मुस्ताङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै हिमाली जिल्ला मुस्ताङमा नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालको निर्वाचन सुरक्षा बेस स्थापना गरिएको छ । निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र, भयरहित शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न यहाँका तीन क्षेत्रमा निर्वाचन सुरक्षा बेस स्थापना गरिएको हो ।
बिहीबार यहाँ आयोजित जिल्ला सुरक्षा समितिसहितको सर्वदलिय बैठकमा निर्वाचन सुरक्षा व्यवस्थापनसम्बन्धी जानकारी दिइएको हो । माथिल्लो मुस्ताङको थुर्लुङ फाँटमा नेपाली सेना र चराङमा सशस्त्र प्रहरी बल नेपालको निर्वाचन सुरक्षा बेस स्थापना भइसकेको प्रमुख जिल्ला अधिकारी अजिता शर्माले जानकारी दिए।
यसैगरी जोमसोमस्थित इन्द्रबक्स गणमा नेपाली सेनाको निर्वाचन सुरक्षा बेस स्थापना भएको उनले उल्लेख गरे। उनका अनुसार निर्वाचन सुरक्षाका लागि आवश्यकता परेमा म्याग्दी र मुस्ताङको सिमाना घाँसामा पनि थप निर्वाचन सुरक्षा बेस स्थापना गर्ने तयारी भइरहेको छ ।
माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१, चराङस्थित गाउँपालिकाको एक भवनमा सशस्त्र प्रहरी बल नेपालको बिहीबार निर्वाचन सुरक्षा बेस स्थापना भएको सशस्त्र प्रहरीले जनाएको छ । त्यहाँ केन्द्रबाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमान्डमा २४ सशस्त्र प्रहरीका निर्वाचन सुरक्षा टोली परिचालित भइसकेको सशस्त्र प्रहरी बल नेपाल ३३ नं गुल्मले जनाएको छ ।
पैँतिस जनाको निर्वाचन सुरक्षा बेस स्थापना गर्नेगरी चराङमा सशस्त्र प्रहरी टोली खटाइएको हो । त्यसमध्ये २३ सशस्त्र प्रहरी बल नेपाल ३३ नं गुल्मको सुरक्षा टोली पठाइएको हो भने बाँकी थप ११ जना निर्वाचन प्रहरीको तालिम प्रशिक्षण सकेपछि खटाइने जनाइएको छ । त्यहाँको निर्वाचन सुरक्षा बेसका लागि सशस्त्र प्रहरी नायब उपरीक्षक ऋषिकेश राउतले नेतृत्व गरेको छन् ।
यसैगरी यहाँस्थित निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै जिल्लामा क्विक रेस्पोन्स टिम (क्युआरटी) समेत गठन भइसकेको जनाइएको छ । सरकारले घोषित निर्वाचनलाई सफल पार्न सेना परिचालन गर्ने निर्णय गरेसँगै मुस्ताङका विभिन्न स्थानमा नेपाली सेनाले दैनिक गस्ती गर्ने कार्य सुरु गरिसकेको छ । यसैगरी माथिल्लो मुस्ताङमा सशस्त्र प्रहरी बल नेपाल (बिओपी) र चराङस्थित सशस्त्र प्रहरीको निर्वाचन सुरक्षा बेसले गाउँ गाउँमा निर्वाचन सुरक्षा गस्ती गर्न सुरु गरिसकेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १५ गते, २०८३ - १८:०६
काठमाडौं। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गृहमन्त्री सुधन गुरुङ र गृहसचिव राजकुमार श्रेष्ठको सरकारी सवारीमा जडान गरिएको कालो सिसा हटाएको छ।...
आषाढ़ १५ गते, २०८३ - १८:००
काठमाडौं। सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलको तीन दिन म्याद थप ...
आषाढ़ १५ गते, २०८३ - १७:४२
काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्ना आंगिक क्याम्पसहरूलाई दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएको छ। त्रिविको विद्यार्थी क...
आषाढ़ १५ गते, २०८३ - १७:३२
काठमाडौँ। राष्ट्रिय सभाको बैठकले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ । अर...
आषाढ़ १५ गते, २०८३ - १७:१८
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले अवलम्बन गरेका नयाँ कर नीति र बजेटका प्रावधानहरू मुलुकको दीर्घकालीन आर्थिक हित र अर्थतन्त्रको औपचार...
आषाढ़ १५ गते, २०८३ - १६:५२
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका नेता डा.भीम रावलले सरकारको पहिलो कर्तव्य राष्ट्रिय सीमाको रक्षा र जनताको सुरक्षा रहेको बताएको छन् । सोमबार काठ...
आषाढ़ १५ गते, २०८३ - १६:३५
काठमाडौं। कीर्तिपुरस्थित होल्डिङ सेन्टरबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३९ वर्षीय डम्बरबहादुर तामाङ रहेको जिल्ला प्रहरी परिसर ...
आषाढ़ १५ गते, २०८३ - १६:०३
काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपालको हवाई उद्योगको क्षेत्रमा सरकारले तत्काल ठूलो लगानी गर्न सक्ने अवस्था नरहेको ...
आषाढ़ १५ गते, २०८३ - १५:५६
काठमाडौँ। प्रतिनिधिसभाअन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीले किसानका समस्या समाधानलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर...
आषाढ़ १५ गते, २०८३ - १५:४४
काठमाडौँ। महालेखा महालेखा परीक्षक तोयम रायाले लेखापरीक्षणको गुणस्तर सुधार गर्न वित्तीय तथा सङ्गठनात्मक स्वायत्तता अपरिहार्य रहेको बताएको छन्। सोमब...



प्रतिकृया लेख्नुहोस्: