Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank

निर्वाचनका लागि दलहरूको तयारी कस्तो छ ?

\"\"काठमाडौं, १३ चैत । आजको नयाँ पत्रिकामा खबर छ– कांग्रेस रणनीति बनाउन आज बैठक उम्मेदवार छनोट, प्रचार अभियान, पार्टी संयन्त्र परिचालन, घोषणापत्र निर्माणसहितको रणनीति बनाउन कांग्रेस केन्द्रीय समिति आइतबार बस्दै छ । कांग्रेसले यसअघि ७५ जिल्लामा केन्द्रीय प्रतिनिधि पठाएर स्थानीय तहमा पार्टीको अवस्थाबारे अध्ययन गरेको थियो । सबै प्रतिनिधिले प्रतिवेदन बुझाइसकेको र सोही आधारमा निर्वाचन रणनीति बनाउने तयारी रहेको नेताहरूले बताएका छन् । ‘ग्राउन्ड रियालिटी बुझेर बलियो नेतालाई टिकट दिन पार्टी नेतृत्वले तयारी गरिरहेको छ,’ केन्द्रीय सदस्य एनपी साउदले भने, ‘बैठकमा त्यसैअनुसार छलफल हुन्छ ।’ एमाले उम्मेदवार छान्न एमालेले मापदण्ड बनायो उम्मेदवार छान्न सातबुँदे मापदण्ड र तीनबुँदे कार्यविधि बनाएको छ । सोमबारसम्म ती मापदण्डका आधारमा उम्मेदवार छनोट थाल्न देशभर सर्कुलर गरिने महासचिव ईश्वर पोखरेलले बताए । चैत अन्तिम सातासम्ममा देशैभर उम्मेदवार छनोट गर्ने तयारी छ । नारा र घोषणापत्रको गृहकार्यमा रहेको एमालेले निर्वाचन परिचालन समिति र गाउँ–नगरमा मतदाता शिक्षा अभियान चलाउने तयारी गरेको छ । निर्वाचनमा अन्य राजनीतिक दलसँग तालमेल गर्ने नीति र योजना पनि पारित गरेको छ । बागी उठ्ने र सहयोग गर्नेलाई पाँच वर्षसम्म निलम्बन गर्ने नीति बनाएको छ । माओवादी उम्मेदवार छान्न धमाधम बैठक उम्मेदवार छनोट गर्न कार्यविधि तय गरेर तल्लो समितिसम्म पठाइसकेको छ । घोषणापत्र पनि तयार भएको केन्द्रीय कार्यालयका मुख्यसचिव प्रह्लाद बुढाथोकीले बताए । ‘कार्यविधि र निर्देशिका तलसम्म पुगिसकेको छ । उम्मेदवार छनोट प्रक्रियाका लागि तयारी बैठकहरू धमाधम चलेका छन् । चैत मसान्तसम्ममा उम्मेदवार छनोट भइसक्छन्,’ उनले भने, ‘केन्द्रीय तहमा प्रतिबद्धतापत्र तयार भइसकेको छ । स्थानीय सापेक्षतामा थप्न पनि सकिन्छ । एक–दुई दिनभित्रै सार्वजनिक गर्छौँ ।’ माओवादीले केन्द्रदेखि स्थानीय तहसम्म निर्वाचन परिचालन समिति गठन गरेको छ । राप्रपा उम्मेदवारको मापदण्ड र घोषणापत्र बनाउँदै राप्रपाले उम्मेदवार छनोटको मापदण्ड र घोषणापत्र बनाउँदै छ । स्थानीय तहअनुसार पार्टीका तल्ला निकाय समायोजन गर्दै निर्वाचन प्रचार अभियान पनि देशभर लगिएको सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । पार्टी समितिभन्दा बाहिरका व्यक्तिलाई पनि गाई चिह्न लिएर उम्मेदवार बन्ने बाटो खुला गर्ने नीति लिएको श्रेष्ठले बताए । देशभर ‘जनताको माझमा राप्रपा’ प्रशिक्षण कार्यक्रम लिएर नेताहरू चुनावी अभियानमा रहेको उनको भनाइ छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE