Khabar Dabali २४ माघ २०८२ शुक्रबार | 6th February, 2026 Fri
Investment bank

भारतबाट नआएपछि चीनबाट आज आउँदैछन् यी निर्वाचन सामग्री

\"\"काठमाडौं, ३० चैत । चीन सरकारले स्थानीय निर्वाचनका लागि सहयोगस्वरूप दिन लागेका सामग्री बुधबार आउँदै छन् । पहिलो लटका बुधबार र दोस्रो लटका निर्वाचन सामग्री बिहीबार आउन लागेका हुन् । आजको नयाँ पत्रिकामा खबर छ -निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले दिएको जानकारीअनुसार चीनबाट जेलपेन, स्केल, सिजर, क्यालकुटेलरलगायत ११ प्रकारका निर्वाचन सामग्री आउन लागेका हुन् । ‘चीनबाट ३० चैतमा पहिलो लट र ३१ चैतमा दोस्रो लटमा आउने जानकारी आएको छ,’ शर्माले भने । ‘भारतबाट जानकारी आएन’ निर्वाचन आयोगले स्थानीय निर्वाचनको प्रयोजनार्थ केही सवारीसाधनसहित सामग्री उपलब्ध गराउन भारतलाई आग्रह गरेको थियो । आयोगले चीन र भारतसँग त्यस्तो आग्रह गरेको थियो । चीनले चैत मसान्तसम्म माग भएका सामग्री उपलब्ध गराउने जानकारी गराइसके पनि भारतले भने दिने वा नदिने केही जानकारी दिएको छैन । भारतसँग आयोगले डबल क्याब पिकअप गाडी ४५ वटा, स्कार्पियो सात, सेडन कार चार, मोटरसाइकल ३०, स्कुटर सात र मिनीबस एउटा उपलब्ध गराइदिन भनेको थियो । साथै, निर्वाचनका लागि नङमा लगाउने नसुक्ने मसी, मतदान केन्द्रमा प्रयोग गरिने छेकबार पनि उपलब्ध गराइदिन आग्रह गरेको थियो । दुवै देशले निर्वाचन सामग्री निःशुल्क दिने भने होइनन् । नेपाल सरकारलाई सम्बन्धित देशको सरकारले गर्ने सहयोग रकमबाटै कटौती हुने गरी ती सामग्री दिने बताइएको छ । ७५ जिल्लामा मतदान केन्द्र तय सप्तरी, सिरहा र महोत्तरी जिल्लाले मंगलबार मतदानस्थल र मतदान केन्द्र प्रतिवेदन निर्वाचन आयोगमा पठाएका छन् । तीन जिल्लाबाट प्रतिवेदन प्राप्त गरेसँगै ७५ जिल्लाकै जिल्ला निर्वाचन कार्यालयबाट मतदानस्थल र मतदान केन्द्रको पुनरावलोकन सिफारिस भएको हो । तर, आयोगले मतदानस्थल र मतदान केन्द्रको अन्तिम टुंगो भने लगाएको छैन । आयोगका प्रमुख आयुक्तसहित आयुक्तहरू निर्वाचन अधिकृतलाई तालिम दिन काठमाडौंबाहिर भएकाले आयोगको बैठक बसेको छैन । ७५ जिल्लामा १० हजार तीन मतदानस्थल र २१ हजार मतदान केन्द्र हुने अनुमान गरिएको छ । ५६ जिल्लाका मतपत्र छापिए आयोगले अहिलेसम्म ५६ वटा जिल्लाका मतपत्र छापिसकेको छ । आयोगले दिएको जानकारीअनुसार धेरै दल दर्ता भएका र जनसंख्या धेरै भएका जिल्लाको मतपत्र छाप्न बाँकी छ । साथै, ढुवानीका लागि टाढा भएका जिल्लालाई पहिलो प्राथमिकतामा राखेर छपाइ कार्य भइरहेको आयोग प्रवक्ता शर्माले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE