Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank

बेइजिङमा के–के छन् प्रधानमन्त्रीको कार्यक्रम ?

\"\"काठमाडौं, १३ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार चीनको राजधानी बेइजिङ पुगेका छन् । चीनको हाइनान प्रान्तमा बोआओ मञ्चको वार्षिक सम्मेलनलाई सम्बोधन गरेर उनी नेतृत्वको १५ सदस्यीय प्रतिनिधिमण्डल बेइजिङ पुगेको हो । प्रधानमन्त्रीले आइतबार चीनका उपप्रधानमन्त्री वाङ याङसँग र सोमबार राष्ट्रपति सी जिनपिङसँग भेट्ने तय भएको छ । आजको नयाँ पत्रिकामा खबर छ– नेपाली दूतावास बेइजिङ स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड हाइनानको हैकाउबाट उडान नम्बर सिजेड ६३६५ बाट स्थानीय समयअनुसार ५ बजे बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका थिए । विमानस्थलमा प्रधानमन्त्रीलाई चिनियाँ विदेश मन्त्रालय र चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका अधिकारीहरूले स्वागत गरेका थिए । उनलाई चीन सरकारको स्टेट गेस्ट हाउस ९दियायुथाई० मा राखिएको छ । ‘वान बेल्ट वान रोड’ मा साझेदारीको प्रतिबद्धता प्रधानमन्त्रीको सम्मानमा नेपाली राजदूत लीलामणि पौड्यालले साँझ ६ः४० मा रात्रिभोज आयोजना गरेका थिए । रात्रिभोजमा सम्बोधन गर्दै प्रधानमन्त्रीले नेपालले चीनको तीव्र आर्थिक विकासबाट फाइदा लिन सक्नुपर्ने बताउँदै ‘वान बेल्ट वान रोड’ परियोजनामा नेपालको साझेदारीको प्रतिबद्धता गरे । उनले नेपालको एक चीन नीतिमा कुनै शंका नगर्नसमेत आग्रह गरे । रात्रिभोजमा चिनियाँ उच्च अधिकारी, पूर्वराजदूत, नेपाली समुदायलगायत सहभागी रहेको नेपाली दूतावासले जनाएको छ । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री प्रचण्डले आइतबार उपप्रधानमन्त्री वाङ याङसँग अपराह्न सवा ५ बजे भेटवार्ता गर्ने तय भएको छ । उनले आइतबार बिहान ब्रेकफास्टपछि फोनिक्स टेलिभिजनलाई अन्तर्वार्ता दिनेछन् भने त्यसपछि ग्रेटवालको भ्रमण गर्नेछन् । त्यहाँबाट गेस्ट हाउस फर्केपछि प्रधानमन्त्रीको सम्मानमा चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागका तर्फबाट दिवाभोज दिइने कार्यक्रम छ । अपराह्न २ देखि ४ बजेसम्म प्रधानमन्त्री बेइजिङ फरेन स्टडी युनिभर्सिटीको कार्यक्रममा सहभागी हुनेछन् भने नेपाल अध्ययन केन्द्रको उद्घाटनसमेत गर्नेछन् । त्यसपछि प्रधानमन्त्री सेनो प्यागोडा मन्दिरको भ्रमणमा जाने कार्यक्रम छ । प्रधानमन्त्रीको सम्मानमा चिनियाँ कम्युनिस्ट पार्टीका तर्फबाट स्टेट गेस्ट हाउसमै रात्रिभोज आयोजना गरिनेछ । सोमबार प्रधानमन्त्रीले दिवाभोजपछि राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने तय भएको छ । त्यसअघि उनी बिहान नमस्ते नेपाल नामक बिजनेस राउन्ड टेबलमा सहभागी हुनेछन् । राष्ट्रपति सीसँग भेटवार्तापछि सिजिटिएन टेलिभिजनलाई अन्तर्वार्ता दिएर प्रचण्ड छेन्दुका लागि प्रस्थान गर्नेछन् । चाइना एयरको उडान नम्बर ४४१० बाट सोमबार राति १० बजे प्रधानमन्त्रीको टोली छेन्दु पुग्नेछ । प्रचण्डले ल्हासाको भ्रमण गर्ने प्रधानमन्त्रीको टोली मंगलबार बिहान ११ बजे उडान नम्बर ९८०३ बाट ल्हासा आउनेछ । ल्हासामा महावाणिज्य दूतावासद्वारा आयोजित दिवाभोजमा प्रधानमन्त्री सहभागी हुनेछन् । उनले पोताला दरबार, झोखाङ मन्दिर र बारखोर स्ट्रिट भ्रमण गर्नेछन् । त्यहाँ उनले चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत हेर्ने नेतासँग भेटवार्ता गर्नेछन् भने तिब्बत सरकारले उनको सम्मानमा रात्रिभोज आयोजना गर्ने कार्यक्रम छ । बुधबार प्रधानमन्त्री प्रचण्ड ल्हासाबाट चाइना एयरको सिए ४०७ नम्बरको उडानबाट काठमाडौं आउनेछन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE