Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

मोर्चासँग के–के भयो सैद्धान्तिक सहमति ?

\"\"काठमाडौं, १९ चैत । सत्तारुढ दल र मधेसी मोर्चाबीच संविधान संशोधन गरी निर्वाचनमा जाने सैद्धान्तिक सहमति जुटेको छ । सत्तारुढ दलले संविधान संशोधन गर्ने र मधेसी मोर्चाले पनि चुनावमा भाग लिने सहमति जुटेको हो । शुक्रबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको सत्तारुढ दल कांग्रेस, माओवादी, राप्रपा र मधेसी मोर्चाको बैठकले मोर्चाका मागका आधारमा सीमांकनबाहेक अन्य विषयमा संविधान संशोधन गर्ने र मोर्चाले पनि चुनावमा भाग लिने गरी सैद्धान्तिक सहमति गरेका हुन् । आजको नयाँ पत्रिकामा खबर छ– माओवादी केन्द्रका नेता वर्षमान पुनले सत्तारुढ दल र मोर्चाबीचमा सकारात्मक ढंगले ठोस सहमतिको पहल प्रधानमन्त्रीले लिने गरी छलफल भएको जानकारी दिए । ‘संविधान संशोधन गर्ने, मोर्चाले स्थानीय तहको चुनावमा भाग लिने, सीमांकन आयोग गठन गर्ने र कार्यदलले दिएको प्रतिवेदनका आधारमा अन्य दलका शीर्ष नेताहरूसँग छलफल गरी प्रधानमन्त्रीले निष्कर्ष निकाल्ने छलफल भएको छ,’ बैठकपछि माओवादी केन्द्रका नेता पुनले नयाँ पत्रिकासँग भने । प्रधानमन्त्रीलाई जिम्मा संविधान संशोधनको खाका तयार पार्न सत्तारुढ दल तथा मधेसी मोर्चाले अनौपचारिक रूपमा गठन गरेको कार्यदलले शुक्रबारको बैठकमा सहमतिको खाकासहितको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको थियो । कार्यदलले प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएपछि सोही आधारमा रहेर नेताहरूले सैद्धान्तिक सहमति गरेका हुन् । कार्यदलले दिएको प्रतिवेदनका आधारमा रहेर ठोस सहमतिका लागि अब प्रधानमन्त्रीले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओलीलगायतसँग छलफल गर्नेछन् । देउवा र ओलीसँग प्रधानमन्त्रीले शनिबार नै छलफल गरी आइतबारसम्ममा ठोस सहमति निकाल्ने तयारी छ । शुक्रबारको बैठकमा कांग्रेस सभापति देउवा सहभागी थिएनन् । विराटनगरमा आयोजित पार्टी कार्यक्रमका कारण उनी बैठकमा सहभागी नभएका हुन् । ‘कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीलगायतका नेताहरूसँग पनि वान टु वान छलफल गरेर निष्कर्षमा पुग्ने गरी प्रधानमन्त्रीलाई प्रस्ताव तयार पार्न बैठकले जिम्मा दिएको छ,’ रामसपा महासचिव केशव झाले जानकारी दिए । के–के भयो सैद्धान्तिक सहमति ? संविधान संशोधन गर्ने संविधान संशोधन प्रस्तावमा उल्लेखित सीमांकनबाहेक नागरिकता, भाषा, राष्ट्रिय सभा गठनका विषयमा संविधान संशोधन प्रस्ताव तत्कालै पारित गराउने गरी अगाडि बढाउन मोर्चासँग सत्तारुढ दलले सैद्धान्तिक सहमति जनाएका छन् । भाषा आयोगको सिफारिसमा नेपाल सरकारले सरकारी कामकाजको भाषा भनी निर्णय गरेका भाषाहरूलाई संविधानमा अनुसूची थप गरी समावेश गर्ने सहमति भएको छ । त्यसअतिरिक्त अन्य थप दुई विषयलाई पनि नयाँ संशोधन प्रस्तावका रूपमा अगाडि बढाएर पाँचवटा विषयमा संविधान संशोधन गर्ने गरी सैद्धान्तिक सहमति जुटेको माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् । ‘संविधान संशोधनका पाँचवटा विषयमा सकारात्मक छलफल भयो, अब कांग्रेस सभापतिलगायतस“ग प्रधानमन्त्रीले छलफल गरी निष्कर्षमा पुग्ने कुरा भएको छ । यसको जिम्मा प्रधानमन्त्रीले लिनुभएको छ,’ भुुसालले भनिन् । संशोधनलाई फास्ट ट्रयाकमा लैजाने बालुवाटार बैठकबाट थप दुई संशोधनका विषयलाई फास्ट ट्रयाकको माध्यमबाट अगाडि बढाउने गरी नेताहरू सैद्धान्तिक सहमतिमा पुगेका छन् । संविधानको धारा २७४ को उपधारा ४, ५, ७ र ८ मा उल्लेखित विषय र राष्ट्रिय सभामा इलेक्टोरल मतदानको अधिकार कटौतीका विषयमा सरकारले संसद्मा नयाँ संविधान संशोधन प्रस्ताव लैजानेछ । संविधानको धारा २७४ मा संघीय संसद्मा पेस भएको विधेयक कुनै प्रदेशको सिमाना परिवर्तन वा अनुसूची ६ मा उल्लिखित विषयसँग सम्बन्धित भएमा त्यस्तो विधेयक संघीय संसद्मा प्रस्तुत भएको ३० दिनभित्र सम्बन्धित सदनको सभामुख वा अध्यक्षले सहमतिका लागि प्रदेश सभामा पठाउनुपर्ने भन्ने व्यवस्थालाई संशोधन गर्ने विषय पर्छन् । त्यस्तै, राष्ट्रिय सभा निर्वाचनमा गाउँपालिका र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको मतदानको अधिकार कटौती गर्ने गरी संशोधन सरकारले लैजानेछ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE