Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

यस वर्ष मूल्यवृद्धि ३ प्रतिशतभन्दा तल

\"\"काठमाडौं, २८ चैत ।करिब १२ वर्षपछि नेपालको मुद्रास्फीति (औसत मूल्यवृद्धि)को दर ३ प्रतिशतभन्दा तल झरेको छ । गत फागुनमा उपभोक्ता मुद्रास्फीति २ दशमलव ९ प्रतिशतमा ओर्लिएको राष्ट्र बैंकले बताएको छ । यो आर्थिक वर्षको अन्त्यमा मुद्रास्फीति दर साढे ७ प्रतिशतमा राख्ने लक्ष्य राष्ट्र बैंकले गरेको थियो । तर, केन्द्रीय बैंकको लक्ष्यभन्दा निकै तल्लो तहमा मूल्यवृद्धिको दर कायम रहन सक्ने संकेत देखिएको छ । अाजको नयाँ पत्रिकामा खबर छ– राष्ट्र बैंकका अनुसार दाल, गेडागुडी, घिउ, तेल, तरकारीलगायत अधिकांश खाद्यान्नको भाउ पोहोरभन्दा सस्तिएको छ । गत वर्ष भूकम्प र नाकाबन्दीका कारण बजारमा वस्तु अभाव भएको र ठूलो मात्रामा विदेशी सहायता परिचालन भएकाले मूल्यवृद्धिमा बढी चाप परेको थियो । हरेक घरमा राहत वितरण गर्नुपर्ने भएपछि राष्ट्र बैंकले अघिल्ला वर्षहरूको तुलनामा निकै बढी बैंक नोट बजारमा प्रवाह गर्नुपरेको थियो । तर, अहिले त्यस्तो नोटमा हुने कारोबार पोहोरको तुलनामा घटेको केन्द्रीय बैंकले बताएको छ । विकास बजेट पर्याप्त मात्रामा खर्च हुन सकेको छैन । कर्मचारीको बढेको तलब सेयर बजार र घरजग्गा कारोबारजस्ता सट्टेबजारमा प्रवाह हुँदा उपभोगमा ठूलो प्रभाव राख्न नसकेको विज्ञहरूले बताएका छन् । चुलिएको आयातले उपभोग खर्च बढेको आँकडा प्रस्तुत गरे पनि भुक्तानी प्रणालीलाई औपचारिक बैंकिङ प्रणालीको प्रयोग बढाउन सकिएकाले मूल्य वृद्धिमा त्यसले पनि ठूलो भूमिका खेल्न नसकेको हो । ‘हाम्रो बजार समष्टिगत मागका आधारमा तय हुने होइन,’ राष्ट्र बैंकका एक अधिकारीले भने, ‘तर, यो वर्ष पोहोरजस्तो अत्यधिक माग बढेको अवस्था रहेन ।’ उपभोगमा पनि टिकाउयुक्त वस्तुमा मानिसहरूको आकर्षण बढेकाले पनि खुद्रा उपभोगको मूल्य वृद्धिमा चाप कम परेको हो । गत वर्ष उच्च दरको मूल्य वृद्धि भएकाले त्यसको तुलनामा अहिले कम देखिनु स्वाभाविक भएको विश्लेषकहरू बताउँछन् । आयात डेढ गुणा नेपालमा वस्तु तथा सेवाको आयात उच्च दरले बढेपछि चालू खाता घाटा चुलिन थालेको छ । अघिल्लो वर्षको ८ महिनामा १ खर्ब ३८ अर्ब ५५ करोडको उच्च बचतमा रहेको चालू खाता यो वर्ष ६ अर्ब ३१ करोडले घाटामा गएको छ । वस्तु आयात उच्च दरले बढेको कारण यस्तो घाटा चुलिएको केन्द्रीय बैंकले बताएको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार गत फागुन मसान्तसम्ममा वस्तु व्यापार घाटा अघिल्लो वर्षको तुलनामा ४७.६% बढेर ५ खर्ब ८० अर्ब ३४ करोड पुगेको छ । गत वर्षको तुलनामा झन्डै डेढ गुणा रकमबराबरको वस्तु आयात भएपछि नेपाली वित्तीय प्रणालीमा नै तरलता अभाव सिर्जना हुने गरी पैसा बाहिरिएको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् । गत वर्ष १३.९% घटेको वस्तु आयात यो वर्ष ४४.२% बढेको छ । पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, एमएस विलेट, अन्य मेसिनरी तथा पार्टपुर्जा, सिमेन्टलगायतका वस्तुको आयात यो वर्ष ह्वात्तै बढेको छ । रासायनिक मल, औषधि, कोल्डरोल सिट इन क्वाइल, कच्चा रेशम, तयारी पोसाकलगायतका वस्तुहरूको आयात भने यो वर्ष घटेको छ । आयातको आकार गत वर्षको तुलनामा झन्डै डेढ गुणा पुगे पनि निर्यातको वृद्धि भने साँघुरो छ । गत वर्ष २४.९% (एक चौथाइ) घटेको निर्यात यो वर्ष भने १२.८% बढेको छ । जुस, पिना, रोजिन, चाउचाउ, तारलगायतका वस्तुको निर्यात बढेको केन्द्रीय बैंकले बताएको छ । अलैँची, पोलिस्टर धागो, तयारी पोसाक, उनी गलैँचालगायतका वस्तुहरूको निर्यात भने घटेको छ । वस्तु व्यापार घाटा चुलिँदा बलियो आयस्रोतका रूपमा रहेको विप्रेषण (रेमिट्यान्स) रकम भने फराकिलो अन्तरले बढ्न सकेन । गत वर्षको तुलनमा रेमिट्यान्स आय ५.३% ले वृद्धि भएर ४ खर्ब ४९ अर्ब ९९ करोड रुपैयाँ पुग्यो । मुलुकमा पैसा भित्रिने दरभन्दा बाहिरिने दर बढेपछि भुक्तानी सन्तुलन(शोधनान्तर स्थिति)मा पनि असर गरेको छ । गत फागुन मसान्तमा ५० अर्ब ६ करोड रुपैयाँ शोधनान्तर बचतमा रहेको राष्ट्र बैंकको तथ्यांक छ । गत वर्षको यही समयमा यस्तो बचत १ खर्ब ५८ अर्ब १८ करोड रुपैयाँ बचतमा थियो ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending