Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

युवासंघमा तस्विर काण्ड

\"\"काठमाडौं, १४ चैत । एमाले पार्टी र भातृसंगठनहरु संविधानअनुसार संघीय संरचनामा गइसके पनि युवासंघ नेपाल अहिलेसम्म पुरानै संरचनामा छ । युवासंघले संविधानअनुसार आफ्नो संगठन संरचना बनाएको छैन । साँघु साप्ताहिकमा खबर छ– युवासंघको अध्यक्ष भएपछि १६ महिनामा केन्द्रीय समिति बैठक राखेर महाधिवेशनको मिति तोक्दै सार्दै आएका अध्यक्ष राजीव पहारीले अहिलेसम्म महाधिवेशनका लागि उपसमिति समेत गठन गरेका छैनन् । आगामी ०७४ वैशाख ९ देखि १२ गतेसम्म तोकिएको महाधिवेशन पनि स्थानीय तहको निर्वाच्नको कारणहुन नसक्ने भएको छ । स्थानीय चुनाव पहारीका लागि लम्ब्याउने अस्त्र बनेको छ । उनले ५० भन्दा बढी जिल्ला अधिवेशन नै नगरेकाले पनि उनी महाधिवेशनको पक्षमा नरहेको देखाउँछ , युवासंघका एक नेताले भने, पहारी पोखरा–लेखनाथ महानगरपालिकाको मेयार पदमा उम्मेदवार बनाउने सर्तमा अध्यक्ष छोड्ने भन्दै मोलमोलाईमा छन् । तर कास्की एमालेले उनलाई मेयरका लागि सिफारिस नै गर्ने अवस्था नरहेको समाचार छ । पोखरामा कृष्णथापा लगायतका बरिष्ठ र लामो योगदान भएको नेताहरु नै मेयरका उम्मेदवार हुन् । पहारीको मेयर दाबी गर्ने हैसियत नै पुगेको छैन । यसैबीच, पहारीले महाधिवेशन नगरेको र आफ्नो योजना अनुसार नचलेको भन्दै पूर्वअध्यक्ष महेश बस्नेत उनलाई बिदा गरी उपाध्यक्ष रमेश पौडेल वा महासचिव किरण पौडेललाई अध्यक्ष बनाउने पक्षमा लागेका छन् । त्यसका लागि उनले ०७३ चैत २८ र २९ गते कार्यकर्ता भेला डाक्ने तयारी गरेका छन् । अध्यक्ष पहारीलाई हटाउनका लागि बोलाउन लागिएको भेला माधव नेपाल पक्षले बहिस्कार गर्ने जनाउ दिएपछि महेश बस्नेतको योजना पूरा नहुने भएको छ । बस्नेतले युवा संघलाई अहिलेपनि आफ्नो गोजीबाट चलाउन खोजिरहेका छन्, जुन कुरा पहारीले नमानेपछि उनलाई बिदा गर्न खोजेकाले पनि कार्यकर्ता भेला बहिस्कार गर्ने निष्कर्षमा पुगेको माधव नेपला पक्षीय युवासंघका एक नेताले बताए । केन्द्रीय कार्यालयमा अध्यक्ष पहारी नभएको मौका पारी ०७३ चैत ११ गते आफ्ना विश्वासपात्र लगाएर युवासंघ केन्द्रीय कार्यालयमा बस्नेतले पूर्व अध्यक्ष निरु पालको तस्बिर राख्न लगाएका थिए । बस्नेत पहारीले पूर्व अध्यक्ष निरु पालको तस्विर नराखेका कारण असन्तुष्ट रहेका थिए । त्यही भएर बस्नेतले पहारी नभएको मौका पारि निरु पालको तस्विर राख्न लगाएको समाचार छ । बस्नेतले आफैंले फोटो लगेर राख्न लगाएको आरोप छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending