Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

स्वर्गद्वारी दुर्घटना : घरै रित्तियो

\"\"काठमाडौं, १२ चैत ।तिखिदेवल मन्दिर छेवैको पाँचतले घरवरिपरि शुक्रबार मान्छेको बाक्लो उपस्थिति थियो । त्यहाँ आएका सबै मानिसको अनुहार निन्याउरो थियो । रुवाबासी चलिरहेको थियो । केही परको अर्को घरको अवस्था पनि यस्तै थियो । तिखिदेवल मन्दिरनजिकैको उक्त घरमा बस्थ्यो दिनेश बस्नेतको चारजनाको सुखी परिवार । तर प्युठानमा शुक्रबार भएको स्कोर्पियो जिप दुर्घटनामा दिनेशको परिवारैले ज्यान गुमाएपछि दिनभर तिखिदेवल नै स्तब्ध बन्यो । दुर्घटनामा दिनेश, उनकी पत्नी र दुवै छोरीको मृत्यु भएको छ । अाजको अन्नपूर्ण पोस्टमा खबर छ– मृतक दिनेशको घरनजिकैको घरमा उनका भाइ र आमा बस्छन् । करिब दुई सय मिटर दूरीमा दिनेशको ससुराली छ । दुर्घटनामा दिनेशकी जेठीसासूकी छोरी सृष्टि बरालको पनि निधन भएको छ । ललितपुर धापाखेलका पुराना बासिन्दा बस्नेतको परिवार तिखिदेवलमा बसाइँ सरेको हो । धापाखेलमा अझै पनि ठूलो बस्नेत बस्ती छ । \'सोच्दै नसोचेको घटना भयो । उहाँहरू तिखिदेवलमै बसाइँ सरे पनि हामी सामाजिक कार्यमा नियमितजसो भेटिरहन्थ्यौं\', दिनेशका काकाका छोरा धापाखेलका मनोजले भने । दिनेश अस्ट्रेलियामा इन्टरनेसनल बिजनेस म्यानेजमेन्ट अध्ययन गरी करिब एक दशकअघि फर्किएका थिए । स्थानीय स्तरमा प्रतिष्ठित छवि बनाएका दिनेश तिखिदेवल क्लबका अध्यक्ष र तिखिदेवल पार्टी प्यालेसका सञ्चालक हुन् । धनमाया बराल फाउन्डेसनका अध्यक्ष उनमा सामाजिक काम र धार्मिक कार्यमा विशेष रुचि थियो । \'उहाँ धार्मिक काममा असाध्यै रुचि राख्नुहुन्थ्यो । पूजाआजा, पुराण र तीर्थयात्रामा उहाँसँगै श्रीमती पनि अगाडि सरिहाल्नुहुन्थ्यो\', दिनेशका पुरोहित मिलन अधिकारीले भने । \'दिनेश स्वर्गद्वारी जाने कुरामा निकै उत्साही थिए\', उनले भने । दिनेश श्रीमद्भागवत पुराणकै लागि थाइल्यान्डसम्म पुगेका थिए । दिनेशकै पहलमा स्कोर्पियो भाडामा लगिएको थियो । चितवनमा एमबीबीएस अध्ययन गरिरहेकी दिनेशकी जेठी छोरी दीक्षा तेस्रो वर्षको परीक्षा दिएर बिदा मनाउन घर आएकी थिइन् । स्वर्गद्वारीबाट फर्किंदा छोरीलाई चितवनमा छाड्ने योजना बस्नेत परिवारको थियो । दीक्षा पढाइमा अब्बल थिइन् । जेम्सबाट विशिष्ट श्रेणीमा एसएलसी उत्तीर्ण गरेकी उनले प्रसादी एकेडेमीमा विज्ञानमा प्लस टुतर्फ पनि विशिष्ट श्रेणी ल्याएकी थिइन् । उनले सरकारी कोटामा नाम निकाल्दै एमबीबीएस पढेकी हुन् । दीक्षाकी बहिनी दिया जेम्स स्कुलमै कक्षा चारमा पढ्थिन् । उनी पनि \'फाइनल एक्जाम\' दिएर बसेकी थिइन् । \'हामीले समाजका एकजना अगुवा र आदर्श परिवारलाई अनाहकमा गुमाएका छौं\', स्थानीय पूर्ण थापाले भने ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending