Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

‘सशस्त्र प्रहरीलाई पक्राउ पुर्जीको अधिकार नदिनू’

\"\"काठमाडौं, १४ चैत । व्यवस्थापिका संसद्को राज्य व्यवस्था समितिले सशस्त्र प्रहरीलाई तत्काल पक्राउ पुर्जी जारी गर्ने अनुमति नदिन सरकारलाई सुझाव दिएको छ । सशस्त्र प्रहरी नियमावली संशोधनले सशस्त्रलाई पक्राउ पुर्जी जारी गर्ने अधिकार दिएपछि विवाद उत्पन्न भएको थियो । समितिले डेढ वर्ष लामो अध्ययनपछि तत्काल अधिकार नदिन सुझाव दिएको हो । आजको गोरखापत्रमा खबर छ– २०७२ भदौ ५ गते राज्य व्यवस्था उपसमिति बनाएर अध्ययन थालिएको थियो । उपसमितिले आइतवार समितिसमक्ष प्रतिवेदन पेस गरेको थियो । त्यस प्रतिवेदनलाई समितिले आइतवार नै पारित गरेको छ । उपसमिति संयोजक सांसद् मानप्रसाद खत्रीले तत्काललाई हालकै व्यवस्थाअनुसार काम गर्न सुझाव दिइएको बताए । ‘पक्राउ पुर्जी प्रहरीभन्दा पनि नागरिकको अधिकार हो, नियमावली संशोधनकै भरमा पक्राउ पुर्जी दिन सकिन्न, अधिकार दिने नै भएमा मन्त्रालयगत समन्वय गरी ऐनको व्यवस्था परिमार्जन गर्न सुझाव हाम्रो छ’, खत्रीले भने, ‘हाललाई भने प्रचलित व्यवस्थाअनुसार अधिकार क्षेत्र उपयोग गर्न सुझाव दिएका छौँ । ’ सशस्त्रलाई कस्तो अधिकार दिने भन्ने विषय नियमावलीमा नभई ऐनमा नै व्यवस्था गर्न समितिले सरकारलाई सुझाव दिएको छ । यस्तै, दुई प्रहरी सङ्गठनबीच समन्वयात्मक भूमिका स्थापना गर्न पनि सुझाव दिएको छ । समितिले सशस्त्र प्रहरी बलको अधिकार सरकारी मुद्दासम्बन्धी ऐनको व्यवस्थामा प्रतिकूल नहुने गरी व्यवस्था गर्न पनि सुझाव दिएको छ । समितिबाट पारित प्रतिवेदनले अधिकार क्षेत्र विवाद हुँदा सार्वजनिक सुरक्षामा नै असर पर्ने भएकाले समन्वयात्मक भूमिका खेल्न सरकारलाई सुझाव दिएको छ । सशस्त्र प्रहरी बलको गठन अनुसारको अधिकार क्षेत्रमा रहन समितिले सरकारलाई सचेत गराएको छ । पारित प्रतिवेदनमा भनिएको छ ‘जुन उद्देश्यका साथ सशस्त्र प्रहरी बल गठन भएको हो, सशस्त्र प्रहरी बलको अधिकार क्षेत्र पनि सोही अनुरूप हुनुपर्दछ । सुरक्षा निकाय अन्तर्गतकै एउटा निकायले गरिआएको काम कारबाही अर्को सङ्गठनको संलग्नताले दुई सुरक्षा निकायबीच मतमतान्तर हुने नै देखिन्छ । जसकारण शान्ति सुरक्षा व्यवस्थापनमा समेत बाधा अवरोध आउने देखिन्छ । ’ सरकारले २०७२ भदौमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी सशस्त्र प्रहरीलाई पक्राउ पुर्जी अधिकार दिने गरी नियमावलीमा संशोधन गरेको थियो । सशस्त्र प्रहरी ऐन, २०५८ को दफा २४ ले आपराधिक क्रियाकलापमा संलग्न व्यक्ति पक्राउ गरेमा यथाशक्य चाँडो अन्य प्रहरीलाई सुम्पने व्यवस्था गरेको छ । तर, ऐन संशोधन नगरी सरकारले नियमावलीमा यस्तो व्यवस्था गरेको थियो । नियमावली परिमार्जनले दुई प्रहरी सङ्गठनबीच विवाद भएको थियो । समितिले अध्ययनका क्रममा नेपाल प्रहरी, मानव अधिकार आयोग, महान्यायाधिवक्ता लगायतसँग परामर्श गरेको थियो । छलफलमा नेपाल प्रहरीले अधिकार दिन नमिल्ने सुझाव दिएको थियो । सशस्त्रले भने पक्राउ पूर्जी अभावमा अभियुक्त छुटकारा पाउने भएकाले अधिकार पाउनुपर्ने माग गरेको थियो । विश्वका केही देशमा सशस्त्रलाई पक्राउ पुर्जीको अधिकार दिइएको सशस्त्रको दाबी थियो । यस्तै, मानव अधिकार आयोगले सशस्त्र प्रहरी बल गठन ऐनको व्यवस्था विपरीत भएकाले दिन नमिल्ने राय दिएको थियो । महान्यायाधिवक्ता कार्यालयले पनि सशस्त्रलाई पक्राउ पुर्जी दिने व्यवस्था नगर्न सुझाव दिएको थियो । नेपाल बार एसोसिएसनले भने सशस्त्रलाई पक्राउको अधिकार दिएकाले पुर्जी थमाउने अधिकार दिन मिल्ने सुझाव दिएको थियो । बारले सशस्त्र प्रहरी बलको जाहेरीले नेपाल सरकार बादी रहने गरी मुद्दाको प्रक्रिया अघि बढाउन सकिनेसमेत सुझाव दिएको थियो ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending