Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

नेविसंघ नेताको हत्या

\"\"काठमाडौं, १६ चैत । जाजरकोटमा मंगलबार साँझ नेपाल विद्यार्थी संघ ९नेविसंघ० का युवा नेता रविन्द्र शाहको निर्मम तवरले हत्या गरिएको छ । भेरी नगरपालिका ३ खाप्ले निवासी ३७ वर्षीय शाहलाई अज्ञात समूहले ढुंगा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी प्रमुख भावेश रिमालले जानकारी दिए ।हत्या पछि शाहको शव साढे तीन सय मिटर तल भिरमा फालिएको थियो । आजको अन्नपूर्ण पोस्टमा खबर छ– नेविसंघका पूर्वकेन्द्रीय सदस्य समेत रहेका शाह पाँच तारा युवा संरक्षक मञ्चका जिल्ला अध्यक्ष थिए । मंगलबार साँझ जाजरकोट सदरमुकाम खलंगाबाट जाजरकोट डोल्पा सडकखण्डमा ‘इभिनिङ वाक’ गरेर फर्कंदै गर्दा अज्ञात समूहले शाहमाथि ढुंगा प्रहार गरेको उनीसँगै गएकामध्ये एक हिटलरसिंह राठौरले जानकारी दिए । शाहको भेरी नगरपालिका ३ खाप्लेमा हत्या भएको हो । हत्या भएको स्थल सदरमुकामबाट एक किलोमिटर टाढापर्छ । उनीसँगै चारजना घुम्न गएका थिए । अज्ञात समूहले आक्रमण सुरु गरेपछि अन्य तीनजना भाग्न सफल भएका छन् । ‘सँगै गएका थियौं, फर्कने क्रममा अपरिचित मान्छे आएर आक्रमण सुरु गरे’, हिटलरसिंहले भने, ‘हामीले भागेर ज्यान बचायौं, उहाँलाई के गरे थाहै भएन ।’ प्रहरीलाई तत्काल खबर गर्दा समेत प्रहरी ढिलोमात्र घटनास्थलमा पुगेको भन्दै उनले आपत्ति प्रकट गरे । प्रहरीका अनुसार उनको नाक, मुख र टाउको पूरै किचिएको छ । प्रहरी प्रमुख रिमालले भने, ‘ढुंगाले हानेर लडाउँदै कुट्दै गरेको देखिन्छ ।’ नेता शाहको शव जिल्ला अस्पताल जाजरकोटमा राखिएको छ । उनका आमाबुबा, एक दाइ र ३ दिदीबहिनी छन् । प्रहरीले हत्यामा संलग्नको खोजी भइरहेको बताए पनि राति अबेरसम्म कसैलाई पक्राउ गरेको छैन । घटनास्थल र अस्पतालमा सर्वसाधारण र आफन्तको भिड लागेको छ । शाहको हत्यापछि सदरमुकाममा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई परिचालन गरिएको छ । प्रहरी प्रमुख रिमालले घटना सुनियोजित भएको प्रारम्भिक अनुमानबाट थाहा भएको बताए । एक महिनाअघि मात्र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता नेता शाहसँग चन्दा मागेपछि विवाद भएको परिवारले बताएको छ । हत्यामा विप्लव कार्यकर्ताको संलग्नता रहेको आशंका भए पनि यसको पुष्टि हुन सकेको छैन । ठेकेदार समेत रहेका शाहको केही समय अघि रुकुमको चौरजहारी युवासँग विवाद भएको थियो । शाह जाजरकोटका कांग्रेस सांसद राजीवविक्रम शाहका नातामा भाइ हुन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending