Khabar Dabali २४ माघ २०८२ शुक्रबार | 6th February, 2026 Fri
Investment bank

देउवाको निर्देशनपछि तेस्रो वरीयता स्वीकार

\"\"काठमाडौं, २८ चैत । उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधि प्रधानमन्त्रीपछिको दोस्रो वरीयता आफूले पाउनुपर्ने अडानबाट पछि हटेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाको निर्देशनपछि निधि अर्का उपप्रधानमन्त्री कमल थापापछिको वरीयतामा बस्न राजी भएका हुन् । आजको राजधानी दैनिकमा खबर छ– देउवाले निर्वाचनको संघारमा विवाद गर्नु जायज नहुने र कार्यकर्ता तथा मतदातामा समेत नकारात्मक सन्देश जाने भन्दै राप्रपा अध्यक्ष कमल थापापछिको वरीयता स्वीकार गर्न निधिलाई निर्देशन दिएका थिए । सो निर्देशनपछि निधिले वरीयता विवादको विषयमा लचिलो हुने संकेत दिएका हुन् । योसँगै आज ‐सोमबार) का लागि डाकिएको मन्त्रिपरिषद् बैठक बस्ने सम्भावना बढेको छ । सभापति देउवानिकट एक केन्द्रीय सदस्यका अनुसार देउवाले निधिलाई बोलाएर सरकारमा दोस्रो वरीयतामा को रहने भन्ने विषयमा पहिले नै सहमति भइसकेको र अब त्यसमा विवाद गर्नु जायज नहुने भन्दै अडान नलिन निधिलाई आग्रह गरेका थिए । सो क्रममा देउवाले निधिलाई वरीयताको विवादमा राजीनामा नदिनसमेत आग्रह गर्दै स्थानीय तहको निर्वाचनअघि हतारमा राजीनामा गर्नुले संविधान संशोधन र चुनावी प्रक्रियामै समस्या आउन सक्ने भन्दै रोकेका हुन् । उनका अनुसार दोस्रो वरीयतामा राप्रपा अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापालाई नै राख्ने सहमतिअनुसार सरकारमा भित्र्याइएको र त्यसैका कारण पनि विवाद गर्नु उचित नहुने देउवाले बताएका थिए । त्यसक्रममा देउवाले निधिलाई वर्तमान सरकार निर्वाचन गराउनकै लागि प्रमुख दल कांग्रेससहितको समर्थनमा निर्माण भएको र निर्वाचनपछिको सहमतिलाई पनि निरन्तरता दिनुपर्ने भएकाले बखेडामा अल्झन नहुने बताएका थिए । त्यसपछि मात्र निधि दोस्रो वरीयताको अडानबाट पछि हटेका हुन् । त्यसक्रममा देउवाले निधिलाई पार्टीको उपसभापतिमा मनोनीत गर्ने आश्वासनसमेत दिएको स्रोतको दाबी छ । निधिनिकट स्रोतका अनुसार देउवाको आग्रहपछि उनी दोस्रो वरीयताको अडानबाट पछि हटेका हुन् । त्यसपछि निधिले आफूनिकटका नेताहरूसँग आफू पार्टी सभापति देउवा र प्रधानमन्त्री प्रचण्डको सुझावअनुसार अघि बढ्न तयार रहेको बताएका छन् । तर, मन्त्रिपरिषद्को बैठकमा भने निधि सम्भवतः सहभागी हुनेछैनन् । ३ चैतमा निधि भारत भ्रमणमा रहेका बेला प्रधानमन्त्री दाहालले थापालाई मन्त्रिपरिषद्को दोस्रो वरीयतामा राखेका थिए । त्यसपछि निधिले निर्णय नसच्चिए राजीनामा दिने अडान लिँदै आएका थिए । उपप्रधानमन्त्रीद्वय निधि र कमल थापाबीचको वरीयता विवादका कारण ३ चैतयता मन्त्रिपरिषद् बैठक बस्न सकेको छैन । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) नियुक्तिलगायत मन्त्रिपरिषद्ले गर्नुपर्ने निर्णय तीन सातादेखि रोकिएका छन् । फागुन अन्तिम साता सप्तरी घटनाको विरोधमा मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपछि सरकार अल्पमतमा पर्न सक्ने खतरा टार्दै राप्रपा अध्यक्ष थापालाई सरकारमा सामेल गरिएको थियो । यसक्रममा उनलाई दोस्रो वरीयता दिन प्रचण्ड र देउवा दुवै सहमत भएका थिए । तर, निधिले भने यसमा असहमति जनाउँदै सो निर्णय सच्याउन आग्रह गर्दै आएका थिए । ठूलो दलका नेताको हैसियतमा आफूलाई थापाभन्दा माथिको वरीयतामा राखिनुपर्ने उनको भनाइ रहँदै आएको थियो । यस विषयमा प्रचण्ड, देउवा र निधिबीच पटक–पटक कुराकानीसमेत भएको थियो । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित कतिपय कांग्रेस नेता तथा सांसदहरूले भने वरीयताको विषय निधिको व्यक्तिगत कुरा नभएर सिंगो पार्टीको प्रतिष्ठासँग जोडिएको भन्दै सभापतिसँग विवाद समाधानका लागि पहल गर्न आग्रह गर्दै आएका थिए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE