Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

लेबी/शुल्क नबुझाउने उम्मेद्वार बन्न अयोग्य

\"\"काठमाडौं, १६ चैत । आगामी ३१ वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनमा पार्टीले तोकेको लेबी÷शुल्क नबुझाउने एमाले नेता/कार्यकर्ता उम्मेदवार बन्नबाटै वञ्चित हुने भएका छन् । अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनका लागि मातहतका कमिटीलाई विशेष निर्देशन पठाउँदै लेबी/शुल्क नबुझाउने नेता÷कार्यकर्ता स्थानीय तहको कुनै पनि पदमा उम्मेदवार बन्न नपाउने प्रस्ट पारेका हुन् । आजको राजधानी दैनिकमा खबर छ– ओलीले स्थायी कमिटी बैठकको निर्णयलगत्तै स्थानीय तहको निर्वाचनका सन्दर्भमा मातहतका कमिटीलाई सोमबार (१३ चैत) मा पाँचबुँदे विशेष निर्देशन पठाएका छन् । ओलीको सो निर्देशनमा उम्मेदवार हुने मापदण्डमै लेबी र शुल्क तिरेको हुनुपर्ने प्रस्ट किटानी गरिएको छ । ‘पार्टीलाई बुझाउनुपर्ने लेबी÷शुल्क नियमित रूपमा बुझाउँदै आएको,’ उम्मेदवार छनोट मापदण्डको तेस्रो बुँदामा भनिएको छ । एमालेले पार्टी सदस्यका लागि लेबी र सरकारी पद धारण गरेका सदस्यका लागि शुल्क तोक्ने गरेको छ । पछिल्लो समय नेता÷कार्यकर्ताहरूले सदस्यता नवीकरण र राजकीय पदमा नियुक्ति पाएपछि पार्टीले तोकेको निश्चित शुल्क नतिर्ने रोग फैलिएपछि एमालेले स्थानीय तहमा लेबी÷शुल्क नतिर्नेलाई उम्मेदवार बन्नबाट रोकेको हो । यस्तै, पार्टीप्रति प्रतिबद्ध, निष्ठावान्, अनुशासित तथा पार्टीको विधि र संस्थागत प्रणाली इमानदारीपूर्वक अनुसरण गर्ने व्यक्तिलाई उम्मेदवार बन्ने पहिलो प्राथमिकतामा राखिएको छ । अध्यक्ष ओलीले भ्रष्टाचार, नैतिक पतन देखिने र सार्वजनिक प्रतिष्ठामा आँच आउने कुनै काममा संलग्न नभएको असल आचरणयुक्त हुनुपर्ने, जनतामाझ लोकप्रिय, जनसेवी, जनतासँग घुलमिल हुन र सामाजिक समस्या समाधानमा सकारात्मक भूमिका खेल्न सक्ने विशेषता भएको व्यक्तिलाई उम्मेदवार बनाउनुपर्ने निर्देशन पनि दिएका छन् । निर्वाचनमा विजयका लागि सर्वाधिक अनुकूल र स्थानीय विकाससम्बन्धी विषयवस्तुमा राम्रो रुचि, सही दृष्टिकोण, ज्ञान र क्षमता भएको हुनुपर्ने मापदण्ड पनि एमालेको छ । अध्यक्ष ओलीले उम्मेदवार छनोटको विधि र प्रक्रियासमेत तोकेर पठाएका छन् । जसअनुसार गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्य पदको उम्मेदवारका लागि सम्बन्धित कमिटीले सर्वसम्मतिका साथ सुझाव पठाउनुपर्नेछ । सर्वसम्मत नभएमा प्रत्येक पदका लागि वर्णानुक्रमानुसार तीनजनाको नाम सिफारिस गरी पठाउन निर्देशन दिइएको छ । एमालेले सर्वसम्मत हुन नसकी विवाद देखिएमा अन्तिम निर्णय स्थायी कमिटीले गर्ने निर्णयसमेत मातहतका कमिटीलाई पठाएको छ । ‘नगरपालिका र गाउँपालिकाको प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्ष पदका लागि उम्मेदवार चयन गर्दा गम्भीर विवाद भएमा ती स्थानका लागि उम्मेदवारसम्बन्धी निर्णय स्थायी कमिटीले गर्नेछ,’ निर्देशनमा भनिएको छ । एमालेले अन्य पार्टीसँग चुनावी तालमेल गर्नुपर्ने भएमा माथिल्लो कमिटीको अनुमति लिनुपर्ने निर्णयसमेत गरेको छ । ‘स्थानीय तहमा तालमेल गर्नुपर्ने आवश्यक भएमा जिल्ला कमिटीले प्रदेश कमिटी र प्रदेश कमिटीले स्थायी कमिटीको अनुमति लिनुपर्नेछ,’ निर्देशनमा भनिएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending