Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank

सशस्त्रमा सर्कुलर काण्ड

\"\"काठमाडौं, १५ चैत । मुलुकको सुरक्षाको प्रमुख जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलभित्र संगठन प्रमुखप्रति भन्दा पनि अन्यत्र मातहतका कर्मचारी लाग्न थालेपछि सशस्त्र प्रहरी बलले मातहतको निकायले कडा चेतावनी दिएको छ। आजको नेपाल समाचारपत्रमा खबर छ– सशस्त्र प्रहरी बलले पछिल्लो समयमा आएर वैयक्तिक तबरबाट सोच्ने, विभिन्न तवरबाट आफूमात्र सुविधायुक्त स्थानमा जान चाहने, जानका लागि अनेक प्रयत्न गर्ने र विभिन्न हर्कत गर्न पछि नपर्ने, विभाग एवं नेतृत्वप्रति विश्वस्त नभई बाह्य व्यक्तिबाट समेत प्रभाव पार्न खोजेको भन्दै बलले मातहतका निकायलाई सचेत गराएको छ। बलको मुख्यालयले हालै जारी गरेको गोप्य सर्कुलरमा जहाँ जसरी रहँदा पनि संगठनको मर्यादा, मातहतका कर्मचारीप्रतिको जिम्मेवारी र जनताको करबाट उपलब्ध सेवा सुविधाप्रति उपेक्षा गर्दै व्यक्तिगत फाइदा, सुखसुविधाका लागि निर्लिप्त हुने तथा दिन, हप्ता र महिनाको हिसाब मात्र गर्ने प्रवृत्ति देखिएको भन्दै त्यस्ता क्रियाकलाप नरोके कारबाही अगाडि बढाउने चेतावनी दिएको छ। संगठन चेन अफ कमान्डभन्दा बाहिर जान खोजेको सर्कुलरमा जनाइएको छ। विभागले जारी गरेको सर्कुलरमा भनिएको छ– ‘अझ कमान्डका लागि आशक्ति देखाउँदै कुनै प्रकारको हथकण्डा अपनाउन पछि नपर्ने, पटकपटक कमान्ड पाउँदा पनि अझ आफैलाई पुगेन भनेर जान खोज्ने, थोरै जनशक्ति भए पनि कमान्डर भनेर अनेक उपायबाट जान खोज्ने, स्थायी कार्यालयको कमान्डमा बसेर आएपछि पनि केही समय धैर्य नगरी अरू स्थायी कमान्ड नपाएका र धैर्यताका साथ पालो प्रतीक्षा गरी बसेकाहरूलाई समेत उछिन्न पछि नपर्ने प्रवृत्ति देखिएको छ।’ सशस्त्र प्रहरी बलमा पछिल्लोपटक संगठनले खटाएको ठाउँमा जानुभन्दा पनि कमाइ हुने कार्यालयमा जान विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता कहाँ धाउन थालेपछि संगठनको माथिल्लो निकायले तल्लो तहका कर्मचारीलाई शोषण गर्ने व्यक्तिगत स्वार्थलाई लक्षित गरी तजबिजी अधिकार प्रयोग गर्ने, मातहतलाई अनुचित अधिकार प्रयोग गर्ने, मातहतलाई अनुचित अमर्यादित कार्यगर्न बाध्य तुल्याउने तथा गराउने र मुख्यालय एवं नेतृत्वसम्मको बदनाम गराई आफ्नो स्वार्थपूर्ति गर्नेजस्ता काम भएको भन्दै मुख्यालयले यस्ता हर्कत बन्द नगरे कारबाही गर्ने चेतावनी दिएको छ। मुलुकभर रहेका सशस्त्र प्रहरी बलका अधिकृतहरूले सीमा क्षेत्रमा आईजीपीलाई समेत पैसा बुझाउनुपर्ने भन्दै अस्वाभाविक रूपमा अवैध रकम उठाउन थालेपछि सो संगठनले सबै युनिटहरूलाई लिखित परिपत्र गरी त्यसरी रकम नउठाउन चेतावनीसमेत दिएको छ। परिपत्रमा नेतृत्व एवं नीतिगत तहमा रहेका पदाधिकारीले संगठनलाई माथि उठाउने र संगठनको शाखलाई जोगाउने लक्ष्य रहेको भए पनि फिल्ड तहमा कार्यरत कमान्डर, अधिकृत जिम्मेवार शाखामा काम गर्ने सबैले नीति निर्देशन पालना गर्नेतर्फ ध्यान नदिएको गुनासाहरू बढी आउन थालेको भन्दै त्यस्ता कार्य तत्काल बन्द गर्न पनि निर्देशन दिइएको छ। नेतृत्व तथा नीतिगत तहमा रहने पदाधिकारीहरूको संगठनलाई माथि उठाउने र शाखलाई जोगाउँदै सफल निकायको रूपमा अगाडि बढाउने सोच हुँदा हुँदै पनि फिल्ड तहमा कार्यरत कमान्डर, अधिकृत तथा जिम्मेवार शाखामा काम गर्ने सबैले नीति निर्देशन, स्पष्ट सोच र फौजका सदस्यप्रतिको दायित्वसमेत सचेत भएर काम नगर्नेलाई कारबाही गर्ने चेतावनी परिपत्रमा उल्लेख गरिएको छ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE