Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

हात्तीलाई जाँड रक्सीको लत लागेपछि !

\"\"काठमाडौं, १३ चैत । मानिसले जाँड रक्सी खाँदा प्रायः निहुँ खोज्छ कि झगडा गरेको देखिन्छ भने हात्तीले जाँड खाएर मात्यो भने के होला ? सजिलै अनुमान गर्न सकिन्छ हात्तीले ताण्डव देखाउँछ । यस्तै भएको छ, बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र आसपासका वस्तीमा । निकुञ्जबाट निस्केर हात्ती बस्तीमा पस्छन् र खोजी खोजी जाँड रक्सी खान्छन्, अनि घर भत्काउने, मान्छे मार्ने जस्ता कार्य गर्दै आएका छन् । अाजको गोरखापत्रमा खबर छ– आठ महिनादेखि लगातार रुपमा मात्तिएका हात्तीको झुण्ड बस्तीमा पसेर धनजनको क्षति पु¥याउन थालेपछि मध्यवर्ती क्षेत्रका बासिन्दामा त्रास फैलिएको छ । यस अवधिमा हात्तीले कुनै पनि दिन बस्ती छाडेको छैन । बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष नेत्रराज आचार्यले भने, “एउटा बस्तीबाट भगायो अर्को बस्तीमा छिर्छन्, अर्को बस्तीबाट धपायो फेरि पहिलेको बस्तीमा पस्छन् । जाँड रक्सीका भाँडा खोजेर घरभित्र पस्छन् । अनि मात्तिएर हानि नोक्सानी पु¥याउँ छन् । यस अवधिमा बर्दियामा हात्तीको आक्रमणबाट पाँच जनाको ज्यान गइसकेको छ भने लाखौँ रुपियाँ बराबरको भौतिक क्षति भइसकेको छ । निकुञ्ज प्रमुख रमेशकुमार थापाका अनुसार हरेक दिन मात्तिएका हात्ती बस्तीमा पस्न थालेपछि हात्ती भगाउन डोजरको प्रयोग गर्न थालिएको छ । उनले भने, “पहिले पहिले मानिसले आगोले तर्साउँदा, सिट्ठी बजाउँदा पनि हात्ती भाग्थे तर आजभोलि ट्याक्टरले तर्साउँदासमेत हात्तीले बस्ती नछोड्ने भएपछि हात्ती प्रभावित गाउँ बस्तीमा डोजर तैनाथ गरिएको छ । अब त डोजरले धपाउँदासमेत नमान्ने भइसक्यो । ” मध्यवर्ती क्षेत्रका अध्यक्ष आचार्यले गाउँघरमा भएका ट्याक्टर, गाडीको सहायताले यसअघि हात्ती भगाउने गरेको भए पनि पछिल्लो पटक जाँड, रक्सी खाएर मात्तिएको हात्तीले ट्याक्टर र सानातिना गाडीको डर नमान्ने बताए । उनले भने, “खाद्यान्न त सधैँ खाने गथ्र्यो हात्तीले । यस पटकबाट रक्सीको भाँडो खोजीखोजी खाने गरेको छ । मात्तिएको हात्तीको अगाडि कसको के लाग्यो ? भेटेको जति मान्छे मार्छ, कच्ची घर मात्र होइन अहिले पक्की घर पनि भत्काउन थालेको छ । ” मध्यवर्ती क्षेत्रमा हात्तीले घरभित्र गएर जाँड रक्सी खाई उदण्ड मच्चाउन थालेपछि स्थानीय बासिन्दाले जाँड रक्सी बनाउन प्रतिबन्ध लगाउनु पर्ने मागसमेत राखेका छन् । मध्यवर्ती क्षेत्र कर्मलाका धनीराम चौधरीले भने, “अब घर घरमा जाँड रक्सी बनाउन पनि छोड्नुप¥यो । जाँड रक्सी खान पल्केका हात्ती बस्ती नछाड्ने भएपछि गाउँमा जाँड, रक्सी बनाउन बन्द गर्नुपर्छ । ” मध्यवर्ती क्षेत्रका पाताभार, भोला, मनाउ, ठाकुरद्वारा, सूर्य पटुवाको पत्थरबोझी र डाँडागाउँ, शिवपुरको वनखेत, बालाती क्षेत्रको कर्मला र न्याउलापुर, रम्भापुर र बगनाहा क्षेत्रमा हात्तीले दिउँसै आतङ्क मच्चाउन थालेको छ । ती वस्तीमा स्थानीय बासिन्दा रातभर जाग्रम बस्नु पर्ने अवस्था रहेको निकुञ्जका प्रमुख थापाले जानकारी दिए । प्रमुख संरक्षण अधिकृत थापाले भने, “पहिला पहिला आगो र बन्दुकको आवाजले भाग्ने हात्ती आजभोलि भाग्न छोडेका छन् । मात्तिएको हात्तीलाई लठ्ठिने औषधिले डार्ट गरेर शिथिल बनाएपछि शारीरिक रुपमा कमजोर हुने तर पुनः तंग्रिएपछि भागेर जंगल पस्ने गरेका छन् । ”
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending