Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

आन्तरिक समस्या समाधान गर्न नेपाल सक्षम : चीन

\"\"काठमाडौं, १२ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार चिनियाँ उपप्रधानमन्त्री झाङ गाओलीसँग हाइनान प्रान्तको बोआओमा भेटवार्ता गरेका छन् । प्रचण्डसँग झाङले नेपालका राजनीतिक दलहरू एकताबद्ध भएर आन्तरिक समस्या समाधान गर्न सक्षम रहेको बताएका छन् । अाजको नयाँ पत्रिकामा खबर छ– ‘नेपाल संविधान निर्माण गरेर निर्वाचनमा जुटेकोमा खुसी व्यक्त गर्दै उहाँ (चीनका उपप्रधानमन्त्री)ले नेपालका राजनीतिक दलहरू एकताबद्ध भएर जुनसुकै आन्तरिक समस्या समाधान गर्न सक्छन् भन्ने विश्वास व्यक्त गर्नुभयो,’ भेटवार्तापछि प्रधानमन्त्री प्रचण्डको सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । भेटवार्ताको सुरुमा प्रधानमन्त्री प्रचण्डले संविधान निर्माणमार्फत नेपालको पछिल्लो राजनीतिक परिवर्तन संस्थागत गरिएको जानकारी दिएका थिए । उनले अब स्थानीय तहको निर्वाचन हुँदै संविधान कार्यान्वयन गरेर राजनीतिक स्थायित्व हासिल गर्ने बाटोमा नेपाल अघि बढेकोसमेत उल्लेख गरेका थिए । जवाफमा चीनका उपप्रधानमन्त्री झाङले निर्वाचनमा गएकोमा सफलताका लागि शुभकामना दिएका थिए । झाङले चीनले सधैँ नेपालको सार्वभौमिकता, स्वतन्त्रता र स्वाभिमानको सम्मान गर्दै आएको बताए । उनले चीनले नेपाली जनताले चाहेजस्तो विकासको पक्षमा रहेकोसमेत बताएका थिए । सन् २००९ मा नेपाल भ्रमणमा आएका झाङले प्रधानमन्त्री प्रचण्डसँग पुरानो चिनजान रहेको स्मरण गरेका थिए भने नेपालबारे आफूलाई नजिकबाट जानकारी रहेको बताएका थिए । चिनियाँ कम्युनिस्ट पार्टीको सातजना स्थायी समिति सदस्यमध्येका एक उनी आर्थिक मामिला हेर्छन् । उपयुक्त समयमा राष्ट्रपति सीको भ्रमण प्रधानमन्त्री प्रचण्डले उच्चस्तरीय भ्रमणको महत्वबारे बताएपछि उपप्रधानमन्त्री झाङ गाओलीले चीनका राष्ट्रपति सि जिङ पिङले उपयुक्त समयमा नेपालको भ्रमण गर्ने जानकारी दिएका छन् । प्रधानमन्त्री प्रचण्डले आफ्नो भ्रमण नेपाल र चीनबीच सम्बन्ध विकासमा धेरै महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका थिए । ‘नेपाल र चीनबीच लामो समयदेखि आत्मीय र समस्यारहित सम्बन्ध रहँदै आएको छ, नेपालले एक चीन नीतिप्रति सधैँ समर्थन गर्दै आएको छ र नेपाली भूमिबाट चीनविरुद्ध कुनै पनि गतिविधि हुन नदिनेमा दृढ छ,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै सचिवालयले जनाएको छ । चीनका राष्ट्रपति सी जिनपिङले अघि सारेको ‘वान बेल्ट वान रोड’ परियोजनामा नेपालले साझेदारी गर्ने प्रतिबद्धता पनि प्रधानमन्त्रीले व्यक्त गरेका छन् । प्रधानमन्त्रीले भूकम्पपछि चीनले गरेको महत्वपूर्ण सहयोगप्रति आभार व्यक्त गरेका छन् । चीनको विकास र आर्थिक उन्नतिबाट नेपालले पनि फाइदा लिन सक्ने बताएका थिए । नेपाल र चीनबीच नजिकबाट सहकार्य : उपप्रधानमन्त्री झाङ उपप्रधानमन्त्री झाङ गाओलीले कूटनीतिक सम्बन्ध स्थापना भएको ६२ वर्षदेखि नेपाल र चीनबीच धेरै नजिकबाट सहकार्य हुँदै आएको बताए । उनले प्रधानमन्त्री प्रचण्डको यो भ्रमण सम्बन्धलाई अझै नयाँ उचाइमा पु¥याउन महत्वपूर्ण हुने विश्वास गरेका थिए । प्रधानमन्त्री प्रचण्ड र चीनका राष्ट्रपति सीबीच केही महिनाअघि भारतको गोवामा रहेको भेट महत्वपूर्ण रहेको पनि उनको भनाइ थियो । रेलदेखि पूर्वाधार निर्माणसम्म प्रधानमन्त्रीको जोड प्रधानमन्त्री प्रचण्डले रसुवा, काठमाडौं, पोखरा हुँदै लुम्बिनीसम्म रेल्वे निर्माण, इनर्जी कनेक्टिभिटी, ट्रान्जिट प्रोटोकल, पूर्वाधार विकास, पेट्रोल भण्डारण, टान्समिसन लाइन, इकोनोमिक जोन निर्माणमा जोड दिए । यी विषयमा नेपाल र चीनबीच सहमति हुनुपर्ने प्रधानमन्त्रीको भनाइ थियो । प्रधानमन्त्रीले नेपाल सरकारको तर्फबाट यसअघि चीनसँग भएका सम्झौता र सहमति कार्यान्वयनको प्रतिबद्धता व्यक्त गरेका थिए । उपप्रधानमन्त्री झाङले रेल्वे, ट्रेड, कनेक्टिभिटी, पूर्वाधार विकासलगायत सबै विषयमा चीन सकारात्मक रहेको र छिटै सहमति गरेर सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए । तातोपानी नाका खोलियोस् प्रधानमन्त्री प्रचण्डले चीनका उपप्रधानमन्त्री झाङ गाओलीसँगको भेटवार्ताको क्रममा तातोपानी नाका तत्काल खोल्न चिनियाँ सरकारलाई आग्रह गरेका छन् । अरनिको राजमार्ग नेपाल र चीनबीच सम्बन्धमा ऐतिहासिक भएको र त्यसको प्रतीकका रूपमा तातोपानी नाका रहेको प्रधानमन्त्रीको भनाइ थियो । ‘पूर्व–पश्चिमका विभिन्न चीनसँग जोडिएका स्थानमा नाकाहरू खोल्न पनि प्रधानमन्त्रीले आग्रह गर्नुभएको छ,’ प्रधानमन्त्रीको सचिवालयले भनेको छ । उपप्रधानमन्त्री झाङले अरनिको राजमार्ग खोल्नेबारे चीन सकारात्मक रहेको जवाफ दिएका थिए । उनले नेपाललाई विभिन्न स्तरमा सहयोग बढाउँदै लगिने पनि बताएका थिए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending