Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

महानगरमा चुनावी दौड

\"\"काठमाडौं, १५ चैत । ३१ वैशाखमा हुने स्थानिय तहको निर्वाचन नजिकिँदै गर्दा चुनावी माहोल तात्न थालेको छ । सरकार, निर्वाचन आयोगदेखि अन्य सबै सरोकारवाला निकायहरू निर्वाचनको तयारीमा जुटेका छन् । सहर–बजार, गाउँघर, चिया–चौतारामा समेत निर्वाचनको चर्चा हुन थालेको छ । १९ वर्षपछि हुन लागेको स्थानीय निर्वाचनमा आफ्नो अवस्था सुदृढ बनाउन राजनीतिक दलहरू तयारीमा जुटेका छन् । निर्वाचन लक्षित घोषणापत्र, प्रतिबद्धता पत्र बनाउनेदेखि उम्मेदवार चयनको मापदण्ड तय गर्ने र उम्मेदवार चयन गर्ने गृहकार्यमा दलहरू जुटेका छन्। आजको नयाँ पत्रिकामा खबर छ– संघीय लोकतान्त्रिक नेपालको संविधान जारी भएपछि पहिलोपटक हुनलागेको निर्वाचनबाट ४ महानगरपालिका, १३ उपमहानगरपालिका, २४६ नगरपालिका र ४८१ गाउँपालिकामा जनप्रतिनिधि चयन हुनेछन् । त्यसैले निर्वाचनको रौनक राजधानीदेखि विकट गाउँघरसम्मै चढेको छ । देशको राजधानी काठमाडौं र उपत्यकाभित्रकै ललितपुर महानगरपालिकाको मेयर–उपमेयर को बन्लान् भन्ने चौतर्फी चासो देखिन्छ । अझ विशेष त काठमाडौंको मेयर को बन्लान् भन्ने कौतुहलता छ । काठमाडौं महानगरपालिकामा कांग्रेसका तर्फबाट मेयरका लागि तीनजनाले आकांक्षा देखाएका छन् । नरोत्तम वैद्य, प्रगति रञ्जित, राजुराज जोशीले मेयरका लागि आकांक्षा देखाएका हुन् । उनीहरूले टिकट हात पार्न लबिङ गरिरहेका छन् । तीनजनामध्ये जोशी उद्योगमन्त्री नवीन्द्रराज जोशीका दाजु हुन् । उनी पौडेलपक्षीय मानिन्छन् । वैद्य र रञ्जित संस्थापन पक्षका हुन् । नेता कृष्ण सिटौला पक्षले स्वास्थ्यमन्त्री गगन थापालाई उम्मेदवार बनाउन चाहे पनि उनले आफ्नो कुनै आकांक्षा नरहेको बताएका छन् । थापा काठमाडौं क्षेत्र नं ४ का प्रत्यक्ष निर्वाचित सांसद हुन् । केन्द्रबाट उम्मेदवारसम्बन्धी मापदण्ड आइनपुगेकाले मेयरको टिकट कसलाई दिने भन्नेबारे जिल्ला समितिमा छलफल नभएको काठमाडौंका पूर्वसभापति तथा सांसद ध्यानगोविन्द रञ्जितले बताए । ललितपुरमा ४ आकांक्षी ललितपुर महानगरपालिकामा कांग्रेसका तर्फबाट चारजनाले मेयरमा आकांक्षा देखाए पनि पार्टीका उम्मेदवारका विषयमा कुनै छलफल भएको छैन । जिल्ला पार्टी सभापति मदन अमात्य लामो समयदेखि मुलुकबाहिर रहेकाले बैठकसमेत बस्न नसकिरहेको ललितपुर क्षेत्र नं १ का सांसद उदयशमशेर राणाले बताए । महानगरमा मेयरका लागि श्रीबाबु महर्जन, प्रेमकृष्ण महर्जन, नवराज महत र भरत न्याछयोले आकांक्षा देखाएर आफ्नो पक्षमा लबिङ गरिरहेका छन् । पार्टी केन्द्रले भने मापदण्ड बनाएपछि मात्रै उम्मेदवार तय गर्ने जनाएको छ । ‘ग्राउन्ड रियालिटी हेरेर उम्मेदवार तय गरिने एक केन्द्रीय सदस्यले बताए । नेकपा एमालेले काठमाडौं र ललितपुर महनागरपालिकाको सम्भावित मेयर र उपमेयरको उम्मेदवार चयन गर्न प्रारम्भिक गृहकार्य सुरु गरेको छ । औपचारिक छलफल र सिफारिस भइनसके पनि राजधानी काठमाडौंलाई जित–हारको प्रतिष्ठा बनाउँदै एमालेले सम्भावित उम्मेदवारका विषयमा अनौपचारिक तहमा छलफल सुरु गरेको हो । यद्यपि, औपचारिक छलफल भने एक सातापछि मात्रै सुरु हुने केन्द्रीय सदस्य तथा काठमाडौं इन्चार्ज सावित्रा भुसालले बताइन् । एमालेले शीर्ष नेताहरूको योजनाअनुसार नै काठमाडौं महानगरपालिकाको मेयरमा प्रबल दाबेदार उम्मेदवारका रूपमा सचिव योगेश भट्टराईको नाम चर्चामा ल्याएको छ । प्रचार विभाग प्रमुखसमेत रहेका भट्टराई राम्रो संगठकका साथै विद्यार्थी राजनीतिदेखि नै काठमाडौंमा सक्रिय रहेकाले उनलाई दाबेदारको पहिलो सूचीमा अघि सारिएको स्थायी समितिकै एक सदस्यले बताए । भट्टराईसँगै पोलिटब्युरोका वैकल्पिक सदस्य तथा राजधानी कमिटीका पूर्वइन्चार्ज सानु श्रेष्ठ, केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ, केन्द्रीय सदस्य तथा राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्यसचिव जीवनराम श्रेष्ठ, काठमाडौंका सचिव विद्यासुन्दर शाक्य र जिल्ला कमिटी सदस्य वसन्त मानन्धरको नाम पनि एमाले पंक्तिमा छलफलमा आएको छ । ललितपुरमा दुई आकांक्षी ललितपुर महानगरपालिकामा एमालेका तर्फबाट हरिकृष्ण व्यञ्जनकार, प्रेम महर्जन र ज्ञानेन्द्र शाक्य प्रबल दाबेदार देखिएका छन् । तीमध्ये व्यञ्जनकार जिल्ला अध्यक्ष तथा महर्जन २ नम्बरका पूर्वअध्यक्ष तथा ज्यापु समाजका अध्यक्ष र शाक्य जिल्ला सदस्य हुन् । सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले काठमाडौं महानगरपालिकामा कसलाई उम्मेदवार बनाउने भन्ने औपचारिक निर्णय गरिसकेको छैन । तर, हितमान शाक्य (सुमन), रेणु दाहाल र सर्वोत्तम डंगोलको नाम मेयरका सम्भावित उम्मेदवारका रूपमा चर्चामा छ। शुक्रबार जिल्ला संगठन समितिले २० गतेभित्र महानगरका वडा अध्यक्षका सम्भावित उम्मेदवार तथा २५ चैतभित्र नगरपालिकाका उम्मेदवारको नाम प्रदेशसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । चर्चामा रहेका शाक्य माओवादी केन्द्रका ३ नम्बर प्रदेश इन्चार्ज छन् । २०६४ को संविधानसभा निर्वाचनमा उनी काठमाडौं ६ नम्बर निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए । रेणु दाहाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्री हुन् । उनी ०७० को दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेकी थिइन् । तर, कांग्रेस उम्मेदवार प्रकाशमान सिंहस“ग पराजित भएकी थिइन् । सर्वोत्तम डंगोल काठमाडौं क्षेत्र नम्बर ८ बाट संविधानसभा निर्वाचनमा उम्मेदवार बनेका थिए । उनी पनि पराजित भएका थिए । काठमाडौंका रैथाने भएका कारण काठमाडौं महानगरपालिकाको मेयरमा उनको चर्चा भएको हो । ललितपुरमा पाँच आकांक्षी ललितपुरमा मेयरका लागि माओवादी केन्द्रका पाँचजनाको चर्चा छ । सरोज सिंह, बाबुराजा बज्राचार्य, दीपेश महर्जन, बुद्धलक्ष्मी महर्जन र मञ्जली शाक्य सम्भावित उम्मेदवार देखिएका छन् । कतैकतै ललितपुर महानगरपाकिलाको मेयरमा पार्टी प्रवक्ता पम्फा भुसालको नाम पनि चर्चामा आएको छ । राप्रपाले २० चैतभित्र गाउँपालिका, नगरपालिका, उपहानगरपालिका र महानगरपालिकाको उम्मेदवारका आकांक्षीको सूची पार्टी केन्द्रमा पठाउन जिल्ला कार्यसमितिलाई निर्देशन दिएको छ । त्यसैले अहिले उम्मेदवारका आकांक्षीहरू नाम सिफारिस गराउन तल्लीन छन् । राप्रपा प्रवक्ता राजाराम श्रेष्ठका अनुसार गाउँपालिका र नगरपालिकाका उम्मेदवार जिल्ला कार्यसमितिले टुंगो लगाउनेछ भने उपमहानगर र महानगरपालिकाका उम्मेदवार भने केन्द्रीय कार्यसम्पादन समितिले टुंगो लगाउनेछ । जनआधार बलियो भएको, लोकप्रिय, लगननशील र पार्टीमा योगदान पुर्याएको व्यक्तिलाई उम्मेदवार बनाउने राप्रपाले मापदण्ड बनाएको छ । राप्रपाबाट काठमाडौं महानगरपालिकाको मेयरका दाबेदार दुईजना देखिएका छन् । तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासन सत्ता हातमा लिएपछि २०६२ सालमा गराएको स्थानीय निकायको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएका राजाराम श्रेष्ठ र पार्टी सहमहामन्त्री राजेन्द्र श्रेष्ठ मेयरका आकांक्षी देखिएका छन् । त्यसैगरी, ललितपुर महानगरमा भने पार्टीको नगर अध्यक्ष नरेश श्रेष्ठले आकांक्षा देखाएका छन् । राजाराम श्रेष्ठ साथीहरुले मलाई काठमाडौंको मेयरमा उम्मेदवारी दिन दबाब दिएका छन् । अहिले निर्वाचन निकै खर्चिलो भएकाले के गर्ने भन्ने सोचमा पनि छु । मैले इच्छा देखाएको अवस्थामा सायद अरू साथीले दाबी गर्छन् भन्ने लाग्दैन ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending