Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

यो वर्षको आर्थिक वृद्धिदर ७ प्रतिशत

\"\"काठमाडौं, २० चैत । नेपालको अर्थतन्त्रको आकार यो वर्ष सात प्रतिशतले बढ्ने देखिएको छ । गत आर्थिक वर्ष भूकम्प र नाकाबन्दीका कारण मुलुकको आर्थिक वृद्धि ०.८ प्रतिशतमा सीमित भएको थियो । सरकारले बजेटमार्फत चालू आवमा ६.५ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य लिएकोमा त्यसभन्दा बढी आर्थिक वृद्धि हुने प्रक्षेपण नेपाल राष्ट्र बैंकले गरेको हो । ‘यसबीचमा अर्थतन्त्रका आधारभूत परिसूचकको वृद्धिदर सकारात्मक रहेकाले वृद्धिदर सात प्रतिशतको हाराहारीमा पुग्ने अनुमान छ,’ राष्ट्र बैंकले अर्थ मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा उल्लेख छ । आजको नयाँ पत्रिकामा खबर छ– प्रतिवेदनअनुसार चालू आवमा कृषि क्षेत्रमा ६.४ प्रतिशत, उद्योग क्षेत्रमा ९.१ प्रतिशत र सेवा क्षेत्रमा ५.४ प्रतिशतको वृद्धि हासिल हुने उल्लेख छ । यो लक्ष्य हासिल हुँदा औसत आर्थिक वृद्धिदर ६.९७ प्रतिशत पुग्नेछ । गत वर्ष कृषि र सेवा क्षेत्रको वृद्धिदर सकारात्मक थियो भने उद्योग क्षेत्रको वृद्धिदर ऋणात्मक थियो । कृषि र सेवामा क्रमशः १.९ र २.७ प्रतिशतको वृद्धिदर हासिल भएको थियो भने उद्योग क्षेत्र ६.३ प्रतिशतले ऋणात्मक भएको थियो । २३ वर्षयताकै उच्च चालू आवमा सरकारको अपेक्षाअनुरुपको वृद्धिदर हासिल भए २३ वर्षयताकै उच्च वृद्धि हुनेछ । यसअघि आर्थिक वर्ष ०५०/५१ मा नेपालको आर्थिक वृद्धिदर ७.३ प्रतिशत भएको थियो । त्यसपछि चालू वर्ष मात्रै आर्थिक वृद्धिदर सात प्रतिशत पुग्ने देखिएको हो । ०४६ पछि आव ०४७/४८ र ०५६/५७ मा नेपालमा ६ प्रतिशतभन्दा धेरै आर्थिक वृद्धिदर हासिल भएको थियो । चुनावको प्रभाव के होला ? चालू आर्थिक वर्षको अन्त्यमा स्थानीय चुनाव हुँदै छ । तोकिएको समयमा चुनाव भए त्यसले अर्थतन्त्रलाई चलायमान बनाउन अझै सहयोग गर्नेछ । यसअघि पनि निर्वाचन भएका र निर्वाचनको पछिल्लो वर्षमा आर्थिक वृद्धिदरमा सुधार भएको उदाहरण छन् । ०७०, ०६४, ०५६ सालमा आमनिर्वाचन भएका वर्ष आर्थिक वृद्धिदर पाँच प्रतिशतभन्दा कम भएको छैन । ‘चुनावका कारण खर्च धेरै हुने भएकाले अर्थतन्त्र चलायमान हुन्छ,’ त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा।डा। रामप्रसाद ज्ञवाली भन्छन्, ‘चुनावपछिको वर्षमा मूल्यवृद्धि बढ्छ, त्योचाहिँ पक्का हो ।’ सरकारको योगदान भने न्यून ठूला पूर्वाधारमा सरकारी खर्चको वृद्धिदर कमजोर छ । चालू आवको पहिलो ६ महिनामा पुँजीगत खर्च ११.३ प्रतिशत भएको थियो । शुक्रबारसम्ममा त्यो बढेर २३.६५ प्रतिशत पुगेको छ । यसले आर्थिक वृद्धि उच्च हुनुमा सरकारले गर्ने खर्चको योगदान भने न्यून रहेको देखिन्छ । आर्थिक वर्ष सकिन अब साढे तीन महिना मात्रै बाँकी छ । सरकारले ८४ प्रतिशत पुँजीगत खर्च गर्ने प्रतिबद्धता जनाएकाले यो अवधिमा ठूलो मिहिनेत गर्नुपर्ने देखिन्छ । चालू वर्षमा पुनर्निर्माणलाई अभियानका रूपमा अघि बढाउने सरकारी घोषणा कार्यान्वयन भएको छैन । भूकम्पपछिको सुस्त पुनर्निर्माणलाई गति दिने हो भने यसले आर्थिक वृद्धिलाई थप मद्दत गर्नेछ । लोडसेडिङ नाटकीय रूपमा कम हुँदा औद्योगिक क्षेत्रमा फड्को तिहारपछि सर्वसाधारण उपभोक्ताले लोडसेडिङ खेप्नुपरेको छैन । उद्योगधन्दामा पनि विद्युत् आपूर्ति पहिलेजस्तो अनियमित छैन । जसको प्रभाव औद्योगिक उत्पादनमा परेको छ । ‘लोडसेडिङ कम हुँदा त्यसको सकारात्मक प्रभाव औद्योगिक क्षेत्रमा परेको छ,’ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले भने, ‘काठमाडौंमा जस्तै अन्य सहर लोडसेडिङमुक्त भइसकेका छैनन्, अब औद्योगिक क्षेत्रलाई पनि लोडसेडिङमुक्त बनाउनुपर्छ ।’ मौसमअनुकूल हुँदा धानलगायत प्रमुख खाद्य उत्पादनमा सुधार कुल गार्हस्थ उत्पादनमा करिब एकतिहाइ योगदान रहेको कृषि क्षेत्रमा यो वर्ष सकारात्मक प्रभाव परेको छ । गत जेठदेखि नै पर्याप्त वर्षा हुँदा देशभर धानको उत्पादन बढेको छ । सरकारले चालू आवमा ४९ लाख ५५ हजार मेट्रिकटन धान उत्पादनको लक्ष्य राखेकामा ५२ लाख ३० हजार मेट्रिकटन उत्पादन भएको छ । वर्षा धेरै भएकाले अन्य नगदेबालीको उत्पादन पनि बढ्ने अनुमान छ । सन् २०१५ को तुलनामा २०१६ मा पर्यटन आवागमन ४० प्रतिशतले बढेको छ । बजेटको लक्ष्य सजिलै हासिल हुँदै छ डा. शान्तराज सुवेदी सचिव अर्थ मन्त्रालय एसियाली विकास बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष पनि यो वर्षको आर्थिक वृद्धिदरप्रति आशावादी छन् । एडिबीले ६.२ र आइएमएफले ५.५ प्रतिशतको प्रक्षेपण गरेका छन् । हामी हाम्रो बजेटमा उल्लेखित लक्ष्य सजिलै हासिल हुन्छ भन्नेमा छौँ । देशको कुल गार्हस्थ उत्पादनमा एकतिहाइ हिस्सा ओगट्ने कृषि क्षेत्रको उत्पादन राम्रो भएको छ । औद्योगिक क्षेत्रमा बन्द, हडताल कम भएको छ । लोडसेडिङ नभएकाले उत्पादन बढेको छ । सेवा क्षेत्रको वृद्धिदर पनि राम्रो छ । त्यसले अर्थतन्त्रको वृद्धिदर राम्रो हुन्छ भन्नेमा हामी ढुक्क छौँ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending