले सैन्य अभ्यास कुन तालिम केन्द्र वा वाहिनीमा हुनेबारे विवरण दिएको छैन । सेनाले अभ्यासमा सहभागी हुने दुवै राष्ट्रका सैनिकको संख्याबारे पनि उल्लेख गरेको छैन । जंगी अड्डाले अभ्यासमा सहभागी हुने सैनिकको संख्या नखुलाए पनि चिनियाँ जनमुक्ति सेनाबाट २० जनाभन्दा थोरै सहभागी हुने स्रोतले बताएको छ । सैनिक प्रवक्ता झंकरबहादुर कडायतले अभ्यासको तयारी पूरा भएको बताउनुभयो । अभ्यास विशेष वाहिनी महाराजगन्जमा गर्ने तयारी भइरहेको स्रोतले बताएको छ । चीनको रक्षा मन्त्रालयले गत पुस १४ मा पत्रकार सम्मेलन गरी नेपाल-चीन संयुक्त सैन्य अभ्यास हुने जानकारी दिएको थियो । चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता याङ युजुनले चिनियाँ जनमुक्ति सेना र नेपाली सेनाबीच पहिलोपटक सैन्य अभ्यासको तयारी भइरहेको बताएका थिए । मार्चभित्रै सैन्य अभ्यास गर्न दुवै देशले तयारी गरेका भए पनि नेपाली सेना शान्ति प्रयासलगायत अन्य कार्यक्रममा व्यस्त हुनुका साथै चीन-नेपाल संयुक्त अभ्यासबारे बाह्य शक्तिहरूले अनावश्यक टीकाटिप्पणी गरेपछि चीन सशंकित भएकाले अभ्यास अप्रिलमा सरेको स्रोतले बताएको छ । नेपाली सेनाले चीनसँगको सैन्य अभ्यास सामान्य भएको बताउँदै आएको छ । नेपालस्थित चिनियाँ दूतावासले नेपाल र चिनियाँ सेनाबीच हुन लागेको सैन्य अभ्यासबारे असम्बन्धित मुलुकहरूले अनावश्यक चासो र टिप्पणी गरेको भन्दै असन्तुष्टि जनाउँदै आएको छ । नेपालले अमेरिका र भारतसँग बेग्लाबेग्लै सैन्य अभ्यास गर्दै आएको छ । पछिल्लोपटक पाकिस्तान र बंगलादेशसँग तय भएको सैन्य अभ्यास स्थगित भएको थियो । पाकिस्तानसँग हुने भनिएको सैन्य अभ्यास प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको दबाबमा नेपाली सेनाले स्थगित गरेको थियो । बिनाकारण सैन्य अभ्यास स्थगित हुँदा पाकिस्तान असन्तुष्ट बनेको स्रोतले बताएको छ । नेपाली सेनाले द्विपक्षीय सैनिक तालिम तथा अभ्यासबाट सैनिक ज्ञान तथा पेशागत क्षमता अभिवृद्धि हुनुका साथै सैन्य तथा कूटनीतिक सम्बन्ध सुदृढ पार्न सहयोग पुग्ने बताएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending