Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

महेश-गणेशमान सम्बन्ध : यस्तो थियो दुर्इबीच ‘शीतयुद्ध’

\"\"महेश बस्नेत र गणेशमान पुन दुई ठूला वामपन्थी दलका युवा नेता हुन् । बस्नेत एमाले भ्रातृ संगठन युवा संघ नेपालको पूर्वअध्यक्ष तथा युथ फोर्सका पूर्वप्रमुख हुन् । पुन शान्तिप्रक्रियापछि पुनर्गठित तत्कालीन नेकपा माओवादीको योङ कम्युनिस्ट लिग (वाइसिएल) का पूर्वअध्यक्ष हुन् । यी दुईले युवा संगठनको नेतृत्व गर्दा दुवै पक्षका युवाबीच लामो समयसम्म घोषित भौतिक आक्रमण–प्रत्याक्रमणदेखि अघोषित ‘शीतयुद्ध’सम्म चल्यो । तर, युवा संगठनको ‘कमान्ड’ गरेका यी दुईबीचको व्यक्तिगत सम्बन्ध भने तिक्ततामा परिणत भएन । कानुन हातमा लिएको भन्दै युथ फोर्स र वाइसिएल दुवै संगठनले आलोचना खेपेकाले पनि शत्रुतापूर्ण सम्बन्धको बाहिरी अनुमानविपरीत राजनीतिक र व्यक्तिगत सम्बन्ध सुमधुर रहनुलाई राजनीतिक सुझबुझ र एजेन्डा प्रमुख कारक रहेको दुवै बताउँछन् । बस्नेत एमाले अध्यक्ष केपी ओली र पुन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका विश्वासपात्र युवा नेता हुन् । बस्नेत निर्वाचनबाट, पुन सशस्त्र संघर्षबाट उदाएका नेता भक्तपुरको गुण्डुमा निम्नमध्यमवर्गीय परिवारमा जन्मिएका बस्नेत स्थानीय निर्वाचनमा जनप्रतिनिधि निर्वाचित भएपछि ‘लोकप्रियता’ हासिल गर्दै उदाएका नेता हुन् । राप्तीको दुर्गम जिल्ला रुकुममा जन्मिएका पुन भने तत्कालीन नेकपा माओवादीले ०५२ बाट सुरु गरेको सशस्त्र संघर्षमा हेलिएर उदाएका नेता हुन् । बेग्ला–बेग्लै मोर्चाबाट राजनीतिक हैसियत बनाए पनि यी दुई युवा नेता आ–आफ्ना मोर्चामा काबिल ठहरिँदै आएका छन् । विद्यार्थीकालबाटै अखिल छैटौँमा संगठित हुँदै १ फागुन २०५२ मा माओवादीले सुरु गरेको ‘जनयुद्ध’को पहिलो दिन नै रुकुमको आठबिसकोट प्रहरी चौकी आक्रमणको कमान्डर बनेर पुन भूमिगत सशस्त्र संघर्षमा पूर्णकालीन रूपमा हेलिएका थिए । राज्यसँगको द्वन्द्वमा पुनले आधा दर्जनभन्दा बढी ‘फौजी आक्रमण’को कमान्डसमेत गरेका थिए । रुकुमको पार्टी सचिव हुँदै चौथो माओवादीको ‘जनमुक्ति सेना’को चौथो डिभिजन कमान्डर बनेका पुनले चार वर्ष जेल जीवन व्यतीत गरेपछि २०५८ वैशाखमा भेरी अञ्चल अस्पतालबाट ‘अर्बान गुरिल्ला टिम’को सहयोगमा बन्दी जीवन ‘ब्रेक’ गरेर चर्चा बटुलेका थिए । नेतृत्व कौशल देखिएकैले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विश्वास जित्दै शान्ति प्रक्रियालगत्तै नवलपरासीको झ्याल्टुङडाँडामा रहेको चौथो डिभिजन कमान्डरबाट पुन पुनर्गठित वाइसिएलको अध्यक्ष बने । बस्नेत भने ०५४ सालको स्थानीय निर्वाचनमा भक्तपुरको गुण्डु गाविसमा लोकप्रिय मतका साथ निर्वाचित कान्छा अध्यक्ष हुन् । जतिवेला उनी २३ वर्षका युवा थिए । कान्छो उमेरका अध्यक्ष बस्नेतले सक्षम युवाका रूपमा विकास निर्माण र नेतृत्वमा कौशल प्रदर्शन गर्दै राष्ट्रिय–अन्तर्राष्ट्रिय पुरस्कार मात्रै जितेनन्, पार्टीभित्र र बाहिर अर्थात् सर्वव्यापी प्रशंसासँगै व्यक्तिगत प्रतिष्ठा पनि आर्जन गरे । कम स्रोत–साधन भएको गुण्डु गाविसलाई स्रोत–साधनसम्पन्न अन्य गाविससँगको प्रतिस्पर्धामा ‘नमुना विकास’ देखाएको भन्दै बस्नेत लगातार तीन वर्ष जिल्ला विकास समिति भक्तपुरबाट प्रथम पुरस्कारका हकदार घोषित भए । बस्नेतकै सक्रियतामा अघि बढेको स्थानीय बालकुमारी सामुदायिक वन अब्राहम लिंकन अन्तर्राष्ट्रिय पुरस्कार विजेता बन्यो । खानेपानी, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा प्रशंसायोग्य काम गर्दै जाँदा एमाले भ्रातृ संगठन युवा संघमा केन्द्रीय सदस्य बनेका बस्नेत कोषाध्यक्ष, युथ फोर्सको संयोजक हुँदै लगातार संघको दुई कार्यकाल केन्द्रीय अध्यक्ष बने । पुन पार्टी केन्द्रीय कमिटी सदस्य तथा बस्नेत ३ नम्बर प्रदेश कमिटी सदस्यका रूपमा पार्टीमा क्रियाशील छन् । बागबजारमा पहिलो भेट बस्नेत र पुनको पहिलो भेट १० वर्षअघि बागबजारमा भएको हो । त्यतिवेला युवा संघको कार्यालय बागबजारमा थियो । दोस्रो जनआन्दोलनको सफलतासँगै (५ मंसिर ०६३) को शान्ति सम्झौतापछि माओवादीले राजधानीमा सशक्त उपस्थिति जनाउँदै निक्कै सक्रियता बढाएको थियो । विशेषतः कांग्रेस र एमालेका युवा–विद्यार्थीसँग अन्तर्घुलन हुने, बहस–छलफलमार्फत निकटता बढाउने प्रयत्नमा थियो माओवादी । शान्ति प्रक्रियालगत्तै लडाकु समायोजन गर्ने सम्झौतापछि माओवादीले ‘फौजी मोर्चा’मा रहेका पुनसहितका केही नेता र कार्यकर्तालाई युवा फाँटको मोर्चामा जिम्मेवारी दिने निर्णय ग¥यो । त्यो निर्णयसँगै खुला मोर्चाको युवा संगठन निर्माणका लागि युवा संघका तत्कालीन अध्यक्ष अजम्बर राई काङमाङलगायतका नेताहरूसँग निकटता बढाएका थिए पुनलगायतका माओवादी युवाहरूले । त्यतिवेला बस्नेत भने संघको कोषाध्यक्षको जिम्मेवारीमा थिए । ‘पहिलो भेटको ठ्याक्कै मिति त सम्झना छैन, तर उहाँहरूले वाइसिएल बनाउने क्रममा युवा संघका अध्यक्ष अजम्बरजीसँग राम्रो मित्रता बढाउनुभएको थियो,’ बस्नेत स्मरण गर्दै भन्छन्, ‘वाइसिएल बनाउने क्रममा उहाँहरूले हामीसँग पनि परामर्श गर्नुभो, संघको विधान र दस्ताबेज पनि लैजानुभो, त्यसक्रममै पुनजीसँग मेरो भेट बागबजारमा भएको हो ।’ तिनताका संघको बागबजार आसपास दुई संगठनका नेताहरूबीच बाक्लै भेटघाट हुने भए पनि पुनसँग भने प्रत्यक्ष कुराकानी नभएको बस्नेतले बताए । पुनले भने त्यतिवेलै बस्नेतसँग चिनजानी भए पनि प्रत्यक्ष कुराकानी र भेटघाट भने औपचारिक कार्यक्रममा मात्रै भएको स्मरण गरे । पुनर्गठित वाइसिएल, प्रतिक्रियामा जन्मिएको युथ फोर्स एमाले र माओवादी दुवैको युवा संगठन करिब ३० वर्ष पहिल्यै बनिसकेको थियो । ०४६ पछि युवा संगठित गर्न एमालेले प्ररायुसंघ र तत्कालीन नेकपा मशालले जनवादी युवा लिग र योङ कम्युनिस्ट लिग (वाइसिएल) बनाएको थियो । माओवादीको युवा लिग खुला मोर्चाको संगठन थियो भने वाइसिएल भूमिगत मोर्चाको । तर, सशस्त्र संघर्ष सुरु गरेपछि भने माओवादीको वाइसिएल पूरै निष्क्रिय भयो भने युवा लिग मोटो मशालका युवा संगठनको रूपमा क्रियाशील थियो । शान्ति सम्झौता हुँदा लडाकु समायोजन हुने भएपछि एउटा डिभिजनमा रहेका तत्कालीन डिभिजन कमान्डर पुनसहित अघिल्लो पंक्तिको टिमलाई नै बाहिर निकालेर माओवादीले वाइसिएल पुनर्गठित गर्यो । नेतृत्वमा फौजी पृष्ठभूमिमा रहेकाहरू हाबी रहेकाले वाइसिएललाई माओवादीले ‘क्याम्प’ खडा गरेर प्रहरी र सरकारी निकायले गर्ने कतिपय काममा समेत हस्तक्षेप अघि बढाएपछि गतिविधि आलोचित हुँदै गयो । त्यसैको प्रतिक्रियास्वरूप एमालेले ‘युथ फोर्स’ बनायो । ०६४ को पहिलो संविधानसभा निर्वाचनमा पार्टी तेस्रो स्थानमा झरेपछि एमाले पंक्तिमा व्यापक निराशा बढिरहेको थियो । वाइसिएलकै बलमा माओवादी पहिलो पार्टी बनेको र उसको प्रतिवाद गर्दै मनोबल नउठाउने हो भने पार्टीको स्थिति झन् खस्किने भन्दै चुनावलगत्तै आयोजित युवा भेलामा व्यापक आक्रोश र निराशा व्यक्त भएको थियो । ‘वाइसिएलको ज्यादती प्रतिवाद नगरेकैले पार्टी तेस्रो स्थानमा झरेकाले प्रतिवादका लागि संगठित रूपमा नबढ्ने हो भने साथीहरूले युवा संघ नै विघटन गर्नुपर्नेसम्मको आक्रोश व्यक्त गरेका थिए,’ बस्नेत भन्छन्, ‘रामहरि श्रेष्ठको हत्यापछि सबै विषयको समीक्षा गर्दै वाइसिएलको ज्यादती न्यूनीकरणका लागि २०६५ जेठमा युथ फोर्स बनायौँ ।’ यस्तो थियो बस्नेत–पुनबीच ‘शीतयुद्ध’ वाइसिएलको गतिविधिको प्रतिक्रियामा एमालेले युथ फोर्स बनाएपछि पुन र बस्नेतबीच ‘शीतयुद्ध’ जस्तो सम्बन्ध भएको उनीहरू बताउँछन् । ‘युथ फोर्स’मार्फत वाइसिएललाई ‘साइज’मा ल्याउन चाहेकाले संघले फोर्सको हरेक गतिविधिलाई व्यापक प्रचारबाजी गर्न थाल्यो । २०६५ पछि दुई संगठनबीच आक्रमण–प्रत्याक्रमणको तहमा संघर्ष सुरु भएपछि पुन र बस्नेतबीच तिक्ततापूर्ण सम्बन्ध बढ्नुपर्ने हो, तर त्यस्तो नभएको उनीहरूको दाबी छ । पुन दुई संगठनबीच तिक्तता बढ्दा संघका तत्कालीन अध्यक्ष अजम्बरको सम्पर्कमा रहन्थे । संगठनको प्रमुख र व्यक्तिगत सहजताका कारण दुई संगठनबीच बढेको असमझदारीबारे उनीसँगै कुराकानी हुने गरेको पुन स्मरण गर्छन् । ‘वाइसिएल युद्धको प्रक्रियाबाट सिफ्ट भएर पुनर्गठित भएको थियो, माओवादी आन्दोलनमा उतारचढाव देखिए पनि हामी वामपन्थी युवा संगठनबीच सहकार्य गरेर जानुपर्छ भन्नेमै थियौँ,’ पुन भन्छन्, ‘अजम्बरजीसँग त्यहीअनुसार छलफल गथ्र्यौं, तर उहाँहरूले हाम्रो पृष्ठभूमि र आसय नबुझी प्रतिक्रियास्वरूप जस्तोसुकै व्यक्तिलाई पनि संगठित गरेर प्रतिक्रियास्वरूप युथ फोर्स बनाउनुभो ।’ बस्नेत भने कानुन नै हातमा लिएर वाइसिएलको ज्यादती चरमसीमामा बढेपछि बाध्य भएर युथ फोर्स बनाएको दाबी गर्छन् । आपूm फोर्सको प्रमुख बनेपछि वाइसिएललाई भिड्नका लागि खुला आह्वान गरेको स्मरण गर्दै बस्नेतले तत्कालीन अध्यक्ष अजम्बरमार्फत नै पुनले आफूलाई दूरी बढाउने काम नगर्न सन्देश दिएको बताउँछन् । ‘पुनजीको स्वभाव त्यस्तो भएर हो कि के हो, म प्रमुख भएपछि उहाँ कहिल्यै पनि सार्वजनिक कार्यक्रममा सवाल–जवाफमा आउन चाहनुभएन, म सहभागी हुने कार्यक्रममा पनि महासचिव, सचिवलाई पठाउनुहुन्थ्यो,’ बस्नेत भन्छन्, ‘जतिसुकै तिक्तता बढे पनि मेरो पनि आफ्नै स्वभावका कारण होला, कहिल्यै वाइसिएल र युथफोर्सको असमझदारीबारे कुरा गर्न उहाँलाई सम्पर्क गरिनँ, सबै कुरा हाम्रो अध्यक्षमार्फत हुने भएकाले उहाँ र मेरोबीचका सम्बन्ध शीतयुद्धजस्तो थियो ।’ ‘डोनर’को कार्यक्रम र विदेश भ्रमणले निकटता दुई संगठनबीच करिब दुई वर्षसम्म लगातार चलेको संघर्षका कारण तिक्ततापूर्ण सम्बन्ध भए पनि २०६६ सालमा बस्नेत संघको अध्यक्ष भएपछि सहकार्य र निकटताको सम्बन्ध हुन थालेको हो । बस्नेतका अनुसार फिनल्यान्ड र नर्वेको सहयोगमा लोकतन्त्र र शान्ति प्रक्रियाका विषयमा कार्यक्रम गर्न आठ युवा र विद्यार्थी संगठन सम्मिलित संयुक्त मञ्च बनेपछि पुनसँग बाक्लो भेटघाट र कुराकानी हुन थालेको हो । ‘युवा–विद्यार्थीको फोरमले हामी धेरै नजिक भयौँ, तीन–चार वर्षजति सँगै सहकार्य भयो,’ बस्नेत भन्छन्, ‘सात दिनको चीन भ्रमणमा पनि सँगै रह्यौँ । चुरोट, रक्सी केही नखाने, सरल व्यवहार दुवैको मिल्यो अनि कुराकानी र व्यक्तिगत सम्बन्ध सहज बन्न थाल्यो, कतिपय एजेन्डामा साझा मतसमेत बन्दै गयो । मेरा विषयमा उहाँले पनि राम्रो प्रतिक्रिया दिन थालेको पाउन थालेँ, मैदानमा हाम्रा कार्यकर्ताहरू भिडेको खबर आए पनि आधारभूत वर्ग र स्वभाव मिलेर होला, कहिल्यै तिक्ततापूर्ण सम्बन्ध रहेन ।’ पुन पनि दक्षिण अफ्रिका भ्रमणपछि सम्बन्ध थप नजिकिएको बताउँछन् । दोस्रो संविधानसभापछि दुवै मन्त्री दोस्रो संविधानसभा निर्वाचनमा दुवै नेता प्रत्यक्षतर्फका उम्मेदवार थिए । पुन रुकुम–१ बाट लोकप्रिय मतका साथ विजयी बने भने भक्तपुर–२ मा कडा प्रतिस्पर्धाबीच बस्नेत पराजित भए । तर, निर्वाचनपछि दुवै मन्त्री बने । तत्कालीन कांग्रेस सभापति सुशील कोइराला नेतृत्वको सरकारमा बस्नेत उद्योगमन्त्री तथा संविधान जारी भएपछि बनेको एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा पुन आपूर्तिमन्त्री बने । एमालेमा अध्यक्ष केपी ओलीका ‘प्रिय पात्र’ बस्नेत निर्वाचनमा पराजित भए पनि उनलाई स्थापित गर्नकै लागि मन्त्री बनाइएको एमाले नेताहरू बताउँछन् । मन्त्री बन्दा दुवैले भेटेरै आपसमा बधाई आदान–प्रदान गरेका थिए । यस्ता छन् बस्नेत र पुनका ‘सपना’ मन्त्री बनेपछि छोटो समयमा पनि केही उल्लेखनीय काम गरेको दुवै दाबी गर्छन् । अन्तर्राष्ट्रिय लगानी सम्मेलन, ग्यास उत्खनन, पेट्रोलियम खानी उत्खनन ‘होल्ड’ गर्ने कम्पनीहरूको खारेजी, सातवटै प्रदेशमा औद्यगिक क्षेत्र, हरेक निर्वाचन क्षेत्रमा एक औद्योगिक ग्रामलगायतका काम आफूले सुरु गरेको बस्नेत दाबी गर्छन् । पुनले पनि पेट्रोलियम भण्डारण क्षमताको विस्तार, चीनसँग वाणिज्य सन्धिमार्फत पेट्रोलियम आयातको ढोका खुलाउने, नाकाबन्दीकै वेला आयल निगमलाई ऋणमुक्त बनाउने काम, बजार अनुगमनलगायतका कार्यकालमा गरेको राम्रो कामका रूपमा दाबी गरे । मुलुकलाई समृद्ध बनाउन वैदेशिक हस्तक्षेप र परनिर्भरताको अन्त्य गर्दै राजनीतिक स्थिरता र कर्मचारीतन्त्रको सही उपयोगमार्फत सुशासन, स्रोत–साधनको अधिकतम उपयोग, कृषिमा आधुनिकीकरण र युवा रोजगारी आवश्यक रहेको दुवै बताउँछन् । नयाँ पत्रिकाबाट
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending