Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

चुनाव बहिष्कार गर्दा 'ठगियौ': थबाङबासी

[caption id=\"attachment_86140\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल तस्बिर[/caption] काठमाडौं, १२ चैत । पछिल्लो समयमा माओवादीको दसबर्से \'जनयुद्ध\' को उद्गमस्थल भनेर चिनिने थबाङसँग लामो इतिहास छ । थबाङ सधैं राज्यको \'कडा\' प्रतिपक्षमा बसिरह्यो । सत्तासँग सधैं \'टक्कर\' लिने थबाङले माओवादी जनयुद्धमा \'हेडक्वार्टर\' को इतिहास बनायो । २०११ सालदेखि नै थबाङ \'कम्युनिस्ट\' को गढ मानिन्थ्यो । अाजको अन्नपूर्ण पोस्टमा खबर छ– सशस्त्र युद्ध बिसाएर माओवादी शन्तिप्रक्रियामा आइसकेपछि थबाङ फेरि रिसायो । असन्तुष्ट थबाङलाई फकाउन २०६४ सालको संविधानसभाका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैं त्यही क्षेत्रबाट चुनाव लडे । उनले त्यो बेला चुनाव जिते । तर २०७० सालको संविधानसभाको निर्वाचन थबाङले बहिष्कार गर्यो । त्यो बेला माओवादी फुटिसकेको थियो । सारा थबाङवासी मोहन वैद्यले अगुवाइ गरेको पार्टीमा थिए । वैद्यबाट विप्लव फेरि बाहिर निस्किए । सारा थबाङवासी विप्लवका समर्थक भए । एक महिनाअघि विप्लव नेतृत्वको माओवादीको पार्टी महाधिवेशनको बन्दसत्र थबाङमै भएको थियो । त्यसका लागि सारा थबाङीहरू मिलेर गाउँमा एउटा ठूलो सभाहल बनाए ।महाधिवेशनले \'चुनाव\' बहिष्कार नीति पारित गरेको छ । तर यसपालि भने थबाङवासी चुनाव चाहन्छन् । अघिल्लोपटक चुनाव बहिष्कार गर्दा थबाङवासी आफूहरू \'ठगिएको\' महसुस गर्छन् । विप्लव समर्थक माओवादी अगुवा रेशम शाह (घर्ती) भन्छन्, \'अब हामीलाई पनि यहाँको विकासका लागि नेता चाहिन्छ । पार्टीको नीति र बहिष्कार गर्ने नै हो तर हामीले आफूअनुकूल चुनाव उपयोग गर्छौं ।\'यसका लागि थबाङवासीले पार्टीसँग पनि अनुमति मागेका छन् । थबाङवासी वैशाख ३१ का लागि तय गरिएको स्थानीय तहको चुनावलाई आफूअनुकूल उपयोग गर्ने पक्षमा छन् । त्यहीअनुसार उनीहरूले \'उम्मेदवार\' पनि खोजिरहेका छन् । \'हामी सधैं राज्यको विपक्षी भएर बस्यौं । अघिल्लो चुनावमा भोट पनि हालेनौं तर अहिले सारा विकासे कामका लागि नेताहरूकै दैलोमा कुद्नुपर्दा आफैंलाई अप्ठ्यारो लाग्छ\', शाह भन्छन्, \'त्यै भएर अब यसपालिको चुनाव हामीले उपयोग गर्नुपर्छ कि भन्ने लागेको छ ।\' खासमा पुष्पकमल दाहाल प्रचण्डले \'बाटो बिराएको\' भन्दै रिसाएका थबाङवासी अझै \'क्रान्ति\' चाहिएको ठान्छन् । २०२९ सालमा कम्युनिस्ट पार्टीको औपचारिक सदस्यता लिएका खड्गबहादुर बुढा भन्छन्, \'जनता र कार्यकर्ताको जुन लक्ष्य र बलिदान थियो त्यो पूरा भएन । हामी अझै क्रान्ति जारी छ भन्छौं तर प्रचण्डले बाटो बिराए ।\' यही कारण सारा थबाङवासी अहिले विप्लवको नेतृत्वमा छन् । सामूहिकतामा विश्वास राख्ने थबाङवासी सधैं गाउँका अगुवा नेताकै भरमा हुन्छन् । गाउँका अगुवा नेताको अनुमतिबिना सितिमिति उनीहरू आफ्नो कुरा खोल्दैनन् । उनीहरूले जुन पार्टीलाई समर्थन गर्न सल्लाह दियो त्यही मान्छन् । सरकार, सत्ता र पार्टीको नीतिलाई समेत आफूअनुकूल उपयोग गर्दै आएका थबाङवासी यो स्थानीय तहको निर्वाचनलाई पनि त्यसैगरी उपयोग गर्ने सोचाइमा छन् । \'चुनाव बहिष्कार गर्ने पार्टीको नीति हो । पार्टीले त चुनाव बहिष्कार गर्छ नै तर अहिले चाहिएको त गाउँकै नेता हो । त्यसैले हामीले हाम्रो विकास रोक्नु हुन्न\', बुढा भन्छन्, \'स्थानीय चुनावमा हाम्रो, थबाङीको पकड हुनुपर्छ र यो निर्वाचनलाई हाम्रो पक्षमा पार्नुपर्छ भन्ने लागेको छ ।\' २०३६ सालमा भएको जनमतसंग्रहमा पनि थबाङवासीले बहुदलका पक्षमा मत खसालेका थिए । \'हामी के गर्दा हाम्रो गाउँ र जनतालाई राम्रो हुन्छ त्यहीअनुसार बहिष्कार र उपयोग गर्छौं\', उनी भन्छन्, \'पार्टीको नीति एउटा भए पनि हामीले चुनावलाई आफ्नो अनुकूल उपयोग गर्ने हो ।\' थबाङ गाउँपालिकाको केन्द्र पनि हो । \'हामी विकासविरोधी होइनौं तर थबाङलाई सधैं राज्यको विद्रोही भनियो, हामीलाई सधैं हेला गरियो\', रेशम भन्छन्, \'त्यसैले हामी खासखास समयमा आफ्नो निर्णय गर्छ । स्थानीय जनता पनि यसपालिको चुनावबाट गाउँको नेता छान्न चाहन्छन् ।\' आफूहरूले समर्थन गरेको पार्टीले नै चुनाव बहिष्कारको नीति पारित गरेपछि पार्टीका तर्फबाट उम्मेदवार भने हुने छैनन् । उनीहरूले कसैलाई समर्थन गरेर उम्मेदवार बनाउने पनि छैनन् ।\'तर हामी सबै गाउँलेहरू सल्लाह गरेर कसलाई भोट हाल्ने भन्ने निर्णय गर्छौं\', स्थानीय विष्णुज्योति घर्ती भन्छिन्, \'गाउँका हाम्रा नेताले पनि त्यस्तै भन्छन् । गाउँको विकास गर्ने नेता त चाहियो नि ।\' अरू पार्टीको पनि चहलपहल सधैं एक कित्तामा उभिने थबाङ बिस्तारै खुला हुँदै जान थालेको छ । स्थानीय तहको चुनाव घोषणा भएपछि गाउँमा चुनावी चहलपहल सुरु भएको छ । चोकचोकमा अहिले चुनावकै कुरा हुन्छ । चुनावको चर्चासँगै अरू पार्टी पनि थबाङ पुग्न थालेका छन् । यद्यपि थबाङवासी एकढिक्का भएर एउटै पार्टीमा लाग्छन् । तर अन्य पार्टीका पनि केही कार्यकर्ता भने छन् । संविधानसभाको चुनावपछि माओवादी केन्द्रले थबाङमा त्यस्तो कुनै गतिविधि गरेको छैन । अहिले स्थानीय तहको चुनावका लागि भने कांग्रेस र एमालेले थबाङमा चहलपहल बढाएका छन् । एमालेले एक वर्षअघि मात्रै थबाङमा गाउँ समिति बनाएको थियो । कांग्रेसले तेह्रौं महाधिवेशनको बेला त्यहाँ एकाइ समिति बनाएको थियो । फागुन ५ मा रोल्पा कांग्रेसले आफ्नो नियमित मासिक बैठक थबाङमै गरेको थियो । बैठकका क्रममा दुई दिनसम्म आफ्ना कार्यकर्तासहित थबाङ-जलजला बसेर आएका कांग्रेसका जिल्ला सभापति एवं सांसद अमरसिंह पुन भन्छन्, \'हामीले थबाङवासीसँग धेरै छलफल गरेका छौं । चुनावको सन्दर्भमा पनि कुराकानी भयो । उहाँहरूको पार्टीले बहिष्कार गरे पनि स्थानीयले चुनाव उपयोग गर्छौं भन्नुभएको छ ।\' पुनसँग थबाङवासीले विकासको अपिल पनि गरेका थिए । पुनले पनि जिल्लाको विकास र अझ त्यसमा पनि थबाङलाई विशेष प्राथमिकतामा राखेर आफूले काम गर्ने बताएका थिए ।त्यस्तै एमालेले पनि यही चैत २२ मा कार्यकर्ता प्रशिक्षण भेला थबाङमै गर्न लागेको छ । एमाले रोल्पाका अध्यक्ष हरिप्रसाद घर्तीका अनुसार एक वर्षअघि गाउँ समिति बनाएको एमालेले पहिलोपल्ट थबाङमा चुनाव लक्षित कार्यकर्ता भेला राखेको हो । कांग्रेसको बैठकमा पुगेका कांग्रेसी नेता तथा कार्यकर्तालाई घरघरमा बाँडेर खाना र बस्ने व्यवस्था गरेका थबाङवासीले एमालेको भेलामा पनि त्यस्तै व्यवस्थापन गरिदिनेछन् । \'हामीले थबाङलाई जहिले पनि विरोधी आँखाले हेर्यौं तर त्यहाँ त्यस्तो छैन । उहाँहरूले कसैलाई पनि बहिष्कार गर्नुहुन्न\', कांग्रेस सांसद पुन भन्छन्, \'थबाङवासीको जति राजनीतिक चेतना अरू ठाउँका जनतामा मुस्किलले हुन्छ ।\'थबाङमा अरू पार्टीले गाउँ समिति र एकाइहरू बनाए पनि ती पार्टीका कार्यकर्ता भने धेरैजसो सदरमुकाममै बस्छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending