Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

एसएसबीबाट मारिएका साहको परिवारलाई १० लाख

[caption id=\"attachment_124551\" align=\"alignleft\" width=\"676\"]\"\" वासुदेव साह[/caption] काठमाडौं, १४ चैत । भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) द्वारा ६ वर्षअघि मारिएका मोरङ अमाहिबरियातीका वासुदेव साहको परिवारले क्षतिपूर्ति पाउने भएको छ । ६ वर्षअघि एसएसबीका इन्स्पेक्टरसहित आएका जवानद्वारा नेपाली भूमिमै साहको हत्या भएको थियो । आजको नयाँ पत्रिकामा खबर छ– साह परिवारले क्षतिपूर्ति नपाएको र दोषीलाई कारबाही नभएकोबारे नयाँ पत्रिका दैनिकमा समाचार प्रकाशन भएपछि सरकारले १० लाख रुपैयाँ क्षतिपूर्ति दिने भएको हो । जिल्ला प्रशासन कार्यालय मोरङका सहायक सिडिओ शेषराज पौडेलले साहको परिवारले क्षतिपूर्ति नपाएकोबारे सर्वत्र चासो उत्पन्न भएपछि गृह मन्त्रालयले क्षतिपूर्ति दिन निर्देशन दिएको बताए । उनका अनुसार साहको परिवारलाई सोमबार क्षतिपूर्तिबापत सरकारले उपलब्ध गराएको सहयोग हस्तान्तरण गरिनेछ । मानवअधिकार आयोगद्वारा प्रशासनसँग विवरण माग नेपाली सुरक्षाकर्मीको ज्यान जोगाउने क्रममा नेपालको भूमिमै एसएसबीबाट मारिएका साहको परिवारले न्याय नपाएकोबारे नयाँ पत्रिका दैनिकले पटक–पटक समाचार प्रकाशित गरेको थियो । सोही समाचारका आधारमा २०७० सालमा राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय विराटनगरले उजुरी दर्ता गरेर मोरङ प्रशासनसँग विवरण माग गरेको थियो । तर, प्रशासनले विवरण उपलब्ध नगराएकाले थप कारबाही अगाडि बढ्न सकेको थिएन । कञ्चनपुरमा एक महिनाअघि एसएसबीबाट मारिएका गोविन्द गौतमलाई सहिद घोषणा गरेर परिवारलाई सरकारले क्षतिपूर्ति उपलब्ध गराएपछि मोरङमा ६ वर्षअघि मारिएका साहको परिवारले सञ्चारमाध्यममा स्थान पाएका थिए । त्यसपछि मात्र मोरङ प्रशासनले साह परिवारलाई क्षतिपूर्ति दिलाउन भएको सहमतिअनुसार गृह मन्त्रालयलाई सिफारिस गरेको थियो । १० लाख दिन निर्देशन दिइसकेको छु : गृहमन्त्री उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले एसएसबीको गोली प्रहारबाट मारिएका वासुदेव साहको परिवारलाई १० लाख राहत उपलब्ध गराउने घोषणा गरेका छन् । आइतबार बसेको व्यवस्थापिका संसद्को राज्य व्यवस्था समितिको बैठकमा उनले गृह मन्त्रालयमार्फत साहको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय लिइएको जानकारी दिएका हुन् । पीडित परिवारले क्षतिपूर्तिको व्यवस्था गर्न केही साताअघि स्थानीय प्रशासनमार्फत गृह मन्त्रालयसँग लिखित आग्रह गरेको थियो । गृह मन्त्रालयले सोमबार नै पीडित परिवारलाई राहत उपलब्ध गराउने तयारी गरेको छ । साहलाई गोली हानेर एसएसबीका जवान फरार ११ जेठ ०६७ साँझ ९ बजे भारतको अररिया जिल्लास्थित गरैया गाउँको लैलोखर सीमा सुरक्षा क्याम्पबाट सिभिल पोसाकमा आएका एसएसबीका इन्स्पेक्टर हितेन्द्र सिंह र अर्का एक कन्सटेबल नेपाली प्रहरीसँग विवाद भएको झोकमा नेपालभित्रै पसेर पेस्तोल प्रहार गरी वासुदेव साहको हत्या गरेर भागेका थिए । स्थानीय समाजसेवीसमेत रहेका साहलाई तत्काल जिल्ला प्रशासन कार्यालयले सहिद घोषणा गर्न गृह मन्त्रालयमा सिफारिस गर्ने र परिवारलाई क्षतिपूर्ति दिलाउने लिखित प्रतिबद्धता जनाएको थियो । तर, अहिलेसम्म पीडित परिवारले केही पाउन सकेको छैन ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending