Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank

पाकिस्तान र बंगलादेशसँगको सिमा बन्द गर्दै भारत

\"\"काठमाडौं, १३ चैत । छिमेकी मित्रराष्ट्र भारतले पाकिस्तान र बंगलादेशसँगको सीमा बन्द गर्ने गृहकार्य अघि बढाएको छ । भारतीय गृहमन्त्री राजनाथ सिंहले पाकिस्तान र बंगलादेशसँगको सीमा बन्द गर्ने तयारी भइरहेको जानकारी दिएका हुन् । आजको राजधानी दैनिकमा खबर छ– आतंककारी गतिविधि र शरणार्थी नियन्त्रण गर्न ती दुई देशसँगको सिमा नाका बन्द गर्नुपर्ने गृहमन्त्री सिंहको भनाइ छ । ‘भारतले पाकिस्तान र बंगलादेशसँगको सीमा सम्भव भएसम्म छिटो बन्द गर्ने योजना बनाइरहेको छ । यो आतंकवाद र शरणार्थीविरुद्ध चाल्ने भारतको प्रमुख कदम हुनेछ,’ गृहमन्त्री सिंहले भनेका छन् । मध्यप्रदेशमा रहेको बोर्डर सेक्युरिटी फोर्स (बीएसएफ) एकेडेमीबाट तालिम पूरा गरेका बीएसएफ अधिकृतलाई सम्बोधन गर्दै गृहमन्त्री सिंहले पाकिस्तान र बंगलादेशसँगको सीमा बन्द गर्ने अन्तिम तयारी भइरहेको प्रस्ट पारेका हुन् । ‘पाकिस्तानसँगको सिमाना आउँदो सन् २०१८ देखि नै बन्द हुनेछ, घुसपैठ बढ्दै गएकाले यस्तो निर्णय लिइएको हो,’ उनले भने । गृहमन्त्री सिंहले यसलाई केन्द्रीय स्तरबाट गृहसचिवले र राज्य स्तरबाट बीएसएफ र मुख्यसचिवले अनुगमन गर्ने जानकारीसमेत गराए । भारत सरकारले सीमा बन्द गर्न हुने प्राविधिक कठिनाइको समाधान गर्ने गृहमन्त्री सिंहको भनाइ छ । उनले भारतको सीमा रक्षाका लागि बीएसफएले खेलेको भूमिकाको उच्च प्रशंसासमेत गरे । गत वर्षभर नै भारत र पाकिस्तानबीच सीमा क्षेत्रमा भएको विवादका क्रममा दर्जनौं निर्दोष नागरिकका साथै सुरक्षाकर्मी मारिएका थिए । भारतले पाकिस्तानसँगको अन्तर्राष्ट्रिय सीमा बन्द गर्ने बताए पनि नियन्त्रण रेखाका विषयमा कसरी निर्णय लिन्छ भन्नेबारे गृहमन्त्री सिंहले केही खुलाएका छैनन् । भारत र पाकिस्तानबीच एउटा अन्तर्राष्ट्रिय सिमाना रहेको छ भने अर्को काश्मीरमा नियन्त्रण रेखारहेको छ । काश्मीर भारत र पाकिस्तान नियन्त्रित क्षेत्रका रूपमा दुई भागमा विभाजित रहेको छ । यसैगरी भारतले बंगलादेशसँगको सीमासमेत बन्द गर्ने तयारी गर्नुलाई भने आश्चर्यका रूपमा हेरिएको छ । पाकिस्तानको कट्टर आलोचक बंगलादेशको भारतसँग राम्रो सम्बन्ध रहँदै आएको छ । गत वर्षको नोभेम्बरमा पाकिस्तानको इस्लामाबादमा तय गरिएको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) शिखर सम्मेलनमा भारतले सहभागिता नजनाउने घोषणा गरेपछि बंगलादेशले पनि तत्कालै सहभागी नहुने निर्णय गर्दैै दबाब सिर्जना गरेको थियो । घनिष्ठ सम्बन्ध रहेको मुलुकमै सीमा बन्द गर्ने निर्णयमा भारत सरकार किन पुग्यो भन्ने विषयमा विश्लेषकहरूसमेत अन्योलमा रहेका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE