Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank

नेपालका विश्वसम्पदा खतराको सूचीमा पर्ने जोखिम

\"\"काठमाडौं, १२ चैत । पुनर्निर्माणमा ढिलाइले नेपालका विश्वसम्पदा खतराको सूचीमा पर्ने जोखिम बढेको छ । संयुक्त राष्ट्रसंघीय शिक्षा, विज्ञान तथा संस्कृति संगठन (युनेस्को)ले सूचीमा रहेका सम्पदालाई खतराको सूचीमा राख्ने जोखिम रहेको सरकारी अधिकारीहरूले नै बताएका छन् । अाजको नयाँ पत्रिकामा खबर छ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार पुनर्निर्माण प्रक्रियामा रहेका सम्पदाबारे अनुगमन गर्न युनेस्कोको एक मिसन टोली अहिले नेपालमा छ । टोलीले दिने प्रतिवेदनका आधारमा विश्वसम्पदाको समीक्षा हुने पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिए । ‘सम्पदा पुनर्निर्माणतर्फ काम नै नभएको होइन, तर जुन स्तरमा काम हुनुपर्ने थियो त्यो हुन सकेको छैन,’ महानिर्देशक दाहालले भने, ‘यसमा गति दिन नसक्ने हो भने युनेस्कोद्वारा खतराको सूचीमा राख्ने जोखिम छ ।’ सरकारले सुरु नै गरेन, निजी क्षेत्रले बनाइसक्यो पुरातत्व विभागका अनुसार अहिलेसम्म पूर्ण रूपमा पुनर्निर्माण सम्पन्न भएको सम्पदा बौद्धनाथ स्तुपा हो । यो स्तुपा मंसिर पहिलो सातादेखि सर्वसाधारणको अवलोकनका लागि खुला भइसकेको छ । पुरातत्व विभागको प्रत्यक्ष निगरानी रहनुबाहेक यसको पुनर्निर्माणमा सरकारी संलग्नता छैन । निजी क्षेत्र र सरोकारवालाले नै बौद्धनाथको पुनर्निर्माण गरेका हुन् । तर, यसबाहेक अन्य सम्पदा भने सरकारी संलग्नतामा पुनर्निर्माण हुँदै छ । विश्वसम्पदासहित विभिन्न मठमन्दिर र ऐतिहासिक तथा पुरातात्विक सम्पदा पुनर्निर्माणको गतिबाट स्वयं सरोकारवाला निकाय सन्तुष्ट छैनन् । कतिपय मन्दिरका गेट, सत्तल, पाटी, छानाजस्ता संरचना निर्माण भइसकेको भए पनि मुख्य सम्पदाका मुख्य संरचनाको काम भने अगाडि बढ्न सकेको छैन । सम्पदाको पुनर्निर्माणको प्रगति कस्तो छ ? हनुमानढोका दरबार संरक्षित स्मारक क्षेत्र -गद्दी बैठक : पुनर्निर्माण कार्य आरम्भ भएको – नौतले दरबार : अनुसन्धान भइरहेको – काष्ठमण्डप : आवश्यक कारबाही सुरु – गोपीनाथ मन्दिर : प्रबलीकरणको काम भइरहेको – जगन्नाथ मन्दिर : प्रबलीकरणको काम भइरहेको – शिवमन्दिर : अध्ययन भइरहेको – कागेश्वर मन्दिर, हनुमानढोका महादेव मन्दिर : माथिल्लो भागको काम जारी – दरबार क्षेत्रको काठको संकलन, अभिलेखीकरण र व्यवस्थापनको काम सम्पन्न पाटन दरबार संरक्षित स्मारक क्षेत्र – सुन्दरीचोक : पुनर्निर्माण सम्पन्न -हिरण्यवर्ण महाबिहार : प्रक्रियामा – पाटन दरबार : काम जारी – कृष्ण मन्दिर : अध्ययन भइरहेको – पुरानो अदालत भवन : भारत सरकारसँग छलफल जारी – योगनरेन्द्र मल्लको सालिक पुनस्र्थापना सम्पन्न चाँगुनारायण संरक्षित स्मारक क्षेत्र – चौघेरा सत्तल : कार्य आरम्भ -लक्ष्मीनारायण मन्दिर : काठको काम सुरु – शिवनारायण मन्दिर : प्रबलीकरणको काम जारी स्वयम्भू संरक्षित स्मारक क्षेत्र -शान्तिपुर मन्दिर : अनुसन्धान भइरहेको -संरक्षित स्मारक क्षेत्र -बौद्धस्तुप : कार्य सम्पन्न भक्तपुर दरबार संरक्षित स्मारक क्षेत्र – रामेश्वर मन्दिर, बद्रीनारायणको मन्दिर र अन्य नारायणको तीनवटा मन्दिर ः चालू आवमा सम्पन्न गर्ने लक्ष्य सात सय ५० सम्पदा भूकम्पप्रभावित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीका अनुसार भूकम्पबाट उपत्यकाका तीन जिल्लासहित २५ जिल्लाका सात सय ५० सम्पदा भूकम्पबाट प्रभावित भएका थिए । त्यसमध्ये एक सय ३३ सम्पदा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । बाँकी सम्पदा भने आंशिक र सामान्य क्षतिग्रस्त छन् । बजेट र कामदार अभाव मुख्य समस्या पुरातत्व विभागका महानिर्देशक दाहालका अनुसार सम्पदा पुनर्निर्माणका लागि मुख्य समस्या दक्ष कामदारको अभाव हो । विभागले काठमाडौंसहित गोरखा, नुवाकोट र दोलखामा काष्ठकला, प्रस्तरकला, धातुकला र परम्परागत निर्माण कार्यमा संलग्न हुने कालिगढहरूलाई सीपमूलक तालिम प्रदान गर्ने कार्यक्रम बनाएकोमा त्यसका लागि अहिलेसम्म बजेटको व्यवस्था हुन सकेको छैन । पुँजीगत खर्चतर्फ चालू आर्थिक वर्षमा पर्यटन मन्त्रालयले एक अर्ब रुपैयाँ बजेटको सहमति प्राप्त गरेको थियो । तर, अहिलेसम्म ५० करोड रुपैयाँको मात्र अख्तियारी प्राप्त भएको विभागले जानकारी दिएको छ । त्यसमध्ये फागुन मसान्तसम्म ११ करोड ५२ लाख रुपैयाँ मात्र खर्च भएको छ । शंकरप्रसाद अधिकारी सचिव संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय युनेस्कोको निश्चित मापदण्ड हुन्छ, त्यो पूरा नहुने अवस्था देखिएमा सम्पदाहरूलाई उसले डेन्जर लिस्टमा राख्ने खतरा हुन्छ । त्यसकारण पुनर्निर्माणमा देखिएका समस्या हटाउँदै यसलाई गति दिनुपर्ने आवश्यकता छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE