Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

अनागरिक नेपाली 'हिरो'

\"\"काठमाडौं, १५ चैत । हरेक मानिसले आआफ्नै लक्ष्य राख्छन्-कोही डाक्टर बन्न चाहन्छन्, कोही इन्जिनियर । कोही पाइलट त, कोही खेलाडी । बक्सिङ खेलेरै राष्ट्रिय च्याम्पियन बनिसकेका नक्सालका २३ वर्षीय सुशील थापाको भने एउटै लक्ष्य छ-नेपाली नागरिक भएको आधिकारिक प्रमाणपत्र पाउने । अाजको अन्नपूर्ण पोस्टमा खबर छ– सुशीलका आमाबाबु सानैमा काठमाडौं पसेका थिए । बाल्यकालमै गाउँ छाडेका शिव थापा नक्सालको एक मोटर ग्यारेजमा काम गर्न थाले । आफू कुन ठाउँबाट राजधानी छिरेको हो, त्यो पनि उनलाई हेक्का भएन । राजधानीको ठूलो भीडमा उनी भने सहाराविहीन थिए । त्यस्तै अन्योल थियो, सुशीलकी आमा शान्तिको पनि । उनलाई सानै उमेरमा काकाले डोर्याउँदै काठमाडौं ल्याएका थिए । नक्सालको एउटा घरमा काम गर्न राखेर हिँडेका उनका काका कहिल्यै फर्केर आएनन् । समयले कोल्टे फेर्दै गयो । सानैमा काठमाडौं छिरेका शिव र शान्ति जवान भए । नक्सालमै ओहोरदोहोर गर्दागर्दै आँखा जुध्यो । मनको बह साटासाट भयो अनि बिरानो सहरमा एकअर्काको सहारा बनेर जीवन बिताउने निधो गरे । उनीहरूले नक्सालमै कोठा लिएर गुजारा चलाउन थाले । शान्तिले घरव्यवहार समालेपछि शिवले ग्यारेजमै दिन बिताउन थाले । उनीहरूले न बिहे दर्ता गरे, न त नागरिकता नै बनाए । त्यसको आवश्यकता उनीहरूलाई कहिल्यै परेन । यस्तैमा २०५१ सालमा जेठो सन्तानका रूपमा सुशीलको जन्म भयो । समय बित्दै गयो । सुशील नक्सालको नन्दी माविमा पढ्न थाले । त्यहीं पढ्दै गर्दा उनका बुबाले काम गर्ने वर्कसपका साहूले एसएलसी पास गरेपछि नागरिकता बनाइदिने आश्वासन दिए । उनकै सल्लाहमा एसएलसीको फाराम भर्दा सुशीलले कीर्तिपुरको ठेगाना राखे । कडा मेहनत गरेर एसएलसी पास गरे तर साहूले नागरिकता बनाइदिने आफ्नो वाचा पूरा गरेनन् । त्यसपछि उनी आफैंले धेरैपटक प्रयास गरे । धेरैसँग हारगुहार गरे । बुबाआमाकै नागरिकता नभएपछि उनले पनि नागरिकता पाउन सकेनन् । विभागीय टोलीले भित्र्याउन खोजे पनि नागरिकता नभएका कारण अवसर गुमाउनुपरेको गुनासो सुशीलले गरे । \'एपीएफ र नेपाल पुलिस क्लबबाट प्रस्ताव आए पनि नागरिकताकै कारण अवसर पाउन सकेको छैन\', उनी भन्छन् । उनलाई रिङमा \'बक\' हान्न सिकाएका नक्साल बक्सिङ सेन्टरका सञ्चालक तथा प्रमुख प्रशिक्षक रमेशदास श्रेष्ठ सुशील मेहनती र इमानदार खेलाडी भएको बताउँछन् । नागरिकता नभएकै कारण उनले विदेशमा आयोजना हुने विभिन्न प्रतियोगितामा सहभागिताबाट वञ्चित हुनु पर्दा आफूलाई पनि दुःख लागेको श्रेष्ठ बताउँछन् । नागरिकता नभएकै कारण अप्रिल ३ देखि ७ तारिखसम्म थाइल्यान्डको बैंककमा आयोजना हुने किङ्स कप बक्सिङ च्याम्पियनसिपमा सहभागी हुनबाट वञ्चित हुनुपरेको दुःखेसो उनले पोखे । बक्सिङका प्रमुख प्रशिक्षक प्रकाश थापामगरले सुशील निकै मेहनती, इमानदार र शालीन खेलाडी भएको बताए । उनले आफ्ना तर्फबाट नागरिकताका लागि सक्दो पहल गरिरहेको जानकारी पनि दिए । \'सुशील राम्रो खेलाडी हो । बेस्ट प्लेयर पनि बनिसकेको छ तर नागरिकता नहुँदा विभिन्न समस्या बेहोर्दै आएको छ\', प्रमुख प्रशिक्षक थापामगरले भने, \'मैले आफ्ना तर्फबाट पनि सक्दो पहल गर्दै आएको छु ।\' यस्तैमा उनलाई साथीले राष्ट्रिय खेलाडी भएपछि नागरिकता पाउने आस देखाए । त्यही आसमा उनी बक्सिङको रिङमा छिरे । नक्साल बक्सिङ सेन्टरबाट \'बक\' हान्न सिकेका उनले चर्चित खेलाडी बन्ने लक्ष्य लिएर दिनरात मेहनत गरे । \'मैले आफ्नो लक्ष्य नै नागरिकतालाई बनाएँ । त्यही लक्ष्य लिएर हरेक प्रतियोगितामा रिङमा ओर्लन्थें\', गत पुसमा पूर्वाञ्चलमा सम्पन्न सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्णपदक जितेका सुशीलले भने । २०७१ सालमा बुबाको निधन भएपछि भने आफूले नागरिकता पाउने आस गुमाएको सुशील बताउँछन् । \'बुबा छउन्जेल नागरिकता पाउँछु भन्ने आस थियो तर उहाँ बितेपछि आस मरेको छ\', उनी भन्छन् । उनका एक भाइ पनि छन् । अहिले नौ कक्षामा पढ्दै गरेका भाइले पनि नागरिकता नपाउलान् भन्ने चिन्ता उनलाई छ । \'मैले त लक्ष्य नै नागरिकता बनाएको छु । जीवनभर यही लक्ष्यमै हुनेछु तर भाइले चाहिँ मैलेजस्तो समस्या नबेहोरोस् भन्ने हो\', उनी भन्छन्, \'राष्ट्रको वास्तविक नागरिक बन्ने चाहनाले बक्सिङको रिङमा छिरें । कडा परि श्रमपछि राष्ट्रिय च्याम्पियन पनि बनें । खेलकुद क्षेत्रमा लागेपछि राष्ट्रले सम्मान त दियो तर सक्दो प्रयास गर्दा पनि पहिचान पाउन सकिनँ ।\' सातौं राष्ट्रिय खेलकुदमा मध्यमाञ्चलको टोलीबाट स्वर्णपदक जित्नुअघि पनि उनी धेरै प्रतियोगितामा भिडे । विभागीय टोलीको दबदबा रहेको अवस्थामा उनले धेरैपटक हार बेहोरे । नहारी जित्न सकिन्न भन्ने बुझेका उनले हारलाई नै जितको मन्त्र बनाए । गत भदौमा सातदोबाटोमा आयोजना भएको खुला राष्ट्रिय प्रतियोगितामा स्वर्णपदक जितेपछि भने उनले पछि फर्कनुपरेको छैन । सातौं राष्ट्रिय खेलकुदमा नेपाली सेनाका सुवास विकलाई हराउँदै उनले स्वर्णपदक जितेका थिए । सन् २०१९ मा नेपालमै आयोजना हुने भनिएको १३ औं साग र अर्को वर्ष हुने एसियाली खेलकुदका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पदक जित्ने सम्भावना भएका विभिन्न खेलको राष्ट्रिय टोली निर्माण गरी प्रशिक्षण दिँदै आएको छ । ४९ केजी तौलसमूहका राष्ट्रिय च्याम्पियन सुशीलले पनि त्यहाँ नियमित प्रशिक्षण लिइरहेका छन् । तर नागरिकता नहुँदा विदेशमा हुने प्रतियोगितामा सहभागी हुन पाउँदिनँ कि भन्ने चिन्ताले उनलाई सताइरहेको छ । \'नागरिकता नभई पासपोर्ट बन्दैन । पासपोर्ट नै नभएपछि विदेशमा कसरी सहभागी हुन पाउनु\', नागरिकताका लागि धाउँदाधाउँदै निराश बनेका सुशील प्रश्न गर्छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending